रोकिएन सेकुवाको नाममा मदिराको अवैध व्यापार
बिकाश पराजुली
बुटवल, मंसिर १४ ।
‘सेकुवाको नाममा अवैध मदिराको व्यापार’ भन्ने समाचार यसै पत्रिकाबाट प्रकाशित भएपछि ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यालयले त्यस्ता व्यवसायीहरुलाई कारबाही गरेको भनिएता पनि त्यसो नगरिएको पाइएको छ ।
बुटवलको बसपार्कमा सा“झको समयमा अझै पनि सेकुवा बेच्ने व्यापारीहरुले खुलेयाम रुपले मदिराको विक्री वितरण गरेको भेटिएपछि यस्तो रहस्य बाहिर आएको हो ।
सडक किनारमा व्यापार गर्न नदिने भनेको ट्राफिक प्रहरीले यसरी खुलेयाम रुपले अबैध मदिराको विक्री वितरण हुदा समेत अन्धो बसेको स्थानीयहरु बताउ“छन् । स्थानीय सुशिल अर्यालले मदिराको कारोवार सडकमा नै खुला रुपले हु“दा समेत प्रहरीले चासो नलिएको बताउछन् । सडक किनारमा व्यापार व्यवसाय गर्दै आएका ठेला व्यवसायीहरुलाई हटाइएपनि अवैध मदिराको व्यापार नरोकिनु निकै हास्यास्पद भएको उनले बताए ।
सवारी आवागमनलाई बाधा पार्ने गरी राखिएका ठेला तथा फुटपाथ पसल हटाइएकोमा धेरैले ट्राफिक प्रहरीको प्रशंसा गरेको भएपनि सडक किनारमै हुने अवैध मदिराको व्यापार भने अहिलेसम्म रोक्न सकेको छैन । प्रहरीले बुटवलमा भित्रिने मदिरालाई ठाउ“ ठाउ“मा नियन्त्रणमा लिई नष्ट गर्ने गरेपनि प्रहरीकै अगाडि खुलेयाम रुपले मदिरा विक्री गर्दा समेत प्रहरी चनाखो नभएको अर्का स्थानीय मनिषा गौतमले बताइन् ।
बुटवलका विभिन्न स्थानमा यसैगरी ठेला तथा फुटपाथ पसल राखिएको स्थानमा सेकुवाको नाममा अवैध मदिराको व्यापार रोक्न नसकेको उनले बताइन् । ‘सर्वसाधरणहरुको मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने काम यही प्रहरीले गर्छ तर, सेकुवा बेच्नेहरुले प्रहरीकै आखा अगाडि धुवा उडाउदै अवैध मदिरा बेचिरहेका छन् उनले भनिन् ।’
हुन पनि अपरान्ह ५ बज्दै गर्दा बुटवलको बसपार्क अगाडिपट्टी दिनहु“ जसो धुवा“ उड्दै मदिराको कारोवार हुने गर्दछ । यता व्यापारीहरुले भने आय आर्जनको अन्य कुनै स्रोत नभएपछि सेकुवाको व्यापार गर्नुपरेको बताउ“छन् ।
एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा मानिसको जमघट बढी हुने र दैनिक ज्यालादारी गर्ने मजदुरदेखि सर्वसाधरण यसै क्षेत्रमा हु“दा यसको व्यापार हुने बताउ“छन् ।
‘सवैले मदिरा पनि विक्री गर्छन् भन्न मिल्दैन, यदाकदा कसैले सेकुवा मात्र पोल्ने गर्दछन् उनले भने’ सेकुवा मात्र कसैले नखाइदिंदा मदिरा पनि सं“गै बेच्नु परेको उनी स्वीकार गर्छन् ।
बसपार्क क्षेत्रमा ट्राफिक प्रहरी देखि मादक पदार्थ सेवन (मापसे) चेक गर्ने प्रहरीहरु हुन्छन् भने डिभिजन सडक कार्यालय परिसरमा सशस्त्र प्रहरीको सवारी साधन सधै पार्किङ हुन्छ । ईलाका प्रहरी कार्यालय, पश्चिम Ôेत्रीय ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयका सवारीसाधन पनि बसपार्कको सडक हु“दै कयौं पटक ओहोरदोहोर गर्छन् । तर कसैले पनि अहिलेसम्म यस्तो अवैध मदिराको व्यापार रोक्ने पहल गरेको छैन ।
ईलाका वन कार्यालय अगाडि रहने केही ठेलाहरु प्रहरीको निशानामा पर्ने गरेपनि सेकुवाको नाममा हुने अवैध मदिराको नियन्त्रणमा कसैको ध्यान जान नसकेको स्थानीयको भनाइ छ । अवैध मदिराको कारोबार बसपार्कमा मात्र सिमित छैन । राजमार्ग चौराहाको प्रहरी विट आसपास, कालिकानगर, योगिकुटी, ट्राफिकचोक, गोलपार्कलगायतका सडक किनाराबाट हु“दै आएको छ । बुटवलमा सेकुवाको आवरण्ँमा एक सय बढी स्थानमा सडक किनारबाटै अवैध रुपमा मदिरा विक्री हु“दैै आएको छ । ‘रक्सी त सार्वजनिक स्थानमा बेच्नै पाइदैन । यसमा प्रहरीले कडाई गर्नुपर्छ ।’ विद्यार्थी शुसिला थापाले भनिन्, प्रहरीले कडाई गरेमा यस्ता मदिराको व्यापार सजिलै रोक्न सक्छ ।’ईलाका प्रहरी कार्यालय बुटवलले समाचार प्रकाशित भएपछि बुटवल बसपार्क क्ष्ँेत्रका सेकुवा पसलबाट ५० लिटर भन्दा बढी मदिरा नियन्त्रणमा लिएर नष्ट गरेपनि अहिले पुनः प्रहरीको आ“खा छलेर खुलेयाम रुपले मदिराको कारोवार हुने गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार बैदवारले आफुहरुले बेला बेलामा बसपार्कमा पुगी सेकुवा पसलहरुमा चेकजा“च गरिएको बताए । उनले यदि अझै पनि त्यस्तो कारोवार भएको भेटिएमा कानुन अनुसार कारबाही गरिने बताए । ‘कानुनको उल्लंघन कसैले गर्न मिल्दैन्, उनले भने– यदि कानुनको अवज्ञा गरी अटेर गर्छ भने त्यो कानूनको भागिदार बन्नुपर्छ ।’ अबैध रुपमा सेकुवाको नाममा हुने मदिराको कारोवार रोक्न वडा प्रहरी कार्यालय रामनगरले पनि विशेष अभियान नै सञ्चालन गरेको बताएको छ । वडा प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र श्रेष्ठले आफुहरुले अबैध मदिरा नियन्त्रणका लागि अभियान नै सञ्चालन गरी लागि परेको बताए ।
0 comments