पतिलाई पार्लर जान्छु भन्दै यौन धन्दा गर्ने युवती सहित ६ जना पक्राउ


dhanga 2
यौन धन्दा गराउने एक होटलमा प्रहरीको छापा
देवदह खैरेनीकी २५ बर्षिय पुजा (नाम परिर्वतन) सापकोटा आफ्ना श्रीमानलाई पार्लरमा जागिर खान्छु भन्दै विहान ९ बजे घरबाट हिड्छिन् । बेलुकी पुनः घर फर्किन्छन् । श्रीमतीको राम्रै कमाई भएकाले होला उनका श्रीमानले उनलाई कहिल्यै चिओ गरेनन् । गरे त केवल विश्वास, आशा अनि भरोसा । त्यौ पनि निरन्तर एक बर्ष सम्म ।
तर उनकी श्रीमती पुजा उनले आशा, विश्वास र भरोसा गरे अनुसार चलिनन्, व्यर्टिपार्लरमा जागिर पनि खाईनन् । खाईन जागिर एक होटलमा ग्राहक रिझाउने । ग्राहकलाई सन्तुष्टि पार्ने अझ भनौ उनी यौनकर्मीको रुपमा काम गरिन । आफ्नो माईत सालझण्डी बोलाउने पुजा जव बुधबार प्रहरीले उनी काम गर्ने एक यौन गृहमा छापा मा¥यो, तब पुजाको बास्तविकता थाहा भयो । श्रीमानलाई घरमा राखी दिउस भर अरुलाई यौन प्यास मेटाउने पुजा यतिबेला ईलाका प्रहरी कार्यालय बुटवलको चिसो कोठामा छिन् ।
उनी मात्र हैन किताव, कापी छोपेर स्कुल जाने उमेरकी १६ बर्षिय सन्तोषि र १६ बर्षकै रमिता परियार पनि यौनकर्मीको रुपमा काम गरेको फेला परेपछि सोजपुछका लागि ईलाका प्रहरी कार्यालयमा लगिएको छ । यी दुवै युवतिले आफ्नो ठेगाना प्रहरी समक्ष बुटवलको बुद्धनगरमा बताएका छन् ।
वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक केदारनाथ पन्तको नेतृत्वमा गएको प्रहरी टोलीले धौलागिरी होटलमा छापा मार्दा यौन धन्दा गर्ने अवस्थामा १ जोडि र अन्य युवति तथा होटल सञ्चालक सहित ६ जनालाई पक्राउ गरेको हो ।
धौलागिरी होटलको नामबाट यौन धन्दा गरेपछि सो होटललाई होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले यस्तै अनैतिक कार्य गरेको भन्दै साधारण सदस्य नरहनेगरी निष्काशन गरेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ । पटक–पटक यस्तो क्रियाकलाप गर्ने गरेको भन्दै संघले सदस्यनै नरहने गरी हटाएको हो ।
प्रहरीले यौन क्रिडा स्थलमा छापा मारी २ सय ७९ वटा कण्डम फेला पारेको छ । ग्राहकहरु त्यहाँ जादा होटलले स्विधा भन्दै निशुल्क कण्डम दिने गरेको भेटिएको हो । पसल सञ्चालक ईम बहादुर वि.क. र उनकी श्रीमती कमला वि.कलाई प्रहरीले बारम्बार पक्राउ गर्दै यस्तो कार्य नगर्ने भन्दै छाड्दै आएको थियो । अहिले पनि होटल सञ्चालक दुवै प्रहरी नियन्त्रणमा रहेका छन् । उनकी एक छोरी छन् । उनकी छोरी पनि सोही होटलमा नै बस्दै आएको भएपनि उनी भने यौनकर्मीको रुपमा काम नगरेको प्रहरीले जनाएको छ ।
होटलका भित्र दुई वटा कोठाका कुनाबाट प्रहरीले यौन सम्पर्क गरेपछि फालिएका कण्डमहरु पनि बरामद गरेको छ ।
dhanga 6 dhanda 1 dhanga 2 dhanga 3 dhanga 4 dhanga 5
होटलमा छापा मार्द भेटिएका कण्डमहरु
यौन धन्दा गर्ने युवती । अलि बढि उमेर देखिने होटल सञ्चालककी श्रीमती
कालो टिसटमा रहेका होटल सञ्चालक, सेता टिसटमा रहेका यौन प्यास मेटाउन आएका एक युवा
तस्वीरहरु
विकाश पराजुली

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.