पर्यटकको पर्खाइमा नुवाकोट (तस्वीर सहित)


विकाश पराजुली

बुटवल÷ बुटवलको पश्चिम बेलबासदेखि उत्तरतर्फ करिव ४५ मिनेट कच्ची सडक त्यो पनि उकालो चढेपछि आउ“छ ऐतिहासिक एवं पर्यटकीय स्थल नुवाकोट । पाल्पा जिल्लाको दोभान गाविस वडा नं. ७ मा रहेको नुवाकोट पर्यटकीय स्थल मात्र नभई ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक स्थल समेत हो । नुवाकोटबाट देखिने चुरे क्षेत्र, हिमश्रीङखला तथा सिंगो बुटवल बजार नुवाकोटको पर्यटनको अर्को आकर्षक केन्द्रविन्दु हो । ब्राहम्ण, क्षेत्री र बढी मात्रामा दलित समुदाय रहेको सो वडामा जम्मा ४५ घरधुरी मात्र रहेका छन् ।
गर्मी छल्न र ऐतिहासिक एवं पर्यटकीय स्थलको जानकारी र अवलोकनका लागि त्यहा“ पुग्ने जो कोहिले पनि आनन्द महसुश गर्दछन् । नुवाकोटबाट देखिने सिंगो बुटवल बजार, पश्चिममा देखिने चुरे क्षेत्र मात्र नभई ऐतिहासिक दरबारको भग्नावशेष समेत नुवाकोटमा रहेको छ ।
मणिमुकुन्द सेन राजा बसेको स्थान नुवाकोट अहिले सबै पर्यटकलाई पर्खेर बसेको छ । जानकारका अनुसार पर्यटकीय स्थान नुवाकोटबाट अंग्रेजहरुलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लासम्म सुरुङ मार्ग भएको बताईन्छ । यद्यपि त्यो सुरुङ मार्ग भने अझै पत्ता लाग्न सकेको छैन, सो सुरुङ मार्गको खोजी भने भईरहेको बताइन्छ ।
स्वच्छ हावा, पानी, उपयुक्त मौसम अनुकुल वातावरण र त्यहा“ बस्ने मानिसहरुको स्वागत सत्कार पनि नुवाकोटको अर्को विशेषता हो । अहिले नुवाकोटको विकासका लागि गुरुयोजना तयार गरी पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन लागेको छ । जसको संरक्षणमा रहेको छ, नुवाकोट विकास समिति ।
नुवाकोट विकास समितिले नुवाकोटलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने योजना अगाडि बढाएको छ । नुवाकोट विकासका लागि नुवाकोट विकास समितिले वि.स. २०५९ सालमा स्थापना भई विभिन्न पर्यटकीय एवं ऐतिहासिक कार्य अगाडि बढाएको छ । संस्थापक अध्यक्ष भोजप्रसाद श्रेष्ठ रहेदेखि यसको प्रचार–प्रसार हुन लागेको हो । बुटवलको वडा नं. १ र ४ को सीर र पाल्पा दोभान गाविसको वडा नं. ७ को भू—भागलाई केन्द्रित गरी कार्य योजना तयार पारी नुवाकोटको विकास आरम्भ गरिएको छ ।
नुवाकोटको ऐतिहासिक महत्व
नुवाकोट क्षेत्र बुटवल नगरपालिकादेखि जम्मा ११ किलोमिटरको दुरीमा पर्दछ । नुवाकोटमा रहेको भैरव कामना मन्दिर पनि एक ऐतिहासिक महत्व बोकेको मन्दिर हो । जानकारका अनुसार सो भैरव मन्दिरबाट नै मूर्ति लगी पाल्पामा भैरव मन्दिरको निर्माण गरिएको बताईन्छ । मणिमुकुन्द सेन राजा बस्ने भग्नावशेष मन्दिर पनि सो क्षेत्रमा रहेको छ ।
राजा रुद्र सेनले स्थापना गरेको शिव लिड्ड, तोपाहान क्षेत्र, क्रृषिकालदेवलले तपस्या गरेको तपस्थल, ऐतिहासिक रानी कुवा, खरखजना गृह तथा स्थान नुवाकोटमा रहेको छ । नुवाकोटबाट सुन्दर हिमश्रीङखला समेत देख्न सकिने हु“दा यसको महत्व अझै बढेको छ ।
पर्यटकीय सम्भावना
गर्मी समयमा हुने बुटवलको तापक्रम र नुवाकोटको तापक्रममा झण्डै ८ डिग्री सेल्सीयसको फरक पर्दछ । लुम्बिनीमा आएका पर्यटकहरुलाई बुटवलमा बास बसाली नुवाकोटको ऐतिहासिक एवं पर्यटकीय स्थलको जानकारी दिन पनि धेरै समय लाग्दैन । त्यसैले पनि यस स्थानको पर्यटकीय सम्भावना रहेको बताउ“छन नुवाकोट विकास समितिका अध्यक्ष्ँ माधव नेपाल ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्व बोकेको स्थल नुवाकोटको विकासका लागि निजी क्ष्ँेत्रले मात्र सम्भव नभएको उनी बताउ“छन् । पाल्पा र रुपन्देही जिल्लासंग जोडिएको नुवाकोटको विकासका लागि दुवै जिल्लाहरुसंग सहकार्य गरी यसको पर्यटन प्रबद्र्धनमा लाग्ने उनको भनाई छ ।
आन्तरिक र बाह्य पर्यटकहरु पहाडको प्राकृतिक दृश्यहरुको अवलोकन गर्दै त्यहा“को ऐतिहासिक महत्वको जानकारी लिदै बढी भन्दा बढी पर्यटकहरु नुवाकोटमा जाने विश्वास समेत लिइएको छ । त्यसैले पनि यस क्षेत्रको पर्यटनमा चा“सो राख्ने व्यक्तिहरुले नुवाकोटमा हिलसाईड भिलेज रिसोर्ट र सिद्धार्थ केवलकारको योजनालाई अगाडि बढाएका छन् । यी दुवै ठुला योजना सफल हुन सकेमा निर्वाध रुपमा नुवाकोटमा आन्तरिक र बाह्य पर्यटकहरुको घुईचो लाग्ने अध्यक्ष्ँ नेपालको भनाई छ । त्यस बाहेक समितिले सो क्षेत्रमा बसपार्क, चिल्डे«न पार्क, पर्यटन सूचना केन्द्र, ब्रहमकुमारी इश्वरीय विश्वविद्यालयले निर्माण गर्ने शान्ति पार्क, गुुम्बा, भ्यू टावर, स्वास्थ्य केन्द्र लगायतका थुप्रै कार्यहरुलाई गुरुयोजना भित्र समावेश गरी कार्यहरु अगाडि बढाउने योजना रहेको उनले बताए । यसका साथै नुवाकोटमा निर्माण गरिने सम्पूर्ण घरहरु बढीमा दुई तले सम्मका र सबै घरहरु एउटै प्रकृतिमा बनाउने लक्ष्य समितिकोे छ ।
रिसोर्ट र केवुलकार निजी क्ष्ँेत्रबाट सञ्चालनमा आउने भए पनि अन्य गुरु योजनाका सम्ूुर्ण कार्यहरु सरकारसंग समन्वयन गर्दै अगाडि बढ्ने नेपालले बताए ।
त्यस्तै नुवाकोट विकासको गुरुयोजना भित्र समावेश भएको पर्यटन सूचना केन्द्र बुधबार मात्र निर्माण स्थलका लागि बोर्डको स्थापना भएको छ । होटल तथा रेष्टुरेष्ट ब्यावसायी संघ रुपन्देहीले पाल्पाको नुवाकोटमा पर्यटन सूचना केन्द्रको बोड स्थापना गरेको हो । यस क्षेत्रका पर्यटकीय स्थलहरुको ऐतिहासिक तथा धार्मिक जानकारी सहज रुपमा प्रदान गर्ने उद्देश्यले बुधवार नुवाकोट विकास समितिका अध्यक्ष माधब नेपालले सूचना केन्द्रको बोर्ड स्थापना गरेका हुन्  ।
नुवाकोट विकास समितिको पहलमा स्थानीयबासीले २ रोपनी जग्गा होटल तथा रेष्टुरेष्ट ब्यावसायी संघलाई निःशुल्क प्रदान गरेका थिए । केन्द्रमा यस क्षेत्रका पर्यटकीय स्थल, धर्मिक स्थलहरुको महत्व ,भौगोलिक अवस्था , होटलहरुको स्तर आदि बारेमा बाहय्र तथा आन्तरिक पर्यटकहरुलाई जानकारी लिने विश्वास लिएको छ । छिट्टै निर्माण हुने केन्द्रका लागि आर्थिक संकलन जारी रहेको जनाएको छ । कार्यक्रममा बोल्दै बिकास समितिका अध्यक्ष नेपालले केन्द्र निर्माणबाट नुवाकोट तथा बुटवल क्षेत्रमा आउने पर्यटनहरुमा बृद्वि हुने बताए ।

उनले नुवाकोटको पर्यटकीय स्थलको रुपमा थप बिकास हु“दा रुपन्देही र पाल्पाका होटल ब्यबसायीहरुमा फाइदा पुग्ने बताए  । होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोदनाथ बेल्वासेले लुम्बिनी तथा पाल्पा आउने पर्यटकहरुलाई नुवाकोटसम्म ल्याउनको लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।  उनले नुवाकोटको महत्वबारे सहज रुपमा सूचना नहु“दा पर्यटकहरुलाई आकर्षित गर्न नसकिएकोले संघले सूचना केन्द्र निर्माण गर्न थालेको बताए  । महासचिब रामप्रसाद गौतमले नुबाकोटको पर्यटकीय विकासले बुटवलमा आर्थिक गतिबिधि तर्फ प्रत्यक्ष प्रभाब पार्ने बताए  । संघका बरिष्ठ उपाध्यक्ष समुन्द्र जिसीले नुवाकोटको बिकास गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे  ।
नुवाकोटमा बढी मात्रामा दलितका घरपरिवार भएकाले पनि सो क्षेत्रलाई दलित मुक्त वडाको रुपमा घोषणा गरिएको छ । स्थानीयको सक्रियतामा दलित मुक्त वडाको घोषणा गरिएको बताइएको छ ।



0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.