बुटवल पशु वधशालाको निर्माण सात वर्षमा पूरा

- विकाश पराजुली
बुटवल, २८ जेठ । निकै लामो समय देखि निर्माणधिन अवस्थामा रहेको बुटवलको पशु वधशाला अब सञ्चालनमा आउने भएको छ । 
बुटवल १२ रामनगर स्थित धागो कारखाना नजिक सञ्चालनमा आउन लागेको वधशाला सुरु भएको सात बर्षपछि मात्र निर्माण सम्पन्न भएको हो ।
बुटवल उपमहानगर पालिका र मासु व्यवसायी संघ रुपन्देही बीचमा आपसी सम्झौता पछि अब छिट्टै पशु वधशाला सञ्चालनमा आउने भएको हो । बाहिरी फेज आउटको कामका लागि पहिलो चरणमा पशुपंक्षी बजार प्रबद्र्धन निर्देशनालय ललितपुरले केन्द्र देखि नै काम गरेको थियो । तर पछि ठेकेदारले समयमा नै काम नगरेको र बजेट अभावको कारणले यो वधशाला समयमानै सञ्चालनमा आउन नसकेको हो । पहिलो चरणको काम २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ बैशाखमा वधशाला भित्रको भौतिक संरचना निर्माण गर्ने विषयमा गोरखा कन्ट्रक्सनसँग सम्झौता भएको थियो । तर ठेकेदार सम्पर्क विहिन भएपछि निर्माण कार्य रोकिएको थियो ।  ०६५ सालमा नै बुटवल नगरपालिकाकाले बुटवल–१३ देबिनगरमा ३३ कठ्ठा जग्गा वधशालाका लागि उपलव्ध गराइएको भएपनि स्थानियको अवरोध पछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा जग्गामा वधशाला निर्माण सुरु गरिएको थियो ।
पशुपंक्षी बजार प्रबद्र्धन निर्देशनालयले भित्री फेजका लागि तत्कालिन बुटवल नगरपालिकालाई जिम्मा दिएपछि नगरपालिकाले संरक्षकको भुमिकामा दोस्रो चरणमा ठेक्का दिएपछि अहिले वधशाला निर्माण भएको हो । नगरपालिकाले ०७१ जेठ २० गते अरनिको एण्ड भिम कन्ट्रक्सन सँग सम्झौता गरी ०७१ ६ ३० सम्म निर्माण पुरा गर्न भन्दै ठेक्का दिएको थियो । तर समय अपुग भएपछि नगरपालिकाले समय थप गरेको थियो । थप गरेको समयभित्र ठेकेदार कम्पनीले विहिबार बुटवल उपमहानगरपालिकालाई वधशाला निर्माण हस्तान्तरण गरेको छ । १ करोड १ लाख ८५ हजार ६ सय ३६ रुपैया लागत ईष्टिमेट गरेपनि निर्माण कम्पनीले ९१ लाख ४३ हजार ३ सय १० रुपैयामा ठेक्का लिएको थियो ।
कृषि विकास मन्त्रालय पशु सेवा विभाग पशुपंक्ष बजार प्रबद्र्धन निर्देशनलाय हरिहरभवन ललितपुर बाट ५० लाख र बाँकी रकम बुटवल उपमहानगरपालिकाले ५२ लाख ४२ हजार ८ सय १८ रुपैया मा सो वधशाला निर्माण भएको हो । 
विहिबार बुटवल उद्योग बाणिज्य संघ, जिल्ला पशु सेवा कार्यालय, मासु व्यवसायी संघ, उपभोत्ता हित संरक्षण मञ्च र पत्रकारको रोहवरमा वधशाला अनुगमन गरिएको थियो । 
बुटवल उपमहानगर पालिकाका ईन्जिनियर सुमन श्रेष्ठले अब वधशाला छिटो सञ्चालनमा आउने बताए । “अब सामान्य काम बाँकी छ, त्यसपछि यो सञ्चालनमा आउने छ” उनले भने ।
उनले मासु व्यवसायी संघ सँग सहमति गरी बुटवल उपमहानगर पलिका संरक्षक हुने गरी सञ्चालनका लागि मासु व्यवसायीलाई दिने बताए ।
मासु व्यवसायी संघका अध्यक्ष कृष्ण पौडेलले लामो समय पछि सञ्चालनमा आउन लागेको वधशालाले बुटवलमा अझ स्वच्छ मासु उपभोत्ता सम्म पुग्ने आशा व्यक्त गरे । उनले नगरपालिकाले जतिबेला पनि समझदारीका लागि बोलाएपनि आफ्नो संस्था तयार रहेको बताए ।
“राती १२ बजे बोलाएपनि हामी आउँछौ” उनले भने । यसैगरी उपभोत्ता हित संरक्षण मञ्चका अध्यक्ष नर्वु लामाले वधशाला सञ्चालन पछि उपभोत्ताले स्वच्छ मासु पाउने बताए । 
गोठ देखि ओठमा जाँदा सम्म स्वच्छ मासु हुनुपर्नेमा अब यो सञ्चालनले व्यवसायी तथा उपभोत्ता दुवैलाई फाईदा हुने उनको भनाई छ । 
बुटवलमा वधशाला नबनेकै कारण दैनिक वध हुने २५ सय पशुपंक्षहरु अस्वस्थकर रुपमा वध गरिएका छन् । मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक २ सय वटा खसी, २ हजार  वटा कुखुरा, ४० वटा रागाभैसी तथा ५ वटा बंगुर र करिव ५ सय केजीबराबरको माछा वध गरिन्छ । त्यस मध्ये करिव ७५ प्रतिशत मासु अस्वस्थकर हुन्छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.