पहिलेको बाँझो जमिन, अहिलेको नमूना कृषि फर्म


kirsi cover photo
 रुपन्देहीको दक्षिपूर्ण सिक्टहन को वडा नं। ७ मा एक बर्ष पहिले बाँझो रहेको स्थान अहिले त्यतिमै सिमित रहेन । त्यहि बाँझोमा गर्न सके सुन फल्छ भन्ने अभिप्रायले अभिप्रायले बुटवलका १९ जना युवाहरु लागि परे र एक बर्षमा नै त्यो झाडिलाई व्यवसायी कृषि फर्मको रुपमा परिचित गराए ।
गत वर्षदेखि सुरु भएको कृषि फर्म पछिल्लो समय कृषकहरुका लागि प्रेरणाको स्रोत मात्र हैन नमुना पनि बन्दै गएको छ ।  बुटवलका १९ जना साना व्यवसायीहरुको जागरुकतामा सुरु गरिएको कृषि खेती रुपन्देहीमा नमूना कृषि फर्म बन्दै गएको हो । फर्मले कुनै निश्चित बस्तु उत्पादन गर्दैन । त्यहा अनेकन बस्तुहरुको उत्पादन हुने गर्दछ । कतै माछाका पोखरी, कतै कुखुरा फर्म, कतै मौरी । बेसार, अडहर, काउली, टमाटर, भान्टा, करेलाले दुई वर्ष अगाडिको बाँझो जमिन अहिले कृषि उपजले हराभरा भएको छ ।
सामूहिक बहुउद्देश्यीय कृषि उपज तथा वितरण समूह सिक्टहन  स्थापना गरी उत्पादित तरकारी, दूध, मह, माछा, बजारसम्म पु¥याउन थालेको छन् । समूहका अध्यक्ष प्रकाश खनालले बाँझो जमिनलाई व्यवासायिक खेती गर्ने भन्दा कसैले नपत्याएको बताउ“दै अहिले आफूहरुले नमूना कृषि फर्म बनाउने अभियानमा जुटेको बताए ।
सुरुमा करिब ५० लाख लगानीमा २४ विगाहाा जग्गामा सामूहिक व्यावसायिक कृषि खेती सुरु गरिएको हो । फार्ममा समूहका सबै सदस्यले पहिलो चरणमा दुई लाखका दरले लगानी गरेका थिए । सिक्टहन गाविस–७ छोट्की गुम्मीमा सञ्चालनमा
आएको कृषि फर्ममा पहिलो  वर्षमै करिव ७ लाख आम्दामी गर्न सफल भएको समूहका सदस्य रमेश कुमारी भण्डारीले बताए ।  सिक्टहन माविको बर्षदेखि बाझो रहेको १८ बिघा र व्यक्तिगत ६ बिघा गरी २४ बिघा जग्गा १० बर्षका लागि
भाडामा लिएर व्यावसायिक खेती सुरु गरिएको हो । दुई बर्ष अघिसम्म उजाड रहेको जग्गा अहिले खेतीपाती र माछापालन गरेर हराभरा देखिएको छ ।
फार्ममा अहिले दुई बिघामा पाँचवटा पोखरी खनेर विभिन्न जातका ३२ हजार माछापालन गरिएको छ, त्यस्तै ४० घार मौरी, ३ हजार कुखुराका चल्ला, २५ वटा भैसी, ५ विगाहामा वेशार खेती, र यस वर्षदेखि धान खेती पनि सुरु गरिएको फार्मका उपाध्यक्ष नवराज फुल्लेलले जानकारी दिए  । सहकारी भ्रमणको क्रममा पूवी जिल्ला झापा सर्लाहीमा मिलेर गरिएका कृषि फार्महरुबाट प्रभावित भई आफूहरु व्यावसायिक कृषिमा होमिएको  अध्यक्ष खनाल बताउँछन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जयबहादुर महत्राले छोटो समयमा नमूना कृषि फर्म बनाउने व्यवसायीहरु सफल भएको बताए । उनले कृषि कार्यालयबाट सहयोग गर्न तयार रहेको बताए । व्यवसायीहरुले अहिले समूहमा आबद्ध रहेका व्यवसायीहरुले काम गरिरहेका छन् । आगामी वर्ष लागानीलाई १ करोड पु¥याई अन्य व्यवसाय पनि सञ्चालन गर्ने बताएका छन् । समूहका सदस्यहरु आफै हाटबजारमा आएर पनि उत्पादित तरकारी विक्री गर्न थालेका छन् । रुपन्देहीमा व्यावसायिक कृषि बढ्दै गएको छ । जमिन लिजमा लिएर व्यावसायिक कृषि गर्ने समूह मध्ये पाँचौ भित्र यो समूह पर्छ । तरकारी खेती, पशुपालन, अष्ट्रिज पालनको व्यावसायिक अगाडि बढी सकेको छ । व्यावसायिक कृषिका लागि बाँझिएका जमिनहरु खन्ने क्रम सुरु भएको छ । व्यवसायिहरुले २४ विगाहा जग्गा वार्षिक १ लाख ७१ हजार ५ सय रुपैयाँ तिर्दै आएका छन् । व्यवसायीहरुले
रोहणी खोला र वन क्षेत्रबाट बदेल, नीलगाई फर्ममा प्रवेश गरेर तरकारी रअन्य बालीलाई नष्ट गर्ने समस्या देखिन थालेको भन्दै त्यसको निराकरणका लागि सम्बन्धित निकायले पहल गरिदिन आग्रह गरेका छन् ।
तस्वीर: विकाश पराजुली
ropaye puresh 2 mahuri fish palan fish palan 2 ropaye puresh

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.