घरेलु फोहोरबाट पनि बायोग्याँस प्लान्ट


विकाश पराजुली
बुटवल, पुस १३ ।

तपाईको भान्सा तथा घरबाट दैनिक कति फोहोर निस्कन्छ ? दैनिक रुपमा निस्कने फोहोर त्यतिकै खेर फाल्नु भएको छ ? भान्साबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न तपाईलाई गा¥हो भएको छ ? यदि यस्तो भएको छ भने अब तपाईले फोहोर व्यवस्थापनका लागि शहरी घरेलु बायोग्या“स प्लान्टको प्रयोग गर्न सक्नुहुनेछ । जसले गर्दा तपाईलाई बातावरणीय फाईदासं“गै आर्थिक फाईदा पनि हुनेछ ।
बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले शहरी घरेलु बायोग्या“स प्लान्ट निर्माणको कार्यक्रम अहिले नमुनाको रुपमा बुटवल उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य महासंघ काठमाडौंले आयोजना गरेको १४ औं औद्योगिक व्यापार तथा कृषि मेला एवं नेपाल व्यापार तथा पर्यटन मेला–२०७० पश्चिमाञ्चलमा प्रदर्शन गरेको छ । शहरी घरेलु बायोग्या“सले दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनमा टेवा पुग्ने र स्वच्छ ऊर्जा उत्पादन गरी ऊर्जासंकटलाई केही कम गर्नका लागि बैकल्पिक ऊर्जा कार्यक्रम अन्तर्गत यो बायोग्या“स प्लान्टलाई बुटवलमा प्रदर्शन गरिएको हो ।
राजधानी र पोखरामा यो बायोग्या“स प्लान्ट कार्यक्रम अहिले सञ्चालन भइरहेको छ । राजधानी तथा पोखरामा यो कार्यक्रम प्रभावकारी भएकाले यसलाई अन्य शहरहरुमा पनि विस्तार गर्नका लागि मेलामा नमुनाको रुपमा राखिएको नेपाल बायोग्या“स प्रबद्र्धन संघ क्षेत्रीय कार्यालय बुटवलका कार्यक्रम अधिकृत नारायण काफ्लेले बताए । भान्सा तथा घरबाट निस्कने फोहोरबाट घरमा खाना बनाउने इन्धनका रुपमा तथा ऊर्जाकै रुपमा यसको प्रयोग गर्न सकिने छ । ‘खेर जाने जैविक फोहोरलाई गलाएर ग्या“स उत्पादन गरिन्छ । उनले भने, ‘जलवायुको प्रभाव तथा दाउराको खपत कम गर्ने यो उत्तम विकल्प हो ।’ मेलामा आउने अधिकांश दर्शकहरुले यसको प्रयोग गर्न इच्छा देखाएको उनको भनाइ छ ।
यो प्लान्ट जडान पश्चात् सरदर ३३ प्रतिशत एल.पि.जी ग्या“स बचत हुने हु“दा महिनाको एक सिलिन्डर ग्या“स खपत हुने घरधुरीमा बार्षिक ४ सिलिन्डर ग्या“समा लाग्ने खर्चको बचत हुने हु“दा उपभोक्तालाई आर्थिक फाईदा हुने र त्यसैगरी फोहोरबाट निस्कने लेदो मलको प्रयोगबाट माटोको उर्वरा शक्ति कायम रहने र अर्गानिक फलफूल र तकारी उत्पादन गर्नमा सघाउ पुग्ने हु“दा यसबाट वातावरणीय र आर्थिक दुवै फाईदा लिन सकिने उनले बताए ।
शहरी क्षेत्रहरुमा फोहोर व्यवस्थापन राम्रोस“ग नहु“दा दिनप्रतिदिन समस्या बढिरहेकाले शहरमा घरेलु बायोग्या“स जडान गर्न सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत १० हजार रुपैया“ अनुदान दिन गरेको छ । सरकारले घरबाट दैनिक रुपमा उत्पादन हुने जैविक फोहोरलाई तह लगाउ“दै सानै भएपनि शहरमा घरेलु ग्या“स उत्पादन गर्ने नमुना अवधारण्ाँ ल्याएको हो । शहरमा घरबाट निस्कने फोहोरलाई घरमै तह लगाई त्यसबाट दैनिक खपत हुने बायोग्या“स उत्पादन हुने जस्तो राम्रो र अनुकरण्ँीय काम केन्द्रले सुरु गरेको भएपनि शहरवासीको कम चासो भएकाले यसको प्रचार प्रसार गर्न मेलामा नमुनाको रुप बनाई प्रदर्शन गरिएको काफ्लले बताए ।
घरमा उत्पादन हुने जैविक फोहोरलाई यसरी घरमै व्यवस्थापन गरे वातावरण पनि राम्रो हुने र आर्थिक रुपमा पनि फाईदाजनक हुने उनको भनाइ छ । एउटा उपभोक्ताले यो प्लान्ट जडान गर्नका लागि २० हजार खर्च गर्नुपर्ने छ । ‘फोहोरलाई व्यवस्थापन गर्न सजिलो हुने र ऊर्जा पनि प्राप्त हुने हु“दा यो कार्यक्रम राम्रो लाग्यो, शनिबार मेला स्थलमा भेटिएका आमा गाविसका अनुप थापाले भने, यो प्लान्ट जडान गर्ने योजना बनाएको छु ।’ उनले शहरहरुमा हुने फोहोरलाई व्यवस्थित गर्ने माध्यम यो शहरी घरेलु बायोग्या“स प्लान्ट बनेको बताए ।
घरमा प्रयोग भएर खेर गएका खाद्यान्न, सागसब्जी लगायत गल्ने कुरालाई बिशेÈ किसिमले बनाइएको एक घनमिटरको Ôेत्रफलको एउटा प्लाष्टिकको ट्यांकीमा जम्मा गरेको दुई महिना पछि त्यसबाट बाल्न मिल्ने ग्या“स निस्कने बताइएको छ ।
‘यसबाट ग्या“सको अभावलाई केही हदसम्म पूर्ति गर्न र फोहोर व्यवस्थापनमा सहयोग पुग्नेछ ।’ उनले भने ‘दर्शकहरुले प्लान्ट निर्माणमा चासो देखाएका छन् ।’ भारतमा यस्ता प्लाण्ट सफलतापूर्वक सञ्चालन भएकाले पनि शहरी क्षेत्रमा यस्तो प्लाण्ट जडान गरी बायोग्या“स उत्पादन गर्ने तयारीका साथ यो कार्यक्रमालाई अगाडि बढाइएको बताइएको छ । (बाकी ४ पेजमा)
विज्ञहरुका अनुसार प्रत्येक दिन २ किलो फोहोर संकलन गर्न सकिएमा ४ जनाको परिवारलाई बिहान र बेलुका दुवै समयमा खाना पकाउने ग्या“स आपूर्ति गर्न सकिन्छ । शुरुमा ३० किलो फोहोर संकलन भएपछि बायोग्या“स उत्पादन गर्न सकिने छ । ‘यो  फोहोरबाट बायोग्या“स उत्पादन गर्दा लाग्ने खर्च ४ वर्Èमै उठ्ने रहेछ, यो कार्यक्रम राम्रो लाग्यो मेला स्थलमा भेटिएका सेमलारका अर्जुन न्यौपानेले भने ।’ यसको प्रयोग गर्ने सोंच बनाएको छु ।’ अन्य ग्या“सप्रयोग गर्नुभन्दा बायोग्या“स प्रयोग गर्नु सस्तो पर्ने भएकाले पनि आफुले यसको प्रयोग गर्ने योजना रहेको उनले बताए । बायोग्या“स प्लाण्ट सञ्चालन गर्नका लागि दुई ओटा ट्याङकी आवश्यक पर्छ । एउटा ट्याङकी फोहोर कुहाउन र अर्को कुहेको फोहोरबाट बायोग्या“स उत्पादनका लागि प्रयोग गरिन्छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.