समाजमा खुल्न अझै सकेनन् संक्रमित


विकाश पराजुली
बुटवल, मंसिर १६ ।

बुटवलमा एचआइभी र एड्सबाट संक्रमित भएका अधिकांश व्यक्तिहरु समाजमा अझैपनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट घृणित र अपहेलित हुने मानसिक त्रासका कारण जिल्लाका अधिकांश संक्रमितहरु समस्या दबाएर राख्न बाध्य भएका छन् । रुपन्देही जिल्लामा रहेका कयौं एचआईभी संक्रमितहरु आफ्नो इज्जत नहुने डरले पनि खुलेर अगाडि बढ्न सकेका छैनन् । अधिकांश संक्रमितहरु समाजदेखि डराएर बाहिर सामाजिक गतिविधिहरुमा आफू परिचित हुन नचाहेको कारणले पनि संक्रमितहरु समाजमा खुल्न नचाहने गरेको विभिन्न संघसंस्थाहरुले बताएका छन् । समाजले एचआइभी र एड्सप्रति हेर्ने दृष्टिकोणमा क्रमिक सकारात्मक सुधार आएपनि भेद्भाव र लाञ्छना भने अझै नरोकिएको हुदा पनि सार्वजनिक हुन नसकेको संक्रमितहरु बताउछन् ।

बुटवल १३ का नयन राना (नाम परिर्वन) समाजमा अझैपनि एचआइभी र एड्स संक्रमितहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वन नहुदा समाजमा दविएर बस्न बाध्य भएको बताउ“छन् । उनले साथीभाई तथा छरछिमेकबाट एचआईभी संक्रमित भएकै कारण जिस्क्याउने गर्दा पनि समाजमा खुलेर बस्न नसकिने उनको भनाइ छ ।
संक्रमितहरु पनि अन्य सामान्य मानिस सरह कामकाज गर्न सक्छन् भनेर आम मानिसमा अझै चेतना नभएको उनको भनाइ छ ।
जिल्ला एड्स रोग समन्यवनका निर्देशक बसन्तमणी पोख्रेलले संक्रमितहरु सामाजिक प्रतिष्ठाका कारण पनि आफ्ना समस्या लुकाउन बाध्य भएको बताए । उनले म संक्रमित हु भनेर बाहिर निस्कने वातावरण नहुदा समाजमा लुकेर संक्रमितहरु बस्न बाध्य भएको बताए । एचआइभी संक्रमितहरुको अधिकार र समस्यामाथि छलफल अघि सारेपनि सामाजिक अन्धविश्वासले यस्ता कार्यले पूणर्ता नपाएको उनको भनाइ छ । एचआईभी एड्स संक्रमितहरुको संख्या क्रमशः घट्दै गएपनि सन्तोषजनक भने नरहेको उनको तर्क छ ।
रुपन्देही जिल्लामा करिब १५ सय भन्दा बढी एचआईभी संक्रमितहरु रहेको तथ्याङकले बताएको छ । जसमध्ये ९ सय भन्दा बढीले एआरटी औषधि प्रयोग गर्ने गरेको बताइएको छ । पछिल्ला बर्षहरुमा रुपन्देही जिल्लामा संक्रमितहरुको संख्या कम हु“दै गएको समेत बताइएको छ । जिल्लामा अहिले सम्म ८० जनाको एचआईभी एड्सकै कारण मृत्यु भएको तथ्यांक छ । एचआईभी एड्स विशेषगरी १५–४८ बर्ष उमेरका युवा युवतिमा बढी देखिएको छ ।
नेपालमा एचआइभी संक्रमितहरुको पहिचान भएको संख्या १८ हजार ६ सय २६ पुगेको एक तथ्यांकले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण्ँ केन्द्रका अनुसार एचआइभी संक्रमितहरुको अनुमानित संख्या ५६ हजार पुगेको छ । विश्वमा भने सन् २०१० सम्ममा २७ लाख मानिस एचआईभी एड्सबाट संक्रिमित भएको र करिब १८ लाख मानिसले एड्सकै कारण ज्यान गुमाएको उल्लेख छ ।
विभिन्न कार्यक्रम गरी एड्स दिवस मनाइयो
यसैबीच शनिबार ‘एचआईभीको नया संक्रमण, भेद्भाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पु¥याऔं’ भन्ने नाराका साथ २६ औं विश्व एड्स दिवस आइतबार देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । एचआईभी एड्स सम्बन्धी जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण्ँ मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्È डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ । यसैबीच बुटवलमा पनि एड्स दिवस मनाइएको छ । जिल्ला एड्स समन्वयन समितको आयोजना तथा विभिन्न सरकारी तथा गैर सरकारी संंघ संस्थाहरुको सह–आयोजनामा बुटवलमा कण्डम वितरण तथा सडक नाटक प्रस्तुत गरिएको थियो । सडक नाटकको माध्यमबाट एचआईभी एड्सलाई न्युनिकरण गर्न मद्दत पुग्ने भएकाले पनि सडक नाटकको आयोजना गरिएको जिल्ला एड्स समन्वयन समितका अध्यक्ष बसन्तमणि पोख्रेलले जानकारी दिए । सोही अवसरमा बोल्दै जिल्ला विकास समिति रुपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गाप्रसाद श्रेष्ठले  विपन्न परिवारमा  यसको चेतना नभएसम्म एड्सलाई शुन्यमा पु¥याउन नसकिने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले गरिवी निवारण र चनचेतनाको कमीका कारणपनि एड्सलाई शुन्यमा झार्न नसकिएको बताए । उनले एड्स लागेका व्यक्तिहरुलाई सर्वसाधरणहरुले हेर्ने आचरण व्यवहारमा सुधार भएपनि एड्सलाई कम गर्न सकिने बताए । देशमा पुर्वीय स“स्कृतिको प्रभावले पनि एड्सको जालो जहा“तहीं फैलिएको उनको भनाइ छ । सोही अवसरमा बुटवल नगरपालिकाका सामाजिक अधिकृत डोलराज शर्मा, निलहिरा समाजका आनिक राना, आशा ज्योति समाज केन्द्रका लक्ष्मीधर खनाल, नागार्जुन डेभलपमेण्ट बैंकका राधा भट्टराई लगायतले बोल्दै एचआईभी एड्स लागेका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परितर्वतन हुनेपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका बसन्त पोख्रेलको अध्यक्षता, परिवार नियोजन संघका दिनेश जोशीको स्वागत तथा सपना गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
बुटवल नगरपालिकाद्वारा स्वीटर वितरण
२६ औं विश्व एड्स दिवसको अवसरमा यस क्षत्रका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहयोगमा बुटवल नगरपालिकाले बुटवल नगरक्षेत्रमा रहेका १० वटा बालबालिकालाई जाडोमा लगाउने स्वीटर वितरण  गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी संक्रमित बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । सोही अवसरमा बोल्दै बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलले सामाजिक भेद्भावका कारणले पनि एचआईभी संक्रमितहरु समाजमा खुल्न नसकेको बताए ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.