पार्कहरूमा युवायुवतीको डेटिङ


शंकरनगरमा रहेको बनबाटिकामा माया साट्दै गरेका एक प्रेम जोडि ।
 विकाश पराजुली
बुटवल, माघ १० ।
अर्घाखाचीको हंसपुरबाट छोरालाई भेट्न बुटवल आएका मनिष घिमिरे यही मौकामा शंकरनगरमा रहेको शंकरनगर वनवाटिका जाने निर्णय गरे । छोरा अनिललाई साथै लिएर शंकरनगर घुम्न गएका उनले त्यहा पुगेपछि प्राकृतिक मनोरम मात्र होइन भर्खरका युवायुवतीका गतिविधि देखेर चकित परे । छोरास“गै रहेकाले उनलाई ती दृश्यले फरक अनुभूति गरायो ।
पर्यटकीय गन्तव्य बन्दै गएको बनबाटिका घुम्न पुगेका घिमिरेले युवायुवतिका लागि ‘डेटिङ स्पट’ समेत बन्दै गरेको निष्कर्ष निकाले । ‘पार्कमा फेमिलीस“ग नआउ“दो राम्रो हुने रहेछ, बाटिका हालै भेटिएका घिमिरेले मेचीकाली दैनिकलाई भने– ‘कलेज पोशाकमै आएका विद्यार्थीहरुलाई केन्द्रले रोक्नुपर्छ ।’ शंकरनगर वनवाटिमा मात्र होइन, यस क्षेत्रमा रहेका बुटवलको हिलपार्क, फुलबारी पनि डेटिङ स्पट बन्दै भएका छन् ।
हिजोआज यस क्षेत्रमा रहेका पर्यटकीय स्थानहरुमा आन्तरिक पर्यटन भन्दा बढी माया, प्रेम र मस्तीलाई नै जीवन ठान्ने जोडी अधिकमात्रामा देखिन थालेका छन् । पछिल्लो समयमा उनीहरुका लागि होटल र रेस्टुरा, पार्क र सिनेमा हलभन्दा पार्क र एकान्त जंगल नै उपयुक्त  ‘डेटिङ स्पट’ बन्ने गरेको छ । आफूलाई २१ औं शताब्दीको युवापुस्ता ठान्ने त्यस्ता जोडीले नेपाली सामाजको मूल्य–मान्यताविपरीत सार्वजनिक स्थललाई माया गर्ने स्थानको रुपमा परिणत गर्न थालेकाले त्यहा घुम्न जाने आन्तारिक एवं बाह्य पर्यटकहरु अप्ठ्यारोमा पर्ने गरेका हुन् ।
बढ्दो भीडभाड र सहरीकरणले दिनदिनै शान्त र एकान्त स्थान भेटिन छाडेपछि डेटिङ जानेहरुका लागि बुटवलको फुलबारी, हिलापार्क, सिद्धबाबा, शंकरनगरको वनवाटिका पछिल्लो समय डेटिङ स्पटको विकल्प बन्न थालेका छन् । शान्त, रमणीय र सुरÔित स्थान भएको कारण आफूहरुको रोजाईमा यस्ता पार्कहरु पर्ने गरेको युवायुवतीहरु बताउछन् ।
फुलबारी, हिलपार्क, वनवाटिका, सिद्धबाबालगायतका क्षेत्रका एकान्त ठाउ“मा आलिंगन जोडी प्रशस्तै देखिन्छन् । कतिपय दृश्य यस्ता पनि हुने गर्दछन् जस्लाई परिवारस“ग गएकाहरुले नदेखेको झैं गरी हिंड्नुपर्ने समेत बाध्यता आइलाग्ने गर्छ । कतिपय त यस्ता युवायुवती पनि भेटिन्छन् जस्ले पार्कको मुख्य क्षेत्रमा अपाच्य गतिविधि पनि पनि गरिरहेका हुन्छन् ।
अमर्यादित क्रियाकलाप बढेको प्रत्यÔ देख्दा पनि नियन्त्रण्ँका लागि भएको प्रयास सफल हुन नसकेको पार्कका कार्यालय प्रमुखहरु बताउ“छन् । मणिमुकुन्द सेन उद्यानका कार्यालय प्रमुख विक्रम बस्यालले युवायुवतिहरुको जोडी आउने गरेको स्वीकार गर्छन् । ‘यहा“ हरेक समुहका घुम्न आउ“छन् । युवायुवतीहरु पनि आउ“छन् तर ति विद्यार्थीनै हुन्छन् भन्ने छैन ।’ उनले भने, ‘विद्यार्थीहरु पोशाकमा आउनेहरुलाई सोधिखोजी गरेर मात्र भित्र प्रवेश गर्न दिन्छौं ।’ फुलबारीमा घुम्नका लागि पारिवारिक व्यक्तिहरु समेत आउने हु“दा युवायुवतीलाई आफ्ना कर्मचारीले निगरानी गर्ने गरेको उनले बताए । फुलबारीमा प्लस टु तहका विद्यार्थीहरु बढी मात्रामा पार्कमा घुम्न आउने गरेको कार्यालयले जनाएको छ ।
फुलबारीमै भेटिएकी अनिषा गुरुङले प्रेमजोडीका लागि मनका कुरा साट्ने वातावरण उपयुक्त भएको कारण यहा आएको बताइन् । उनले भनिन् ‘प्रेम फस्टाउन र कुरा मिल्न वातावरणले नि प्रभाव पार्छ ।’ शान्त वातावरणमा उठेको रिस पनि शान्त हुने उनको अनुभव छ । पार्क मात्र नभई धार्मिक तथा पर्यटकीय स्थल शिद्धबाबामा पनि युवापुस्ताहरुको भरपर्दो डेटिङ स्पट बन्दै गएको छ । धार्मिक स्थल, प्राकृतिक भिन्नता र तल तिनाउ नदी पनि भएकाले सिद्धबाबा पनि युवायुवतीको रोजाई बन्दै गएको छ । शंकरनगर वनवाटिकाका अध्यक्ष बावुराम अर्यालले कलेज पोशाकमा आउने विद्यार्थीहरुलाई विहारभित्र प्रवेश गर्न नदिइने बताए ।
युवायुवतीहरु पार्कमा घुम्ने आउने भएपनि सवै माया साट्नकै लागि भने नआउने गरेको उनको भनाइ छ ।

, , , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.