सुविधा छ, तर सबैलाई थाहा छैन
बिकाश पराजुली
बुटवल, मंसिर १७ ।
अपाङगता भएका व्यक्तिहरुलाई सरकारले सुविधा दिएको भएपनि रुपन्देही जिल्लामा रहेका कतिपय अपाङगता भएका व्यक्तिहरुलाई सुविधा बारे थाहै छैन् । जिल्लामा ८ हजार भन्दा बढि अपाङगता भएका व्यक्तिहरु भएको अनुमान गरिएको छ । तर, जिल्लाको तथ्याङकमा भने ४ हजार भन्दा बढि देखिएको छ । अपाङगता भएकाहरुमा जनचेतनाको कमी तथा प्रचार–प्रसार नहुदा अधिकांश अपाङगता भएका व्यक्तिहरु राज्यले दिने सुविधाबाट बञ्चीत भएका छन् । सामान्य रुपमा अपाङगता भएका बालबालिकाहरुलाई नेपाल सरकारले परिचयपत्र दिने व्यवस्था गरेपनि रुपन्देही जिल्लाका अधिकांश अपाङगता भएका व्यक्तिहरुले परिचय पत्र नै लिएका छैनन् । महिला तथा बालबालिकाको कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ५ हजार ७ सय ४२ जना अपाङगता रहेका मध्ये अहिलेसम्म जम्मा ४ हजार ३ सय २६ जनालाई विभिन्न ४ प्रकारका अपाङगताकार्डहरु वितरण गरेको कार्यालयले जनाएको छ ।
महिला तथा बालबालिकाको कार्यालयका अनुसार २०६९ असार मसान्तसम्म जिल्लाबाट ४ हजार २ सय ७७ जनालाई अपाङगतापरिचयपत्र वितरण गरिएको थियो । ०७० असार मसान्तसम्म कार्यालयबाट जम्मा ४९ जनालाई अपाङगता परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिकाको कार्यालय भैरहवाका प्रमुख उषा रावलले जानकारी दिइन् ।
जसअनुसार महिला १ हजार १ सय ६२, पुरुष १ हजार ६ सय ४१, बालक ९ सय ३ र बालिका ६ सय २० जना रहेका छन् ।
विशेषगरी रातो परिचयपत्र प्राप्त गर्नेलाई सेवा सुविधा बढी हुने हुदा परिचयपत्र बनाउन आउने सवैले रातो परिचयपत्र खोज्ने गरेको समेत कार्यालयले जनाएको छ । अपा·ता परिचयपत्र सेतो, पहेंलो, निलो र रातो गरी चार भागमा विभाजन गरिएको छ । जसअनुसार सेतो परिचयपत्र सामान्य अपाङगता जस्तै एकवटा औंला नभएको लाई वितरण गरिएको छ । पहेंलो परिचयपत्रको लागि पोलियो भएको, मेरुदण्डमा समस्या भएकाहरुलाई वितरण गरिन्छ भने निलो परिचयपत्रको लागि सशक्त अपाङगताहरु, निरन्तर अरुको सहयोगले जिवीका जिउने, मेरुदण्डमा पक्षघात भएका आदिलाई वितरण्ँ गरिने महिला तथा बालबालिकाको कार्यालयले जनाएको छ । पहेंलो परिचयपत्रका लागि पूर्व रुपमा अशक्त व्यक्तिहरु, अरुको सहारा लिएर पनि जीवन जिउन गा¥हो हुने, हलचल गर्न नसक्नेहरुका लागि यो परिचयपत्र वितरण गरिने रावलले बताइन् । बिशेषगरी चौधरी, हरिजन एवं दलित समुहमा विभिन्न प्रकारका अपाङगता रहेका छन् । समयमा स्वास्थ्य उपचार, शिक्षको कमि आदि कारणले गर्दा अपाङगताहरुको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ । तर अपाङगता भएकाहरुको संख्या यति धेरै रहेपनि रातो कार्ड पाउनेले मात्र केही भत्ता पाउने गर्दछ ।
अपाङगता भएकाहरुलाई मन्त्रालय मार्फत् प्रत्येक बर्ष १ लाख ५५ हजार आएपनि सो रकमलाई दृष्टिविहीन उत्थानमार्फत् अनुदान निर्देशिका अनुसार दिई अपा·ता भएका व्यक्तिहरुलाई विभिन्न सीप विकास तालिमहरु दिने, अपाङगताहरुको समुह बनाउने, रोजगारका लागि बाख्रा वितरण गर्ने, विभिन्न खेलकुदका सामग्री वितरण गर्ने कार्यालयले बताएको छ । अपाङगता भएका व्यक्तिहरुलाई भने विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुले सहयोग नगर्दा यस्ता व्यक्तिहरुमा समस्या झनै बल्झेको छ ।
अपाङगता भएका व्यक्तिहरुका बारेमा प्रचारप्रसार नहुदा पनि अपाङगता भएका व्यक्तिहरुले सेवा सुविधा लिन नपाएको उनको भनाइ छ । अपाङगता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपाङगता महासंघले अपाङगता भएका व्यक्तिहरुका लागि जारी हुनेगरी कुनै पनि प्रचार प्रसार नगरेको उनले बताइन् । अरु क्षेत्रमा सघाउ पु¥याएका विभिन्न एनजिओ, आईएनिओहरुले अपाङगता भएका बालबालिकाहरुसंगै अन्य व्यक्तिहरुमा चासो नदिएकोले अपाङगताहरुको संख्यामा बृद्धि भएको अधिकृत रावलको भनाइ छ । अपाङगता भएका व्यक्तिहरुलाई न्यूनिकरण्ँका लागि सरकारबाटै महत्वपूण कदम चाल्न सकेमा मात्र अपाङगताहरुको संख्यामा कमि आउने उनले बताइन् ।
कतिपय अपाङगताभएका व्यक्तिहरुले परिचयपत्र वितरण कार्यालयमा आएर नै भत्ता माग्ने गरेको समेत कार्यालयले बताएको छ । अपाङगता भएका व्यक्तिहरुले भत्ता कहा“बाट पाउने भन्ने सामान्य जानकारी समेत नगरेको बताइएको छ ।
अपाङगता भएका व्यक्तिहरुलाई जिल्ला विकास समिति, नगरपालिका तथा गाविसहरुबाट अपाङगता भत्ता वितरण गरिने भएपनि कतिपयले परिचयपत्र वितरणमा नै भत्ता उपलब्ध हुने भन्दै अपाङगता भएकाहरुलाई कार्यालयमा पठाउने गरेको उनको भनाइ छ ।
0 comments