वृद्धाको घरजग्गा आफ्नो नाममा गरेपछि मार्ने प्रयास
- विकाश पराजुली
बुटवल, ३० जेठ । सिद्धार्थ
राजमार्गअन्तर्गत पाल्पा बसपार्क नजिकै तीन मोडामा रहेको तीन तलाको घर छ ।
सेतो रंगले सजाईएको घर (तस्वीरमा)मा अहिले विभिन्न व्यक्तिहरूले विभिन्न
व्यवसाय गरिरहेका छन् । त्यही घर र अरु जग्गा देखेर ७८ बर्षीय बुद्धालाई
झुक्काएर सम्पति आफ्नो बनाउने सपना उनले देखे ।
“धन देखेपछि त महादेवका नि तीन नेत्र खुल्छन्” भने जस्तै सम्पत्ति देखेपछि उनले पनि केही देखेनन ।
नामः दिपक कार्की
ठेगानाः बुटवल ९ दिपनगर
पदः पुनरावेदन बार एसोसिएसन बुटवलका कोषाध्यक्ष
आरोपः ज्यान मार्ने अभियोग
बास्तविक र यथार्थ परिचय यही भएका दिपक कार्की अहिले मार्ने प्रयास गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बुटवलको चिसो कोठामा छन् ।
ठेगानाः बुटवल ९ दिपनगर
पदः पुनरावेदन बार एसोसिएसन बुटवलका कोषाध्यक्ष
आरोपः ज्यान मार्ने अभियोग
बास्तविक र यथार्थ परिचय यही भएका दिपक कार्की अहिले मार्ने प्रयास गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बुटवलको चिसो कोठामा छन् ।
ईलाका प्रहरी कार्यालयले दिएको जानकारी
अनुसार पुनरावेदन बार एसोसिएसन बुटवलका कोषाध्यक्ष दिपक कार्कीले आफन्त
पर्ने एक बृद्धको सम्पत्ति आफ्नो नाममा बनाउन विष खुवाई ज्यान मार्न खोजेको
आरोपमा पक्राउ परेका हुन् ।
परिवारिक नाताले हजुरआमा पर्ने बुटवल–६
भानुचोक निवासी ७८ बर्षिया कमलादेवी थापालाई जेठ २७ गते कार्कीले दहीमा
विषाक्त पदार्थ मिसाई खुवाउने प्रयास गरेको अभियोगमा उनलाई पक्राउ गरिएको
ईलाका प्रहरी कार्यालय बुटवलका डिएपी दिलिप घिमिरेले जानकारी दिए ।
उनले भने, “कार्कीलाई शुक्रबार ज्यान
मार्ने अभियोगमा मुद्धा दर्ता भएको छ, बाँकी अनुसन्धान पछि बाहिर आउनेछ ।”
कार्कीलाई जेठ २७ गते पक्राउ गरिएको हो ।
अभियुक्त कार्कीले आमाकी फुपू पर्ने
हजुरआमालाई सम्पत्तिको लोभमा मार्ने प्रयास गरेको बुझिएको छ । हजुरआमा
कमलादेवी थापाको नाममा रहेको कित्ता नम्बर ३७ (क) बिटौरी जग्गा ९ धुरमा
बनेको तीन तले घर (सिद्धार्थ राजमार्गमा मोहोडा पर्ने नबिल बैंकको ठीक
सामुन्नेको सेतो घर) आफ्नो बनाउने प्रयास गरेको बताइएको छ ।
पीडित कमलादेवीको नाममा रहेको सो घर
झुक्याएर कार्कीले आफ्नी आमाको नाममा गराएका छन् । पीडित कमलादेवीले भनिन्,
‘गएको पुसमा के के कागजमा औँठा छाप लगाउन पठाएका थिए, मैले आँखाले नदेख्ने
। घर पो आफ्नो नाममा गरेको रैछ ।’ कार्कीले जग्गा आफ्नो नाममा बनाएको
बिहीबार मात्रै पत्ता लागेको हो । पीडित कमलादेवीका एक छोरा २० बर्षदेखि
सम्पर्कमा छैनन् । एक छोरीको मणिग्राममा बिबाह भएको छ । गएको चैतमा श्रीमान
गुमाएकी कमलादेवीलाई यसअघि पनि मार्ने प्रयास भएको घरमा सेवा गर्दै बसेकी
दिलमाया थापाले बताईन् । कमलादेवीका श्रीमान् भारतीय सेनाका भूपू क्याप्टेन
हुन् ।
कार्कीले २६ गते बेलुका थापालाई दहिमा
हालेर विषालु पदार्थ खुवाउने प्रयास गरेका हुन । कार्की थापाको घरमा
बारम्बार आउने जाने समेत गर्दथे । कमलादेवी कि श्रीमान विरामी हुँदा पनि
कार्कीले घरमा आई रेखदेख गर्ने गर्दथे । “रेखदेखको निउँमा सम्पत्ति लाद्न
खोजेको जस्तो देखियो” स्रोतले भन्यो, “श्रीमानको मृत्यु भएपछि कार्कीले
सम्पत्तिको गतिलो सपना देख्न पुगे ।
कमदादेविले दही खान खोज्दा नराम्रो गन्ध
आएपछि घरको सटरमा बस्ने व्यवसायीलाई देखाइएकी थिइन् । त्यसलगत्तै प्रहरीले
कार्कीलाई निन्त्रणमा लिएको हो ।
“विषालु पदार्थ सेवन गराई मार्ने प्रयास गरिएको खवर आउँदा वित्तिकै हामी त्यहाँ पुग्यौ” डिएपी घिमिरेले भने ।
बुटवल–९, दीपनगर घर भएका कार्कीले
हजुरआमाको जग्गा आफ्नो आमाको नाममा बनाएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
यसअघि कमलादेवीको जग्गा देवरका छोरा बुटवल–७ अमरपथ बस्ने करणजंग थापा,
रमेशजंग थापाले आफ्नो नाममा बनाएका थिए । २०६६ माघ १० गते उनीहरूले जग्गा
आफ्नो नाममा गराएका थिए । कमलादेवीले आदलतमा मुद्दा दायर गरेपछि २०७० भदौ
२७ गते जिल्ला न्यायाधीशको रोहबारमा फिर्ता गर्न मिलापत्र भएको थियो ।
कमलादेविले आफूलाई मारेपछि सम्पत्ति आफ्नो नाममा पार्न विष खुवाउने प्रयास
गरेको बताईन् ।
कार्की पक्राउ परेपछि उनलाई भेट्नेहरूको
ठूलो भीड शनिबार ईलाका प्रहरी कार्यालयमा देखिएको थियो । मुद्दा दर्ता
भइसकेको र घटनाको अनुसन्धान भइरहेकाले बास्तविकता पछि थाहा हुने डिएसपी
घिमिरेको भनाई छ ।
अभियुक्त बचाउन कांग्रेसको लविङ
पुनरावेदन बार एसोसिएसन बुटवलका कोषाध्यक्ष दिपक कार्की ज्यान मार्ने अभियोगमा पक्राउ परेपछि कांग्रेसका केही व्यक्तिहरूले उनलाई चोख्खाउने प्रयास गरिरहेका छन् । ईलाका प्रहरी कार्यालयमा पुगि उनीहरूले कार्कीलाई छाड्न दवाव दिएको प्रहरी स्रोतले बताएको छ । तर प्रहरीले भने कुनै पनि हालतमा छाड्ने नहुने भन्दै ढिपि कसेको छ ।
पुनरावेदन बार एसोसिएसन बुटवलका कोषाध्यक्ष दिपक कार्की ज्यान मार्ने अभियोगमा पक्राउ परेपछि कांग्रेसका केही व्यक्तिहरूले उनलाई चोख्खाउने प्रयास गरिरहेका छन् । ईलाका प्रहरी कार्यालयमा पुगि उनीहरूले कार्कीलाई छाड्न दवाव दिएको प्रहरी स्रोतले बताएको छ । तर प्रहरीले भने कुनै पनि हालतमा छाड्ने नहुने भन्दै ढिपि कसेको छ ।
उनी कांग्रेस निकट मानिन्छन् ।
तस्वीरः ७८ बर्षिया कमलादेवि थापाको घर । यही घरका लागि कार्कीले थापालाई मार्ने प्रयास गरेका थिए ।
0 comments