पत्रकार की आमा
– विकाश पराजुली
दिउस भरको थकान, कोठामा पुग्दा लाईन रहेनछ, किचनमा छिरे विहानका भाडा माझ्न पनि बाँकी नै ।
खान मन हुँदा हुदै पनि जागर चलेन सम्झे “दिउसोको भेज चाउमिन, आजको रात यसै सुतौ” ।
भित्तामा छटक–छटक गरेको घडिले रातको ९ बज्यो भन्दै टिङ….टिङ घण्टी हान्यो । सुत्ने तरथरमा थिए । त्यहि बेला फोनको घण्टी पनि बज्यौ, टिरिङङ्…… ।
फोन उठाउने आट समेत आएको थिएन, हेर, “mom house” लेखेको रहेछ उठाए । उठाउन साथ आवाज आयो “खाना खायौ ?” “अ खाए” जवाफ फर्काए । सोचे आमाको मन हो, छोराले खायो खाएन भन्ने चिन्ता छ ।
“विहानै जान्छस, साँझ पनि ढिला कोठामा आउछस् खाना खाएर सुत्ने तर, नखाई सुत्नु हुदैन” हरेक पटकको फोनमा आमाले दिर्ने अर्ति त्यति बेला पनि दोहोरिन छाडेन ।
अझ कहिले काँही त “ग्राहो भयो भने विहे गर” पनि भन्नुहुन्छ । आमालाई लाग्दो हो,छोराले नखाई सुतेको छ भन्न कम्तिमा विहे गरे त राम्रो सँग खान पाउथ्यो भन्ने ।
विहानको घाम सिरानीमा आईहाल्छ, लाग्छ, “तेरो अब हिड्ने बेला भयो जाँ आफ्नो बसिवियालो गर्न ।”
आज्ञाकारी बालक जस्तै उसको भनाई मान्दिन भन्दा भन्दै पनि मान्नुपर्छ । हातमुख धोयौ, बुस्र ग¥यो हिड्यो चिया पनि नखाई । ढिला भयो भने हाकिमको फोन, छिटो जाउ पेटमा चारो नपरेको हिजोको भेज चाउमिन सँगै हो ।
“एकदिन होईन दुई दिन होईन दैनिक यसै गरी कतिदिन चल्छ” साथी किष्ने यस्ता उपदेश कति दियो दियो तर टे¥या हैन ।
उ थप्दै जान्छ “यति गरेको खानलाई हो, खाना नखाई पनि काम गर्छन, विचार गर भोली फेरी विरामी भई विस्तारामै हुनुपर्ला ।”
उपदेश कृष्नेको मात्र पाईन । धेरैले दिए, प्रकास, नविन गकुल, अर्जुन, अनिता, सुनिता सवैले ।
विहान, दिउसो या साँझ घरबाट आमाको फोन आएकै हुन्छ, विहान र साँझमा “खाना खायौ” भन्ने शव्द दिउसोमा भने “नास्ता खायौ” भन्ने हुन्छ ।
………
विहान ७ बजे हिड्यो बेलुका ८ बजे कोठामा पुग्यो, जागर चल्छ पका खा, छैन यतिकै सुत ।
आजभोली त त्यी मनमाया भाउजुले पनि चिन्न थालिछन् कारण अहिले दिनको ३ पटक उनको पसलमा नगई भा छैन, चिया, समोसा, चाउमिन उनको पसलको दैनिकी नास्ता हो ।
“बावु आज त परौठा बनाउँछु” म पसलमा पुग्न साथ आजभोली मनमाया भाउजुको यो आवाज आउछ ।
किनकी उनलाई पनि थाहा भयो कि कोठामा चुलो बाल्ने जागर यी बावुको पनि छैन । चिया नास्ता, परौठा जे खायो “टिप्नुहोला है, पैसा आएपछि तिरौला” सधै यसै भन्यो हिड्यो ।
मनमाया भाउजु पनि कम्ता खटिएकी छैनन् उनलाई साथ दिने उनका श्रीमान पनि छन् अजय । हैसेमा हस्तै गर्दै साथ दिएका छन् अजयले ।
दुई छोरी, एक छोरा, छोरालाई बोडिङ स्कुल पढाएका छन् अस्ती भन्दै थिए अजयले “अब घडेरी किन्नु पर्ला ।”
काम गर्दा मनमाया र अजय कम्ता खटिएका छैनन । फरक यति हो उनको खटाई नगदीमा चलेको छ मेरो उदारोमा ।
“हामी त श्रमजिवी साँहुले पैसा दिन्छन् अनि तिरौला” मनमाया भाउजुलाई यसो भन्दा मुसुक्क हाछिन्न किनकी उनलाई श्रमजिवी भनेपछि के बुझछिन् कुन्नी, त्यो उनलै जानुन ।
………………
विहान साँझ आमाको मात्र होईन केही पिर गर्ने एउटी पनि छ ।
“खाना खाए अब सुत्न लाको” तर यो जवाफ उनी कहिल्यै पत्ताउदैनिन् किनकी उनलाई पनि आमालाई जस्तै लागेको छ, भन्छिन “खान नखाई कतिदिन सम्म यसै गर्ने हो ।”
आवेश, प्रेम र माया साथ सुनिने यो आवाज मेरा लागि नौलो होईन । “विरामी हुनलाई सधै खानमा कन्टियुनिटि नदिने, कति सम्झाउने हो” उनले यसो भन्नु लाग्छ उनको त्यो कतव्र्य नै हो ।
कहिले भन्छिन् “कति विजी हो, भेट गर्ने पनि फुर्सद छैन, पैसा पनि त राम्रो होला नि ?”
विहान ७ बजे हिडेको केटो बेलुका ८ बजे कोठामा पुग्छ, दिउस फोन गर्दा मिटिङ, कार्यक्रममा छु भन्छ उनले राम्रो कमाई हुन्छ भन्ने सोच्नु गलत हैन । कमाई कति छ भन्ने त पैसा दिने साँहु र मलाई मात्र थाहा छ ।
………..
घर नगएको पोहोरको दशै सँगै हो । दशैमा पनि जम्मा एक हप्ता घरमा बसाई भयो । शनिबार नहिड भन्दा भन्दै पनि आमाको भनाईलाई इन्कार गर्दै “जागिरमा जानु छ” भन्दै घरबाट हिडेको याद छ ।
आमाले फोनमा भन्नुहुन्छ “घरमा आउने कहिले हो” मैले सहज उत्तर दिन्छु आर्सिवाद थाप्न दशैमा आन्छु आमा ।”
छोराले यहि भन्छ भन्ने थाहा हुँदा हुँदै पनि आमाले सधै घरमा कहिले आउछस भन्नुहुन्छ । आमाले भने जस्तै कहिले जान्छु भन्ने मलाई पनि थाहा छैन ।
अफिस विदा बर्षमा त्यस्तै १५ दिन हुँदो हो । दशैमा १ हप्ता, तिहारमा ४ दिन, नवबर्ष १, होलीमा १ दिन र मजदुर दिवसमा १ दिन । अरु हप्ताले गाउ जाने सम्म समय हुदैन त्यसैले घर जान दशै कुर्नुपरेको छ ।
आमाले दशैमा त १० दिन बस्नुप¥यो भन्दा फुर्सद छैन भन्दै घरबाट हिडेको पनि याद छ । कत्तिन फुर्सद नभएको जस्तो । सोच्छु कहिले काँही, “घर जान्छु, खादिन यस्तो जागिर सागिर, अब गाउमै बस्छु, उतै केही मेसो समाउला” । तर मनले यसो भनेपनि म यो कुरा यथार्थमा जान सक्दिन ।
घर आईजा भन्दा आमालाई “हजुर आउनुस बुटवल” धेरै पटक भने, किनकी यहा अरु केही नभए घुमाउछु भन्ने त निहु छ । यदि यहि निहु नभए आमालाई लाग्थ्यो भर्खर २२ पुगेको छोरो आमालाई भेट्न होईन आमा छोरालाई भेटन् बुटवल जानु पर्ने भयो ।
………….
आज मेरा लागि खुसीको दिन हो किनकी आज साँहुले चार महिनाको तलव सातौ किस्तामा दिदैछ । हिजो पसलले राम्रो सँग करायो, घरबेटी पनि करायो भनेर आक्रोश पोखेपछि साँहुको ध्यान किस्तामा भएपनि तलव दिने मनसायमा छन् ।
खुसीको दिन भएपनि मनमा एक प्रकारको चिन्ता रहेको छ । सदा जस्तै आज पनि आमाले विहानै फोन गर्नुहुनेछ, अनि भन्नुहुनेछ “खाना पाक्यो, खाना खायौ” म नहिच्किचाई जवाफ दिनेछु –“आज त साँहुले तलव दिदै छ, बाहिर खाने मन छ ।”
0 comments