लुम्बिनीका जिल्ला अदालतमा मुद्दा फछ्यौट लक्ष्य अनुरुप


lumbini
 लुम्बिनी अञ्चलका ६ जिल्लामा बार्षिक लक्ष्य अनुरुप मुद्दा पछ्र्याट हुने देखिएको छ । पुनारावेदन अदालत माताहातमा रहेको जिल्ला अदालतले चालु आ.व. मा लक्ष्य अनुरुप मुद्दा पछ्र्याट गर्ने अनुमान गरिएको छ ।
“अझै केही दिन बाँकी छ, बार्षिक योजना अनुसार मुद्दा पछ्यौट हुने देखियो” पुनरावेदन अदालत बुटवलका रजिष्ट्रार भीम कुमार श्रेष्ठले भने । उनका अनुसार गुल्मीमा लक्ष्य भन्दा बढि मुद्दा पछ्र्याट भएका छन् ।
चालु आ.व. को ११ महिनामा लुम्बिनी अञ्चलका ६ जिल्ला अदालतमा ८ हजार ३ सय ८६ मुद्दा लागत भएकोमा ५२ सय ५९ मुद्दा पछ्र्याट भइसकेका छन् । त्यस्तै बाँकी ३१ सय २६ मुद्दा रहेको उनले बताए । जस मध्ये दुई बर्ष नाघेका २१, १८ महिना नाघेका ४१ र १ बर्ष पुगेको २ सय १० मुद्दा रहेका छन् ।
लुम्बिनी अञ्चलका ६ जिल्ला मध्ये गुल्मीले चालु आवको ११ महिनामा नै लक्ष्य भन्दा बढि मुद्दा पछ्यौट गरेको छ ।
३ सय ५८ लगत भएकोमा २ सय ६० पछ्यौट भएका छन् भने ९८ मु्द्दा बाँकी छन् । त्यसतै १ बर्ष पुगेका ३ मुद्दा छन् । चालु आवमा ७० प्रतिशत मुद्दा पछ्र्याट हुनुपर्नेमा गुल्मीमा ७२ दशमलव ६२ प्रतिशत मुद्दा फछ्यौट भएका छन् ।
इसैगरी अर्घाखाँचीमा २ सय ७४ मुद्दा लगत मध्ये २ सय ५ पछ्यौट र ५९ मुद्दा बाँकी छन् । बार्षिक लक्ष्य ७५ प्रतिशत हुनुपर्नेमा ७४ दशमलव ८१ प्रतिशत मुद्दा फछ्यौट भएकाले अबको १ महिनामा अर्घाखाँचीमा पनि लक्ष्य अनुरुप मुद्दा फछ्र्याट हुनेछ ।
पाल्पामा ३ सय ९ मुद्दा लगत भएमो २ सय ३० फछ्यौट र ७८ मुद्दा फछ्यौट हुन बाँकी छन । १८ महिना नाघेको १ मुद्दा रहेको जिल्ला अदालत पाल्पाले ७५ प्रतिशत लक्ष्यमा ७४ दशमलव ४३ प्रतिशत मुद्दा फछ्यौट भइसकेका छन् ।
कपिलबस्तुमा १९ सय ५८ लगत मध्ये १३ सय २२ मुद्दा फछ्याट भएका छन् भने ६ सय ३६ मुद्दा बाँकी छन् । कपिलबस्तुमा दुई बर्ष नाघेका ३, १८ महिना नाघेका ४ र १ बर्ष पुगेका २४ मु्द्दा छन् । ७० प्रतिशत बार्षिक मुद्दा फछ्यौट हुनुपर्नेमा चाल आवको ११ महिनामा ६७ दशमलव ५१ प्रतिशत मुद्दा फछ्यौट भइसकेका छन् ।
नवलपरासीमा २४ सय ३८ मध्ये १५ सय ७६ मुद्दा फछ्यौट र ८ सय ६२ मुद्दा बाँकी छन् । २ बर्ष नाघेका ५, १८ महिना नाघेका ८ र १ बर्ष पुगेका ५९ मुद्दा छन् । ६० प्रतिशत लक्ष्य मध्यै जिल्ला अदालत नवलपरासीले ६४ दशमलव ६४ प्रतिशत मुद्दा फछ्र्याट गरेको छ । प्रतिशतले लक्ष्य भन्दा बढि देखिएपनि  दुई बर्ष नाघेका मुद्दा ५ मुद्दा भएकाले जिल्लाले यसलाई फछ्यौट गर्न सके मात्र लक्ष्य सम्म पुग्नेछ ।
त्यस्तै रुपन्देहीमा ३४ सय ७ लगत मध्ये १९ सय २६ मुद्दा फछ्यौट भएका छन् । १३ वटा मुद्दा दुई बर्ष नाघेका, २८ वटा मुद्दा १८ महिना नाघेका र १ सय २७ मुद्दा १ बर्ष पुगेका फछ्यौट हुन बाँकी छ । ६० प्रतिशत लक्ष्य हुनुपर्नेमा ११ महिनामा ५६ दशमलव ५३ प्रतिशत मुद्दा मात्र फछ्यौट भएका छन् ।
यसैबीच पुनरावेदन अदालत बुटवलले २७ सय १० मुद्दा लगत भएकोमा १७ सय ६७ मुद्दा  फछ्यौट गरेको छ । १८ महिना नाघेका २ सय १ बषै पुगेका ७ मुद्दा रहेका पुनरावेदन अदालत बुटवलले ६८ प्रतिशत लक्ष्य हुनपर्नेमा ११ महिनामा ६५ दशमलव २० प्रतिशत मुद्दा फछ्र्याट गरेको छ ।
मुद्दा लागत बढ्दो
पुनरावेदन अदालतमा बर्षेनी मुद्दा लगत बढ्दै गएको छ ।
आ.व. ०६८÷०६९ मा १६ सय ५३ मुद्दा लगत भएकोमा १२ सय ११ मुद्दा फछ्यौट भएका थिए भने ४ सय २२ मुद्दा बाँकी रहेका थिए । प्रतिशतका हिसावले ७३ दशमलव २६ प्रतिशत मुद्दा फछ्यौट भएका थिए । यसैगरी ०६९÷०७० मा २२ सय ६९ मुद्दा लगत भएकोमा १४ सय १४ मुद्दा फछ्यौट र ८ सय ५३ मुद्दा बाँकी रहेका थिए । सो आव.मा ६२ दशमलव ३७ प्रतिशत मुद्दा फछ्र्याट भएका थिए ।
त्यसतै ०७०÷०७१ म २३ सय ९२ जम्मा लगत मु्द्दा मध्ये १८ सय १५ मुद्दा फछुयौट भएको र ५ सय ७७ मुद्दा बाँकी रहेको थियो । सो आव.मा ७५ दशमलव ८७ प्रतिशत मुद्दा फछ्यौट भएको रजिष्ट्रार श्रेष्ठको भनाई छ ।
न्यायपालिकाको तेस्रो पञ्चबर्षिय रणनितिक योजना अन्र्तगत अहिले पुनरावेदन अदालत बुटवल एवं मातहतका जिल्ला अदालतहरुले बार्षिक कार्यान्वयन योजना अगाडि बढाइरहेका छन् ।
बर्षिक योजनाको तेस्रो चौमासिक समिक्षा कार्यक्रम समेत भइसकेको छ ।
बर्षेनी मुद्दा लगत सोचे भन्दाबढि भएको भन्दै रजिष्ट्रार श्रेष्ठले पञ्चबर्षिय योजनामा थप कार्यक्रमहरु अगाडि बढाइदै लगिएको बताए ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.