सिद्धबाबामा गएको सुख्खा पहिरोले २ जना प्रोफेसनल डा. को ज्यान लियो (फोटो फिचर)


cover photo बर्षा याममा अझ बढि जोखिम
बुटवल, असार २ ।
पाल्पाको दोभान गाविस स्थित सिद्धबाबा नजिकै बुधबार दिउसो गएको सुख्खा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
सुख्खा पहिरो सँगै माथी बाट खसेको ठुलो ढुंगाले जीप नै किच्दा २ जनाको ज्यान गएको हो । पहिरोले बुधबार दिउसो करिव पौने ४ बजे जीप किचेको थियो ।
जीप किचिदा पाल्पामा रहेको प्रवास मेडिकल कलेजका प्रोफेसर डा. यशोदा कोचर र उनका श्रीमान् डा. एसटीडी कोचरको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका डिएसपी दिलिप घिमिरले जानकारी दिए । यशोदा स्त्रीरोग विशेषज्ञ र एसटीडी आँखारोग विशेषज्ञ हुन् । दुवै भारतीय नागरिक हुन् ।
दुर्घटनामा रौतहटका छाला रोग विशेषज्ञ डा. जर्नेल मिकरानी  र सिन्धुलीका प्रेरित देवकोटा घाइते भएका हुन् ।
पाल्पादेखि बुटवबल आउँदै गरेको लु १ च २७० नं को जीव किच्दा उनीहरुको ज्यान गएको हो ।  जीपमा ४ जना सवार भएका थिए । चार जना मध्ये दुई जना घाईते भएका छन् ।
चुस्त भएन उद्धार
पहिरोले जीप किच्दा समेत प्रहरी, तथा स्थानियहरु रमिते बने । दिउसो पौन ४ बजेको समयमा पहिरो गएपनि सिमित संख्यामा पुगेको प्रहरीले केही बेर रेमिते बनिरह्यो । १ घण्टा पछि पुगेको सानो डोजरले ढुंगा हटाउने प्रयास गरेपनि सकेन ।
जिप भित्र दुई जनाको शव देखिएपनि उनीहरुलाई बाहिर ल्याउन प्रहरीले त्यस बखत सकेन । घटनाको २ घण्टा पछि क्रेन सहितको नेपाल आर्मीको टोली पुगेको थियो । क्रेन, नेपाल आर्मी र ठुलो डोजर पछि घटना भएको ४ घण्टापछि शव बाहिर ल्याइएको थियो ।
अझै जोखिम छ बर्षायाममा
बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पले सिद्धबाबालाई पनि खल्वलाएको छ । बर्षायाममा पानी परेपछि सिद्धबाबा क्षेत्र सँगै सिद्धार्थ राजमार्गले कतिको ज्यान लिने हो भन्न सकिने अवस्था छैन । सधै तल्लो सिद्धबाबाले दुःख दिने गरेकोमा अब माथीबाट खस्ने ढुंगाको डर बढि रहेको छ ।

तस्वीरहरुः विकाश पराजुली/ बुटवल

20 21 22 23 24 25 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.