आयोजक सोना रुपन्देही–११ लाई उपाधि


match foto 3- विकाश पराजुली
बुटवल, जेठ २५ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा बुटवलमा सम्पन्न १८ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी आयोजक सोना रुपन्देही ११ ले जितेको छ । बुटवल १३ देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको फाईनल प्रतिस्पर्धामा विभागिय टिम आर्मीलाई १–३ गोल अन्तरले हराउँदै आयोजक सोना रुपन्देही ११ ले उपाधि जितेको हो ।
खेलको सुरुवातीमा आर्मीका टंक बस्नेतले गोल गरेपनि त्यो जितका लागि प्रयाप्त भएन । ५ औं मिनेटमा आर्मीले अग्रता लिएको थियो । १ गोल घरेलु मैदानमा खाएको सोना रुपन्देहीले त्यसपछि आक्रमक रुपमा खेलमा फर्कियो । टंक बस्नेतको गोल पछि आयोजक सोना रुपन्देही ११ का सुजल श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई बराबरीमा ल्याए । आयोजको तर्फबाट गोल भएपछि दर्शकको हुटिङ सँगै खेल केही बेर तनाबपुर्ण भयो ।
एकपछि अर्को गर्दै पोष्ट आक्रमणलाई निरन्तरता दिएको आयोजक सोना रुपन्देही ११ का लागि अर्को गोल पुन सुजल श्रेष्ठ गर्दै टिमलाई २–१ म अघि बढाए । सोना रुपन्देही ११ का लागि अर्को गोल दिपक राईले गरे ।
प्रतियोगिताको विजेता आयोजक सोना रुपन्देही ११ ले ३ लाख ७५ हजार तथा उपविजेता विभागिय आर्मी क्लव ले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडिहरुलाई एक कार्यक्रमका बीच पुर्व खेलकुद मन्त्री एवं वर्तमान सिंचाई मन्त्री एनपी साउद पुरस्कार वितरण गरे ।
रुपन्देहीले नकआउट चरणमा कास्की ११ लाई र सेमिफाइनलमा पाहुना टोली दार्जिलिङलाई पाखा लगाउंदै फाइनलमा पुगेको थियो भने आर्मीले पहिलो खेलमा धरान फुटबल क्लब सुनसरीलाई र  सेमिफाइनलमा झापा ११ लाई  पाखा लगाउँंदै उपाधिको नजिक पुगेको थियो । १७ औं गोल्डकपमा जावलाखेल क्लव सँग हार बेहोरेको आर्मीले  १८ औं गोल्डकपमा आयोजक सोना रुपन्देही ११ सँग हार बेहोरेयो । 
रुपन्देहीले चौथो, पांचौ, छैठौ र चौधौं संस्करण को विजेता हो । यो विजेता सँगै रुपन्देही १८ औं संस्करणको विजेता बन्यो । २०३३ सालमा शुरु भएको तिलोत्तमा गोल्डकपको पहिलो विजेता सिद्धार्थ खेलकूद परिषद् रुपन्देही होे ।
क–कस्ले जितेका थिए तिलोत्तमा गोल्डकप  ?
२०३३ : सिद्धार्थ खेलकूद परिषद् रुपन्देही
२०३४: बम्बई फर्टिलाइजर, भारत
३०३५: महेन्द्र पुलिस क्लब
२०३९: कालिका स्पोर्टिङ क्लब, बुटवल
२०४०: कालिका स्पोर्टिङ क्लब बुटवल
२०४१: कालिका स्पोर्टिङ क्लब
२०४२: जनकपुर चुरोट कारखाना लि.
२०४३: शाही नेपाल वायु सेवा निगम
२०५१: महेन्द्र पुलिस क्लब
२०५२: महेन्द्र पुलिस क्लब
२०५३: महिन्द्रा एण्ड महिन्द्रा मुम्बई
२०५४: त्रिभुवन आर्मी क्लब
२०५५: महेन्द्र पुलिस क्लब
२०५८: फ्रेण्ड्स क्लब काठमाडौं
२०६५: त्रिभुवन आर्मी क्लब
२०६७ : जावलाखेल युथ क्लर्ब
२०७२: सोना रुपन्देही ११
 

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.