रुपन्देहीमा चिर्पट हानेर छोराद्वारा बावुको हत्या
- विकाश पराजुली
बुटवल, जेठ २६ । रुपन्देही जिल्लाको छिपागद गाविस वडा नं. ५ मा छोराले बावुलाई र्चिपट दाउराले हानेर हत्या गरेका छन् । विरमी बस्ने १८ बर्षीय अर्जुन चौधरीले बुवा ५० बर्षीय विजय चौधरीलाई दाउराले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी राजेन्द्र ढकालले जानकारी दिए ।
छोरा अर्जुनले सोमबार राती घरयासी झगडा हुँदा दाउराले टाउकोमा हानेको बुझिएको उनको भनाई छ ।
घटना पछि अर्जुनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले उनको ससुराल नवलपरासीबाट पक्राउ गरेको छ । उनलाई कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

0 comments