ग्यासमा भ्याटको थ्रेसहोल्ड बढाउन माग


gas- विकाश पराजुली
बुटवल, २३ जेठ । एलपी ग्यास विक्रेताहरुले अत्यावश्यकीय वस्तु ग्यासको कारोबारमा भ्याटको थ्रेसहोल्ड बढाउन माग गरेका छन् । दक्षिण एशियाली मुलुकहरुमा ग्यास जस्तो अत्यावश्यकीय वस्तुमा भ्याट नै नलाग्ने व्यवस्था रहेपनि नेपालमा अन्य वस्तुको सरह कर तिर्नुपरेको उनीहरुले गुनासो गरे । 
ग्यास विक्रेता संघ रुपन्देहीको पांचौं साधारणसभामा व्यवसायीहरुले भ्याटको थ्रेसहोल्ड नबढाउने हो भने ग्यासको कारोबारमा भ्याट नै खारेज गर्नुपर्र्र्ने तर्क गरे । 
ग्यास विक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष सहदेवमान श्रेष्ठले एलपी ग्यासमा भ्याटको थ्रेसहोल्ड २० लाखबाट बढाएर ४० लाख बनाउनुपर्ने माग गरे ।
‘दक्षिण एशियाली मुलुकहरुमा एलपी ग्यासमा राज्यले भ्याट नै लगाउंदैन’–उनले भने–‘१ करोडको कारोबार गर्दा १ लाख मात्र नाफा हुने ग्यासमा भ्याटको थ्रेसहोल्ड दोब्बर बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
उनले ग्यासको मुल्य ७ सय हुंदा कायम भएको कमिसन रकम मुलय दोब्बर हुंदा पनि उत्ति नै हुंदा व्यवजसायी मारमा परेको तर्क गरे । उपाध्यक्ष श्रेष्ठले जाडोयाममा २ महिना भारतको बरौली नाका सफाई गर्ने परिपाटीले नेपालमा ग्यासको अभाव हुने गरेको औंल्याउंदै उक्त नाका गर्मी मौसममा सफाई गर्ने व्यवस्थाका लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिए । 
संघका अध्यक्ष छविलाल गैरेले विभिन्न ग्यास उद्योगले फरक फरक मुल्य कायम गर्दा विक्रेतालाई समस्या हुने हुंदा मुल्यमा एकरुपता गर्नुपर्र्ने, अति संवेदनशील वस्तु भएकाले यसको प्रयोगलाई सुरक्षित बनाउन राज्यका निकायले उपभोक्तालाई चेतनामुलक अभियान चलाउनुपर्ने धारणा राखे । 
सो अवसरमा नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय डिपो भलबारीका प्रमुख दिनेश यादवले अबको केही समयपछि देशको कूल आपुर्तिको ६० प्रतिशत आपुर्ति भलबारी डिपोबाट हुने जानकारी गराए । 
उनले निगमले ग्यास उद्योगी,विक्रेता सबैसँग समन्वय गरेर आपुर्तिलाई सहज  र प्रभावकारी बनाई अभाव हुन नदिकाले वाणिज्य तथा आपुर्ति मन्त्रालयले भलबारी डिपोको स्तरोन्नती गरेको बताए । 
सो अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पिया, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल कसजू,बुटवल ग्यास उद्योगका संचालक भुपालकुमार श्रेष्ठ, सिद्धार्थ ग्यास उद्योगका शुशिल नेपाल,पञ्चमहालक्ष्मी ग्यास उद्योगका महेश पोखरेल, ग्यास विक्रेता संघ कपिलवस्तुका अध्यक्ष रामप्रसाद गैरे, शिवहरि अधिकारी, संघका कार्यवाहक महासचिव नारायण नेपाल, संघका मणिग्राम शाखा अध्यक्ष नयाँकान्त भण्डारी लगायतले आआफ्ना धारणा राखेका थिए ।  

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.