कालीगण्डकी तिनाउ डाइभर्सन प्राथमिकतामा : मन्त्री साउद
बुटवल, जेठ २६ । सिंचाई मन्त्री एनपी साउदले कालीगण्डकी तिनाउ डाइभर्सन परियोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सनका लागि एशियाली विकास बैंकबाट प्रारम्भिक सर्भे भैसकेको जानकारी गराउंदै मन्त्री एनपी साउदले आगामी वर्ष थप वजेट विनियोजन गरी विस्तृत सर्भे हुने बताए ।
प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री साउदले कालीगण्डकी तिनाउसँगै अन्य दुई नदी डाइभर्सन परियोजनालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । राजनीतिक प्रसंगमा मन्त्री साउदले सोमबार चार राजनीतिक शक्तिबीच ८ प्रदेश बनाउने भनी गरेको सहमतिबाट कोही पनि आत्तिनु नपर्ने बताए । नेपाली कांगैस र एमाले ६ वा ७ प्रदेशको पक्षमा भएपनि मुलुकलाई राजनीतिक निकास दिन र भूकम्पपछिको महाविपत्तिलााई मिलेर सामना गर्न सहमति गर्नुको विकल्प नभएकाले आफूहरू लचक भएको उनले दावी गरे ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री साउदले पार्टीको आगामी महाधिवेशनपछि सांगठानिक संरचना राज्यको पुनःसंरचना भए जसरी नै आमूल परिवर्तन हुने बताए । कार्यक्रम यूनियनका सभापति विक्रम खड्काको अध्यक्षता र सहसचिव झविन्द्र देवकोटाको संचालनमा भएको थियो ।
0 comments