स्थानीय चुनाव नगरेसम्म विकास हुन्न : मन्त्री ज्ञवाली
बुटवल, २७ जेठ । उर्जा मन्त्री राधा ज्ञवालीले स्थानिय निकायको निर्वाचन नहुदा सम्म विकास निर्माणका कामहरु हुन नसक्ने बताएकी छन् । मन्त्री ज्ञवालीले विकास निर्माणसंगैे नागरिकको काम छिटो छरितो गर्नको लागि स्थानीय निकायको निर्वाचन तत्काल हुनु पर्नेमा जोड दिइन् । स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नहुदा भूकम्प प्रभावितहरुलाई राहत पुर्याउन समेत कठिनाई भएको मन्त्री ज्ञवालीले बताइन् । देवदह नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्न बुधबार देवदहको भवानीपुरमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले खुल्ला दिशा मुक्त घोषणा गरेर मात्र नभै त्यसलाई कार्यान्वयन गर्न आम नागरिक लाग्नु पर्नेमा जोड दिइन् । केही बर्ष भित्र देशलाई लोडसेडिङ्ग मुक्त गर्न सरकार लागि परेको मन्त्री ज्ञवालीले बताइन् ।
रुपन्देहीको देवदह नगर क्षेत्रमा ७२ प्रतिशत अव्यवस्थित बसोवासी भएकोले बसोवासलाई व्यवस्थित गर्न आफुले पहल गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरिन् । मन्त्री ज्ञवालीले महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारमा अगाडी बढाउनु पर्नेमा जोड दिइन् । देवदह क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएकोले यहांको पर्यटन विकासमा आफुले सदैव सहयोग गर्ने उनले प्रतिवद्धता जनाइन् ।

0 comments