रुपन्देहीमा गहुँ उत्पादन २९ प्रतिशतले घट्यो
रुपन्देही, १७ जेठ । रुपन्देहीमा यस वर्ष गहुँ उत्पादन हवात्तै घटेको छ । पटक–पटक परेको हिउ“दे वर्षा र असिनाले गर्दा जिल्लामा गत वर्ष भन्दा यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको हो । जिल्ला कृषि विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा २९ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष एक लाख ६ हजार ७ सय ५० मेट्रिक टन उत्पादन भएकोमा अहिले घटेर ७५ हजार मेट्रिक टन मात्र उत्पादन भएको छ ।
कार्यालयका बाली विकास अधिकृत जयबहादुर महत्राले यस वर्ष हिउ“दे वर्षाले गहुँमा ठूलो क्षति पु¥याएकोले उत्पादन घटेको बताए । ‘गहुँ बालीलाई धेरै पानी आवश्यक पर्दैन ।’ महत्राले भने, ‘तर अहिले चार÷पा“च पटकसम्म हावाहुरी सहितको असिना पानीले गर्दा गहुँलाई क्षति पु¥याउ“दा उत्पादन घट्यो ।’ गहुँ उत्पादन घटेपछि किसानहरु चिन्तित छन् । जिल्लामा ३० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो । खासगरी गंगोलिया, सिक्टहन, पट्खौली, धकधई, देवदहलगायत क्षेत्रमा लगाइएको गहुँमा असिनाले बढी क्षति पु¥याएको छ ।
अनुकुल मौषममा जिल्लामा एक लाख आठ हजार मेट्रिक टनसम्म उत्पादन हु“दै आएको छ । राष्ट्रिय बीउ विजन कम्पनीको सिफारिसमा जिल्लाका किसानहरुले विशेÈगरी विजय, आदित्य, गौतम, भृकुटी, एल ३०, एनएल– २९७, एनएल १०७३ र सिद्धार्थ लगायतका गहुँ लगाएका थिए । रुपन्देही गहुँ उत्पादनमा तराईका २२ जिल्ला मध्ये ५औं स्थानमा पर्ने बताइन्छ । जिल्लामा उत्पादित गहुँ मध्ये ८० प्रतिशत जिल्लामा खपत हुने र बा“की २० प्रतिशत अन्य बाहिरी जिल्लामा निर्यात हु“दै आएको थियो ।
जिल्लाको कृषि उत्पादन हुने ८२ हजार ६ सय २२ हजार हेक्टर क्षेत्रफल मध्ये करिब ४० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरे पनि अन्य १० हजार हेक्टर क्षेत्रमा किसानहरुले तोरी, तरकारी, र मकै लगाउने गरेका छन् । यसवर्È कृषि विकास कार्यालयले किसानहरुलाई अनुदानमा उन्नत जातको गहुँको बीउ समेत वितरण गरेको थियो ।
जिल्ला कृषि विकास कार्यालका प्रमुख कृष्णभद्र अधिकारीले गहुँ खेतीका लागि २० हजार हेक्टर क्षेत्रफलमा मात्र सिंचाई सुविधा रहेको बताए । उनले अन्य क्षेत्रमा आकाशे भर (रेन फिड) को भरमा खेती गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । शुरुको समयमा मौषम राम्रो थियो तर का“टने बेलामा मौषम प्रतिकूल बन्यो अधिकारीले भने ।
खासगरी मानपकडी, मानमटेरिया, मर्चवार, लुम्बिनी, धककई, तिलोत्तमा नगरपालिका लगायका स्थानलाई जिल्लाको गहुँ उत्पादनको पकेट क्षेत्रका रुपमा लिइन्छ । गहुँ नेपालीको तेस्रो मुख्य खाद्य बाली हो । विगतका वर्षमा कृषि कार्यालयको सिफारिस गरेका उन्नत जातका गहुँ लगाउन थालेपछि जिल्लामा गहुँ उत्पादनमा वृद्धि हु“दै गए पनि यस वर्ष भने घटेको छ । अहिले किसानहरुले गहुँ खेती भित्राइ सकेका छन् ।
गहुँ खेती विभिन्न हावापानीमा गर्ने गरिन्छ । तराईको तीन सय मिटर समतल भू–भागदेखि पहाडको तीन हजार मिटर उचाइसम्म यसको खेती राम्रो हुने कृषि विज्ञहरुको भनाइ छ । यसको खेती सबै प्रकारको माटोहरुमा हुने गरे पनि दोमटमाटो सबै भन्दा रामो मानिन्छ । किनभने यस्तो माटोमा चिस्यान अड्याई राख्ने गुण हुन्छ, तर अन्य चिम्टाइलो माटोहरुमा त्यस्तो गुण हु“दैन । आफ्नै मनोमानीले बढी मात्रामा रासायनिक मल प्रयोग गर्ने गरे केही वर्È उत्पादन राम्रो देखिए पनि पछि उत्पादन घट्दै जाने र जमिनको माटो पनि बिग्रने भएकोले रसायनिक मलको प्रयोग कम गनुपर्ने महत्राको भनाइ छ ।
0 comments