भूकम्प पीडितका लागि दस हजार क्युफिट काठ उपलब्ध
- विकाश पराजुली
बुटवल, जेठ १६ । महाभूकम्पबाट ध्वस्त भएका संरचना पुनर्निर्माणको लागि जिल्ला वन कार्यालय रुपन्देहीले १० हजार क्युविक फिट काठ उपलब्ध गराउन सक्ने बताएको छ । वन मन्त्रालयले देशभर संकलन गरेको तथ्याङ्कमा जिल्ला वन कार्यालय रुपन्देहीले १० हजार क्युविक फिट सालको काठ भूकम्प पीडितलाई निःशुल्क उपलब्ध गराउन सक्ने जनाएको हो ।
जिल्ला वन अधिकृत इन्द्रबहादुर पछाईले भूकम्प पीडितका घर टहरा निर्माणको लागि आवश्यक परेमा रुपन्देहीबाट १० लाख रुपैया“ मूल्य बराबरको काठ पठाउन सकिने बताए । केही दिन अगाडि वन तथा भू–संरक्षण मन्त्रालयले देशभरका ७५ वटै जिल्लामा कति काठ सञ्चित छ भनेर सबै वन कार्यालयलाई पत्र पठाएको थियो । यस वर्ष जिल्लाका साझेदारी वनमा करिब ३० हजार क्युपिवक काठ काटि“दै छ, पछाईले भने, ‘त्यसमध्ये १० हजार क्युविक काठ भूकम्पबाट अति प्रभावित जिल्लाको लागि केन्द्रले मागेमा पठाउन सकिन्छ ।’
अहिले ए ग्रेडको एक क्युफिट काठको मूल्य ८ सय १५, बि ग्रेड को ५ सय र सि ग्रेडको ३ सय रुपैया“ बजार दर पर्ने गर्छ । रुपन्देहीको साझेदारी वनबाट यस वर्ष ३० हजार क्युफिट काठ काटि“ने छन् । जसमध्ये १५ हजार क्युफिट काठ साझेदारी समूहलाई, पा“च हजार जिल्ला वन पैदावार आपूर्ति समूहलाई र १० हजार क्युफिट वन कार्यालयलाई उपलब्ध हुने बताइएको छ । रुपन्देहीमा वैज्ञानिक वन व्यवस्थापन अभियान पनि सञ्चालन भएकोले सामुदायिक वनहरूले पनि भूकम्प पीडितलाई आवश्यक पर्ने काठ अनुदान स्वरुप उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ । वैज्ञानिक वन व्यवस्थापनको लागि यस वर्ष जिल्लामा करिब ४ हजार रुख काटि“दै छन् ।
रुपन्देहीका सहायक वन अधिकृत गिरीराज पन्तले वन कार्यालयसँग स्टक काठ नभए पनि कटान भइरहेका काठ पीडितलाई पठाउन सकिने बताए । केही हप्ता अगाडि पुनर्निर्माणको लागि आवश्यक पर्ने भन्दै वन विभागले वन कार्यालयलाई जिल्लामा रहेका काठ दाउरा लिलाम बिक्रीको लागि रोक लगाउन पत्र पठाएको थियो । यतिबेला मुलुकका तीन दर्जनभन्दा बढी जिल्लामा विशेÈगरी गरिब जनताका चार लाख भन्दा बढी घर क्षतिग्रस्त भएकाले पुनर्निर्माणका लागि करिब दुई करोड क्युविक फिट काठ आवश्यक पर्ने वन कार्यालयको अनुमान छ । सरकारले नै भूकम्प प्रतिरोधात्मक र सुरÔित घर निर्माण गरी हस्तान्तरण गर्ने हो, जे गरे पनि तत्कालीन र दीर्घकालीन निर्माण कार्यको वर्गीकरण गरी अस्थायी घर–टहरा वर्षा शुरु हुनु अघि नै युद्धस्तरमा कार्यान्वयन गर्न बा“स नीति लगायतका सरल कार्यविधि निर्माण गर्नेतर्फ शीघ्र र जनमुखी निर्णय लिनु नै समयको माग हो ।
यसैबीच वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनहरूले भत्किएका घर पुनर्निर्माण गर्न मात्र सवा २ करोड क्युफिट काठ आवश्यक पर्ने बताइएको छ । यसको बजार मूल्य १ खर्ब १५ अर्बभन्दा बढी पर्नेछ । गृह मन्त्रालयका अनुसार भूकम्पले चार लाख ६२ हजार ६ सय ५३ घर पूर्ण तथा आंशिक रुपमा भत्किएका छन् । नेपाली बजारमा सालको काठको मूल्य प्रति क्युविक फिट पा“च हजार रुपैया“ माथि रहेको छ ।
भूकम्पले क्षति पुर्याएको एउटा घर निर्माणका लागि कम्तीमा ५० क्युविक काठ आवश्यक पर्ने नेपाल वन प्राविधिक संघले जनाएको छ । संघले भने नागरिकका भत्किएका घरको निर्माणका लागि करिब तीन करोड क्युविक फिट काठ आवश्यक पर्ने तथ्यांक सार्वजनिक गरेको छ । यो निजी घरहरू निर्माणका लागि हो । सार्वजनिक तथा पुरातात्विक भवन निर्माणका लागि चाहिने काठका विषयमा भने अध्ययन भइरहेको संघका महासचिव विष्णुप्रसाद आचार्यले बताए ।
0 comments