यस्तो छ बुटवलको लाइसेन्स कार्यालयको अवस्था
- विकाश पराजुली
बुटवल, २९ बैशाख । पक्की भवन, त्यो पनि चार तलाको । बाहिर रंगले सजाइएको छ, सेवाग्राहीको चापले कार्यालय परिसर गुञ्जायमान छ । कार्यालय परिसरमा नै खुलेका फोटो कपी सेन्टर र नास्ता पसलमा सेवाग्राही झुम्म देखिन्छन् । भवनको पहिलो तलामा कर्मचारीहरू मरि मेटेर काममा व्यस्त छन् । उनीहरूलाई कसैसँग बोल्न पनि फुर्सद छैन ।
चार तलाको भवनको सवैभन्दा माथि एउटा कार्यालय छ । जहाँ एक घुम्ने कुर्ची छ भने दुई वटा राता सामान्य कुर्ची छन् । त्यहीं बसेकी हुन्छिन् सवारी चालक अनुमति पत्र (लाईसेन्स) कार्यालय बुटवलकी निमित्त कार्यालय प्रमुख उर्मिला गुवाजु ।
भवन पक्की र रहरलाग्दो भएपनि सामान्य भौतिक पूर्वाधार झेल्न यति बेला बाध्य भएको छ, सवारी चालक अनुमति पत्र बुटवलको कार्यालय । त्यहाँे प्रयाप्त कुर्ची छैनन् भने अन्य कामका लागि आवश्यक दरबन्दी पनि परिपूर्ति छैन् ।
“बस्नुस् न” कुर्ची देखाउँदै निमित्त प्रमुख उर्मिलाले भनिन् । त्यति भनुन्जेल अर्को व्यक्ति कुर्चीमा बसिसकेको थियो । उनले थपिन, “बस्नलाई कुर्ची पनि छैन् यतै बस्नुस न ।”
सामान्य भौतिक सामाग्रीहरूबाट गुजारा चलाइरहेको सवारी चालक अनुमति पत्रको कार्यालयमा अहिले कर्मचारी सवैलाई भ्याई नभ्याई छ । लामो समयको प्रयासपछि दुई पांग्रे सवारीको चालक अनुमति पत्रको आवेदन खुलेपछि अहिले कार्यालय सीमित भौतिक सामग्रँीको अभावमा कामहरू गर्न बाध्य भएको छ ।
सवारी चालक अनुमति पत्र कार्यालय बुटवलका शाखा अधिकृत झविलाल भट्टराई भन्छन्, “जुन अनुपातमा सुविधा छ, त्यो अनुपातमा काम सयौ गुणा बढी छ । कार्य क्षेत्रमा खटिन सवारीकै कमी छ, कम्प्युटर पनि पर्याप्त छैनन् यस्तोमा कति काम हुन्छ तपाई आफै अनुमान लगाउनुहोस् ।”
दरबन्दी अनुसार काम नहुँदा अहिले कार्य सम्पादनमा कठिनाई भएको उनी बताउँछन् । “काजमा खटिएका कर्मचारी कति बेला जान्छन् थाहा हुँदैन, पछि झन् समस्या पर्छ” उनले भने, “प्राविधिक, ईन्जिनियर, कार्यालय प्रमुख, कार्यालय सहयोगि कोही पनि छैनन् ।”
दरबन्दी अनुसार काम नहुँदा अहिले कार्य सम्पादनमा कठिनाई भएको उनी बताउँछन् । “काजमा खटिएका कर्मचारी कति बेला जान्छन् थाहा हुँदैन, पछि झन् समस्या पर्छ” उनले भने, “प्राविधिक, ईन्जिनियर, कार्यालय प्रमुख, कार्यालय सहयोगि कोही पनि छैनन् ।”
लामो समयपछि लाईसेन्स आवेदन खुलेपछि अहिले कार्यालयमा थामी नसक्नु भिड बढे पनि सीमित साधनका बाबजुद कार्य भइरहेको उनले बताए । फागुन २९ गते देखि ०७२ बैशाख ६ गते सम्म खुलाईएको टोकन वितरणमा कार्यालयबाट १९ हजार ६१ टोकन वितरण भएका उनको भनाई छ । अहिले कार्यालयले पहिलोमा २८ सय ८४ फाराम दर्ता गरी त्यसको नतिजा समेत निकाली लाईसेन्स विरतण गरेको छ । १२ सय ४६ जना लिखितमा आएपनि जम्मा ६ सय १५ जनाले पहिलो चरणमा लाईसेन्स प्राप्त गरेको उनले बताए ।
अब दोस्रो चरणमा बैशाख ३० र ३१ गते ३६ सय सम्मको फाराम दर्ता गरिने छ । यसै अनुपातमा असोज १२ गते सम्म १९ हजार ६१ टोकन वितरण पछि फाराम दर्ता गर्नेको नतिजा निकाल्न समय लाग्ने उनको भनाई छ ।
सिसिटिभीको काम प्रहरीले
ट्रायल परीक्षा हुने स्थानमा सिसिटिभी क्यामरा जडान गरिनुपर्ने भए पनि सुरक्षाको कारण देखाउँदै सिसिटिभी जडान हुन सकेको छैन । ट्रायल हुने स्थान बुटवलको देवीनगरमा सिसिटिभी क्यामरा जडान गर्दा त्यसको सुरक्षा नहुने भन्दै सिसिटिभीको काम ट्राफिक प्रहरी र यातायातका कर्मचारीहरूले गर्दै आएका छन् । लुम्बिनी ड्राईभिङ स्कुल संघले बुटवल उपमहानगरपालिकासँग बार्षिक रुपमा लिजमा लिई अहिले सो स्थानमा ट्रायल सञ्चालन भइरहेको छ । “चोरीने डर र कम्पाउण्ड पनि नहुँदा सिसिटिभी जडान गर्न सकिएको छैन्, कार्यालकी निमित्त प्रमुख उर्भिला गुवाजुले भनिन् ।”
३० बर्षभन्दा माथिकालाई ट्रायल कटाउन ग्राह्रो
तीनवटा डण्डी छलाएर लिईने परीक्षालाई परिमार्जन गर्दै अंग्रेजी आठ आकारमा ट्रायल सञ्चालन भएपछि बढी मात्रामा यसको मर्का ३० बर्ष भन्दा माथिकालाई परेको उनीहरूले गुनासो गरेका छन् ।
कार्यालयको रेकर्ड अनुसार पनि ३० बर्षसम्मका युवाहरूले अलि सजिलै कटाए पनि त्यसभन्दा माथिल्लो उमेर समूहका लागि अलि ग्राहो देखिएको देखाएको छ । कार्यालयले निकालेको पछिल्लो तथ्याङकमा ३० भन्दा मुनिका करिव ७५ प्रतिशतले ट्रायल पास गरेका छन् ।
0 comments