बस व्यवसायी सिण्डिकेटको यस्तो दादागिरी


e-rikshaw1- विकाश पराजुली
बुटवल, जेठ १ । पश्चिम नेपाल बस व्यवसायी संघको “दादागिरी” कै कारण लुम्बिनी अञ्चलमा पर्यावरणमैत्री विद्युतीय रिक्सा (ई–रिक्सा) दर्ता प्रक्रिया रोकिएको छ ।
पश्चिम नेपाल बस समितिले यातायात कार्यालयलाई ई–रिक्सा दर्ता नगर्नु भनी पत्राचार गरकै कारण ई–रिक्सा दर्ता प्रक्रिया अबरुद्ध भएको लुम्बिनी ई–रिक्सा यातायात व्यवसायिक संघ रुपन्देहीका अध्यक्ष केशवराज रानाले बताए ।
यातायात व्यवस्थ विभागबाट दर्ता गर्नु भनी आएको निर्देशनलाई समेत यातायात व्यवस्था कार्यालय लुम्बिनीले वेवास्ता गर्नुमा निन्दनीय भएको उनको भनाई छ ।
कानुनी दायरा र प्रक्रिया सवै पुर्याए पनि पश्चिम नेपाल बस व्यवसायी समितिले यातायात व्यवस्था विभागमै पुगि प्राविधिक जाँच नभएका तथा उद्देश्य रहित रहेको भन्दै सञ्चालन अनुमति नदिन सहयोग गर्दै पत्रचार गर्नु अलोकतान्त्रिक भएको उनले बताए । 
“हामीले सवै प्रशासनिक निकायहरूलाई गुहार्दा पनि न्याय पाएनौ, हामीले अब अदालको ढोका ढकढक्याउन बाध्य भएका छौ” उनले शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा भने, “आईतबार पुनारवेदन अदालतमा मुद्धा दायर गर्ने छौ ।”
“यातायात व्यवस्था विभाग बाट पश्चिम नेपाल बस व्यवसायी संघ लगाएत केही वस व्यवसायी समिति र ई–रिक्सा समितिको बीचको विवादका कारण ई–रिक्सा दर्ता गर्न आनकान भएको उल्लेख भएपनि त्यस्तो विवाद भने केही नभएको” अध्यक्ष केशवराज रानाद्वारा जारी हस्ताक्षर विज्ञप्तीमा भनिएको छ ।
दर्ता हुन नसक्ने अप्रष्ट जवाफ यातायातले दिएको भन्दै के कारण र कति कति कारणले दर्ता नहुने हो सो को ड्राफ् दिन समेत उनले माग गरे । “विवाद भनेर उहाँहरू पन्छिने काम गर्नु हुँदैन” उनले भने, “दर्ता हुँदैन भने के कारणले हुँदैन प्रष्ट जवाफ दिनुपर्छ ।”
ई–रिक्सा दर्ता प्रक्रिया रोक्न बुटवल उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालय लुम्बिनी पश्चिम नेपाल बस व्यवसायी समिति संघ विकेको समेत उनले आरोप लगाए ।
राज्यले तोकेको करको दायरा भित्र रहि प्रज्ञापन पत्र खोलेर भित्रिएका ई–रिक्सा गरिव, निमुखा र बेरोजगार मजदुरहरूले खरिद गरेको भएपनि दर्ता नहुँदा मजदुरहरू समस्यामा परेको समेत विज्ञप्तीमा जनाइएको छ ।
यातायात व्यवस्था कार्यालय बागमती र नारायणी बाट सरुवा सहमति लिएर ई–रिक्सा दर्ताका निम्ति यातायात व्यवस्था कार्यालय लुम्बिनी लिइएको हो ।
यातायात व्यवस्था विभागको मिति ०७२÷१÷२९ गतेको च.न. ५९२४ को पत्र अनुसार रिक्सा दर्ता तथा सञ्चालन गर्ने व्यवस्था मिलाउन भन्दै पत्रचार गरेको छ । विभागले पत्र पठाए लगत्तै पश्चिम नेपालका केही व्यक्तिहरू रातारात काठमाडौ विभागमा पुगि सञ्चालन अनुमति रोकेको ई–रिक्सा व्यवसायीहरूले बताएका छन् । 
पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेको च.न. २०८७ पत्रमा यातायात व्यवस्थापन समिति लुम्बिनी अञ्चललाई ठाडो आदेश दिदै सञ्चालन रोक्न पत्र गरेको छ ।
पत्रमा भनिएको छ–“परिक्षण विना रिक्सा सञ्चालन गर्दा दुर्घटना भएकाले र बढि भिडभाड क्षेत्रमा सो रिक्सा सञ्चालनमा जटिलता थपिने भनी बागमति र गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता गरी सञ्चालन  अनुमति नदिएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८२ तथा ऐ दफा २ को क ले समेत यस्ता साधन लुम्बिनी विकास कोषका परियोजना लागु गरिएको क्षेत्रमा दर्ता एवं सञ्चालन अनुमति नदिई सहयोगका लागि अनुरोध छ” पत्रमा भनिएको छ ।
दुर्घटनलाई जोड दिदै दर्ता प्रक्रियानै रोकेको भन्दै संघले पश्चिम नेपालका बसहरू पनि दुर्घटना हुने गरेको बताएको छ ।“दुर्घटना गर्छु भनेर गरिने हैन् त्यो उहाँहरूले पनि बुझ्ने कुरा हो ।” संघका अध्यक्ष रानाले भने–“उहाँहरूले बसहरू दुर्घटना हुँदैन भन्ने आधार के ?”
अहिले लुम्बिनीको समथर भुभागमा चल्ने भन्दै संघले करिव ३ सय ई–रिक्सा खरिद गरिसकेको छ । एउटा ई–रिक्साको मुल्य ३ लाख १५ हजार बढि पर्ने गर्दछ ।
व्याट्रि बाट चल्ने भएकाले यस रिक्सा चलाउदा सि बर्गको लाईसेन्स हुनुपर्ने यातायात व्यवस्था नियामवलीमा उल्लेख छ । ई–रिक्सामा यात्रु विमा पनि रहेको छ ।
…….
प्रेस वक्तव्य पढ्दा पढ्दै किन भक्कानिए अध्यक्ष राना ?
शुक्रबार बुटवलको एक होटलमा पत्रकार सम्मेलन आयोजना ग¥यो लुम्बिनी यातायात व्यवसायिक संघले । निर्धारित समय भन्दा करिव २५ मिनेट ढिला गरी सुरु भएको कार्यक्रम सञ्चालन गरे महा सचिव प्रेम थापामगरले । अध्यक्षताको आशणग्रहण गराएपछि प्रेस बक्तव्य पढ्न तयार भए संघका अध्यक्ष केशवरराज राना ।

कालो टोपी, चस्मा लगाएका राना करिव ४ मिनेट सम्म प्रेस बक्तव्य पढे । जव उनी साहु महाजन र बैंकको व्याज तिर्न नसकेका मजदुर भन्दै थिए उनी एकाएक भक्कानिए । साहु महाजन र बैंकको व्याज तिर्न नसकेका मजुर तथा व्यवसायीहरूको पक्षमा सम्मानित अदालतले फैसल ागर्ने छ भन्दै गर्दा उनी बोल्न नसक्ने गरी केही बेर रोकिए । सामान्य हल्ला भएको प्रेस कन्फे्रन्स हल पनि सुनसान भयो । उनी पुनः बक्तव्य भक्कानिदै पढे । प्रेस बक्तव्य बाचन गरेपछि दुई पटक आँखा पुच्छदै पानी खाए ।
कानुनी बाटो पुरा गरेपनि पश्चिम नेपालको दादागिरीकै कारण दर्ता हुन  नसकेपछि पिडा बोझ भएर उनी भक्कानिएको अनुमान गर्न पत्रकारहरूलाई ग्राहो थिएन ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.