थुनिएको कालिगण्डकीबाट पानी बग्न थाल्यो
स्थानीयहरू अझै त्रसित, रिडी रुद्राबेनी सड्क बन्द
- विकाश पराजुली
बुटवल, जेठ १० । मध्यरातीमा झरेको पहिरोले थुनिएको कालीगण्डकी नदीबाट पानी बग्न थालेको छ । म्याग्दीको बैसरीमा काफल डाँडाबाट झरेको पहिरोले कालीगण्डकी नदी थुनिएर बनेको तलाउबाट नदी थुनिएको १५ घण्टापछि पानी बग्न थालेको हो ।
पानीले विस्तारै आफ्नो बाटो हुँदै बगेको घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक हिरा गिरीले टेलिफोनमा जानकारी दिए । “नदी विस्तारै बग्न थालेको छ, स्थानियहरू सुरक्षित स्थानमा छन्” उनले टेलिफोनमा भने, “पानीको सतह पनि विस्तारै कम हुँदै गएको छ ।”
कालीगण्डकी नदी थुनिदाँ एक सय मिटर गहिरो र तीन किलोमिटर टाढासम्म तलाउ बनेको उनले बताए । करिब पाँच सय मिटर माथिबाट खसेको पहिरोले भगवती गाविस २ र राम्चे ९ मा २६ घर पुरीएका छन् ।
गुल्मीमा त्रास, रिडी रुद्राबेनी सड्क बन्द
शनिवार रातिबाट म्याग्दीको भगवती गाविस, २ बैसरीमा कालीगण्डकी नदी थुनिँदा गुल्मी जिल्लाका नदी किनारमा रहेका बस्तीहरूका मानीहरू त्रसित बनेका छन । गुल्मी जिल्लाको पुर्तिघाट, हर्मिचौर, अर्वेनी, ठूलोलुम्पेक, अश्लेवा, भुर्तुङ्ग, रुद्राबेनी र रिडी लगायतका स्थानका बासीन्दाहरू त्रासित बनेका हुन । ती गाबिसका नदी बिनारमा रहेका बस्तीलाई बिहानै देखि सचेत गराउदै सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नयाव उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।
पहिरोले थुनिएको कालीगण्डकी नदीले कुनैपनीबेला फुटन सक्ने हुनाले प्रहरीले नदी किनारदेखि ५ सय मिटरमा पर्ने बस्तीलाई सुरक्षित स्थानमा सारिएको प्रहरी प्रमुख श्रेष्ठले बताए ।
कालीगण्डकी नदीको किनारमा जिल्लाको क्षेत्र नं. १ को पुर्तिघाट बजार रहेको छ । स्थानियले नदी छेउछाउमा रहेका पुर्तिघाट बजार बन्द गरेका छन भने गुल्मीको प्रबेशद्धारको रुपमा रहेको रिडी बजारको पनी नदी छेउछाउका बस्ती सुरक्षित स्थानका सारिएको छ भने रिडीबाट गुल्मी क्षेत्र नं. १ र २ का बिभिन्न ठाउँमा जाने सवारीका साधनहरू पनि बन्द गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताए ।
नदी थुनियर पानीको भाव बिस्तारै बगन थालेसगै उच्च जोखिम रहेको भन्दै उद्धारको लागी जिल्लाका नदी छेउछाउमा पर्ने बस्तीहरूमा नेपाल प्रहरी त्यस स्थान तर्फ लागेको प्रहरी प्रमुख श्रेष्ठले बताए । नदी थुनिँदा पाल्पा जिल्लाका एक दर्जन गाविसहरू पनि जोखिममा रहेका छन ।
0 comments