‘ए’ लेभल शिक्षाप्रति मोफसलको मोह बढ्दै


a-level- विकाश पराजुली
बुटवल, ५ जेठ । तिलोत्तमा नगरपालिका ३ स्थित बुटवल पव्लिक स्कुलले सञ्चालनमा ल्याएको ए लेभल कोर्स पढाईमा विद्यार्थीहरूको आर्कषण बढ्दै गएको छ । आईएसओ ९००१/२००८ प्रमाणित विद्यालयले रुपन्देहीमा पहिलो पटक ए लेभलको कोर्स अध्यापन सुरु गरेको हो । ए लेभल कोर्स  विद्यालयले सञ्चालन गरेपनि ए लेभल कोर्सको नतिजा भने अपेक्षाकृत हुन सकिरहेको छैन । राजधानीमा सञ्चालनमा आएका ए लेभल कलेजहरू सँगको तुलनामा मोफसलमा रहेका ए लेभल कलेजहरूको नतिजा अपेक्षाकृत हुन नसकेको हो । तर मोफसलमा रहेका कलेजले अहिले प्राप्त गरेको नतिजालाई नराम्रो भन्ने भने मिल्दैन । 
लुम्बिनी अञ्चलमा एक मात्र ए लेभल अध्यापन  बुटवल पव्लिक ए लेभल कलेजले गराउदै आएको छ ।
“विद्यार्थीको उपस्थित राम्रो छ, त्यस प्रकारको नतिजा पनि छ” बुटवल पव्लिक ए लेभल कलेजका अध्यक्ष हेमलाल शर्माले भने ।
 ए लेभल सञ्चालन गर्दा अपेक्षा अनुसार विद्यार्थीको सहभागि रहेको र यो क्रमशः बढ्दो अवस्थामा रहेको अध्यक्ष शर्माले जानकारी दिए ।
“बाहिर सुनिएजस्तो नतिजामा चित्त दुखाउनुपर्ने छैन” उनले भने–“ जति प्राप्त नजिता छ, त्यो मोफसलमा ठिक छ ।”
बुटवल पव्लिकमा अध्ययानरत २०१४ मा साईन्समा भर्ना भएका २ जनामध्ये एक जनाले मात्र ए ग्रेड हात पारेको विद्यालयले जनाएको छ । त्यस्तै कर्मशतर्फ ७ जना मध्ये कुनै पनि विद्यार्थीले ए ग्रेड ल्याउन नसकेको बताइएको छ । अन्य ७ जना विद्यार्थी वि, सि र डि ग्रेडमा उत्तीर्ण भएको अध्यक्ष शर्माले बताए । ए लेवलको कोर्सको नतिजालाई ग्रेडिङ भन्ने गरिन्छ । ए, वि, सि, डि, ई र यु ए लेवलका ग्रेडिङ हुन । १ सय ६० देशमा एकै पटक हुने परीक्षामा बुटवल पव्लिकले एक जना विद्यार्थीलाई एक ग्रेडमा उत्तीर्ण गराउनु पनि धेरै राम्रो भएको उनले बताए । ए ग्रेडमा उत्तिर्ण हुने विद्यार्थीको संख्या जम्मा १० प्रतिशत हुने गर्दछ ।
“ए ग्रडिङ धेरै विद्यार्थीहरूको नआएपनि नतिजा सुधारउन्मुख छ, उनले भने, “भर्खर जन्मेको बच्चालाई म्याराथुन दौडिएको सम्झेर कहाँ हुन्छ ।”
विश्वभर नै परिणाममुखी शैक्षिक प्रणाली मानिएको ए लेभलले नेपालमा पनि पछिल्लो समय क्रमश चर्चा कमाउन थालेको छ । काठमाडौ, पोखरा लगाएतका शहरहरूमा पढाईने यस्तो कोर्स विस्तारै राजधानी बाहिर पनि अध्यायन हुन थालेको छ । जसले ए लेभल पढ्ने विद्यार्थीहरू पढ्नकै लागि टाढा जानुपर्ने बाध्यता पनि हटेको छ ।
‘ए’ लेभल बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको विश्व प्रसिद्ध शैक्षिक कार्यक्रम हो ।  क्याम्ब्रिज इण्टरनेशनल एक्जामिनेशन (सीआईईई) बोर्डका थुप्रै अन्तर्राष्ट्रिय स्तरका योग्यता मध्ये ‘ए’ लेभल गोल्ड स्ट्याण्डर्डको योग्यता हो । यो क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेशन (जीसीई) अन्तर्गतको शैक्षिक कार्यक्रम हो । 
के हो ए लेभल ?
विश्वमै प्रसिद्ध बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जीसीई) कार्यक्रम अन्तर्गत सञ्चालन हुने एक शैक्षिक कार्यक्रम हो ए लेभल । यसलाई नेपालको शिक्षा सँग तुलना गरियो भने दश जोड दुई सरह मान्न सकिन्छ । जसरी दश जोड दुईको कोर्स २ बर्षकोे हुन्छ, ए लेभलको पनि त्यहिनै हो । ११ कक्षालाई एएस र १२ कक्षालाई ए–२ भनिन्छ । यी दुवै कोर्स सकिएपछि विद्यार्थीको ए लेभल सकिन्छ ।
ए लेभलका विशेषता
ए लेभलको राम्रो भनेको यसमा ६० वटा विषय मध्ये विद्यार्थीले आफ्नो रुची, देशको अवस्था सुहाउदो हुने गरि छानेर पढ्न पाउछन् । यसको पाठ्यक्रम, शिक्षा प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली आदि सवै क्याम्ब्रिज विश्वविद्यालयले तय गर्दछ । 
विद्यार्थीले ६० विषय मध्ये कुनै चारवटा विषयमा परीक्षा  उत्तिर्ण गरेपछि ए लेभल पूरा गरेको मानिन्छ । परीक्षा बर्षमा दुई पटक हुने गर्दछ । मे र जुनमा परीक्षा हुन्छ भने अक्टोवर र नोभेम्बरमा परीक्षा हुने गर्दछ ।
ए लेभलले के गर्छ ?
 ए लेभल पढेका विद्यार्थीहरूले बेलायत, अमेरिका, क्यानाडा र युरोपका सबै मुलुकका विश्व विद्यालयको ४ बर्षे कोर्समा ३ बर्ष मात्र पढे पुग्छ ।
ए लेभलले विद्यार्र्थीलार्ई आत्मविश्वासी बनाउछ र जिम्मेवारी बहन गर्न सिकाउछ । यसले विद्यार्थीलाई परिवर्तनशील बन्न सिकाउनेमात्र होइन बौद्धिक र तार्किक क्षमताको विकाश गर्छ । किनकी यसको शैक्षिक प्रणाली नै व्यवहारिक र विश्व प्रसिद्ध छ । ए लेभल सकेपछि विद्यार्थीहरूले आफ्नो विषयत अध्ययनका आधारमा चिकित्शा शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी जुनसुकै विषयमा पनि अध्ययन गर्न विश्वका जुनसुकै विश्वविद्यालयमा पाउछन् । नेपालमा ए लेभेल पढेपछि इन्जिनियर पढ्न पाइदैन भन्ने भ्रम पनि कतिपयमा छ, तर त्यो सत्य होइन ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.