महाभूकम्पका कारण पश्चिमाञ्चलको ठूलो पुस्तकालयमा क्षति


library1- विकाश पराजुली
भैरहवा, ९ जेठ । महाभूकम्पका कारण पश्चिम क्षेत्रकै ठूलो पुस्तकालयमा क्षति पुगेको छ । भैरहवा बहुमुखी क्याम्पस परिसरमा रहेको पुस्तकालय भवन अहिले चिराचिरा परेकोछ । जसको कारण पुस्ताकालयमा जान समेत खतरा भएको भन्दै क्याम्पस प्रशासनले सबैको ध्यानाकर्षण गराएकोछ ।
शुक्रबार क्याम्पस प्रमुख डा. घनश्याम न्यौपाने परिश्रमीले पत्रकारहरूलाई क्षतिग्रस्त भवनको अवलोकन गराउदैं भने, “ पश्चिम क्षेत्रकै ठुलो र पुरानो क्याम्पसको पुस्ताकालय अहिले ढल्ने अवस्थामा छ । यी अमूल्य हजारौं थान पुस्तक स्थानन्तरणको समस्या छ । ”
क्याम्पस परिसरमा पत्रकारहरूसंग कुरागर्दै प्रमुख न्यौपानेले यस विषयमा जिल्ला प्रशासन, जिल्ला प्राविधीक र सहरी भवन डिभिजन कार्यलयलाई जानकारी गराईसकेको बताए । भवन डिभिजनको प्राविधिक टोलीले शुक्रबार मात्रै अनुगमन गरि भवन भित्र बस्न अत्यन्तै जोखिम भएको बताएका थिए । इन्जिनियर घनश्याम यादवको नेतृत्वमा आएको टोलीले प्रारम्भिक रुपमा करिब एक करोड भन्दा माथिको भौतिक क्षति पुस्तकालयमा मात्रै भएको बताएको प्रमुख न्यौपानेले जनाए । 
पुस्ताकालयमा करिब ६ हजार भन्दा बढी महत्वपुर्ण पुस्तकहरू रहेको पुस्ताकालय प्रमुख लक्ष्मी शर्माले जनाईन् । प्रमुख शर्माले भनिन्, “पुस्ताकालय नखोलौं भने पाठकहरू आउंछन् खोलौ भने डरैडर छ ।”
विक्रम सम्बत २०४४ साल ताका विद्यार्थीहरूको सहयोगबाट स्थापना भएको पुस्तकालयलाई भूकम्पले अत्यन्तै क्षति पुराउदां क्याम्पस प्रशासन अत्यन्तै स्तब्ध भएको प्रशासन पमुख उपप्रशासक बुद्ध कुमार श्रेष्ठले जनाए ।
अन्य कक्षा कोठामा विद्यार्थीहरूको चाप भएको हुदां तत्काल अन्यत्र पनि सार्न नसकिएको , हजारौ पुस्तकहरू त्रिपालमुनि लगेर राख्न नसकिनेहुदां समस्या निम्तिएको क्याम्पसका विद्यार्थी कल्याण प्रमुख केशब शर्मा बेल्बासेले जनाए ।
पुस्ताकालय पुर्ननिर्माणको लागि क्याम्पसले स्थानीय प्रशासन, संघसंस्था सबैलाई जानकारी र सहयोगको अपेक्षा सहित पत्र पठाई सकेको अधिकांश निकायमा क्याम्पस प्रमुख बारम्बर स्वयं गएर सहयोगको लािी अपील गरेको सो अवसरमा बताईएको थियो ।
विक्रम सम्बत २०२५ भदौं ४ गते सिद्धार्थ कलेजको नाममा स्थापना भई पछि भैरहवा बहुमुखी क्याम्पसको रुपान्तरण  भएको सो क्याम्पसमा हाल दुई हजार विद्यार्थीहरूले अध्ययनरत छन्् । क्याम्पसमा त्रिविका विविएस, विएसस्सी, विएड, विए, विविएम सहित मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्र्तगत सातवटा विषयमा स्नातकोत्तर तहको पठनपाठन पनि हुने गर्दछ । 

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.