लुम्बिनी अञ्चल अस्पतालमा जेठभित्रै आइसीयू सुरु हुने
बुटवल, २६ वैशाख । एक सय बर्ष पुरानो बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालले जेठ महिना भित्रै आइसीयू सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
लुम्बिनी अञ्चल अस्पतालमा करोडौं लगानीमा आइसीयू सञ्चालनका लागि उपकरण आएको बर्षौसम्म राजनीतिक खिचातानीका कारण आइसीयू सेवा सञ्चालनमा आउन सकेको छैन । अहिले त्यी सामानहरू काम नलाग्ने भएका छन् । अस्पताल विकास समितिले आसीयू सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरणका लागि बोलपत्र आवहन समेत गरिसकेको छ ।
आइसीयू सञ्चालनका लागि पटक–पटक अस्पतालले प्रतिबद्धता व्यक्त गरिए पनि यसलाई अस्पतालले अझै कार्यान्वयन गर्न सकेको छैन ।
अहिले अस्पतालमा कायम रहेको सञ्चालक समिति र मेसुले जतिसक्दो चा“डो आइसीयू कक्ष सञ्चालनका लागि पहल भइरहेको बताएका छन् । आगामी जेठ भित्रैमा आइसीयू कक्ष सञ्चालन हुने गरी काम भइरहेको मेसु तारानाथ पौडेलले जानकारी गराए ।
यसका साथै अस्पताललाई स्तरवृद्धि गरिने, उपचार सेवालाई प्रभावकारी बनाइने, चिकित्सकहरूको ड्यूटीलाई अझ बढी विरामीमैत्री बनाइने, अस्पतालको आम्दानीका स्रोतहरूको संरक्षण र विस्तार गरिनेलगायतका योजना पनि बनाइएको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालको स्वामित्वमा अहिले पनि ६ विगाहा जति जग्गा छ । विभिन्न ठाउ“मा बनाइएका पसले घर तथा सटरहरूबाट पनि अस्पतालले भाडा उठाउ“दै आएको छ ।
सटरहरूलाइ टेण्डरमा लगेपछि अस्पतालको आम्दानी कैयौं गुणाले बृद्धि भएको छ । अहिले अस्पतालले बार्षिक ५ करोड बराबरको आम्दानी गर्दै आएको छ । आम्दानीलाई सही तरिकाले परिचालन गर्ने र माथिल्ला निकायबाट आउने सहयोगको पनि सही सदुपयोग हुने हो भने आगामी एक दशक भित्रैमा अञ्चल अस्पताल मुलुकको नमुना अस्पताल बन्ने निश्चित रहेको मेसु पौडेलले दाबी गरे । तैपनि अस्पतालको स्वामित्वमा रहेको सबै जग्गाको सही संरक्षण हुन नसकेको, अनियमितता, मनपरी, मिलेमतोमा स्रोतको दुरुपयोग, राजनीतिक भागबण्डामा नियुक्ति तथा बढुवा हुनेलगायतका गुनासा भने अस्पतालप्रति कायमै छन् ।
अस्पतालबाट अहिले बार्षिक ५४ लाख जनसंख्याले सेवा लिइरहेको मेसुको अनुमान छ । यति धेरै जनसंख्याले सेवा लिइरहेको अस्पताललाई स्तर वृद्धि गरी पा“च सय बेडको बनाइने, अपरेशन, प्रसुति कक्षलगायतलाई अझ बढी सुविधासम्पन्न बनाउने पनि अस्पतालको योजना छ । अञ्चल अस्पतालमा अहिले विभिन्न तह र क्षेत्रका गरी एक सय ५३ जना कर्मचारी कार्यरत रहेका छन् ।
0 comments