भूकम्प पीडितका लागि रुपन्देहीमा ३० करोडको राहत संकलन


- विकाश पराजुली
रुपन्देही, २४ बैशाख । बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित भएका विभिन्न जिल्लाहरूमा रुपन्देहीबाट पनि राहत सामग्री जुट्ने क्रम जारी रहेको छ ।
rupandehiजिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार अहिले सम्म दैविक उद्दार प्रकोप कोष तथा संघ संस्था आफैले गरी ३० करोडभन्दा बढी रकमको राहत रुपन्देही जिल्लाबाट उठेको छ । यसैबीचमा धादि¨ जिल्लाका भूकम्प प्रभावितहरूका लागि नेपाल नेत्र ज्योती संघ रुपन्देहीले ७१ लाख रुपियाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ ।
नेपाल नेत्रज्योती संघ रुपन्देही, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आंखा अस्पताल र सेवा फाउण्डेसनको सहयोगमा भुकम्प प्रभाबितहरूका लागी करिब ७१ लाख रुपैया बराबरको बिभिन्न राहत सामाग्रीहरू धादि¨का प्रमुख जिल्ला अधिकारी बासुदेब धिमीरे लाई नेत्रज्योती संघ रुपन्देहीका सभापति तथा श्री रण अम्बिका शाह आंखा अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष सागर प्रताब राणाले हस्तान्तरण गरेका थिए ।
संघले ७१ लाख मुल्य बराबरको करिब पांच हजार थान त्रिपाल र पचास मिटर लम्बाई रहेको दुई सय चालीस बण्डल म्याट्र्ेस, डोरी, चाउचाउ, औषधी, लगायतका सामाग्रीहरू हस्तान्तरण गरेको अस्पताल ब्यावस्थापन समितीका सदस्य राजेन्द्र पन्थीले बताए ।
संघले जिल्लाको कुल्पुर गाबिसका दुई सय प्रभाबित घरहरूलाई राहत सामाग्री अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष राणा, चिफ मेडिकल डाईरेक्टर डा सल्मा केशी , बाल नेत्र बिशेषज्ञ डा अर्जुन मल्ल भारी लगायतको टोलीले बितरण गरेको थियो । 
त्यस्तै लम्जुङका भुकम्प पिडितलाई भैरहवाका लायन्स र लियो क्लवले सयुक्तरुपमा २० लाख मुल्य बरावरको राहत सामाग्री सहयोग गरेका छन् ।
दुइ क्लवले लमजुङको पाचौक गाबिसमा पुगेर ७८ घर परिवारहरूलाई खाध्यान्न, लत्ताकपडा,  भाडा र टेन्ट वितरण गरिएको लियो क्वल सिद्धार्थनगरका जनसम्पर्क अधिकृत मनोज क्षेत्रीले जानकारी दिए ।
लम्जुङका बिकट गाबिस पाचौक गाबिस अन्तरगतका सबै वडामा पुगेर राहत सामाग्री बितरण गर्दा पिडितहरूका आवस्यकता अनुसारका खाध्यान्न,लत्ताकपडा,भाडाकुडा र टेन्ट बितरण गरिएको लायन्स बिजय पाण्डेले बताए ।
लम्जुङको सदरमुकाम देखी ४ घण्टा ट्राक्टर र दुइ घण्टा पैतल यात्रा हिडेर राहत बितरण गर्न टोलि पुगेको थियो ।
यसैगरी रुपन्देही सुनचादी व्यवसायी संघ रुपन्देहीले भुकम्प पीडितहरूका लागि ६ लाख ११ रुपैंया हजार सहयोग गर्ने गरेको छ ।
संघले आज विहीवार भैरहवामा पत्रकार सम्मेलन गरि सो रकम बराबरको चेक रुपन्देही सुनचादी व्यवसायी संघले सुनचादी व्यवसायी महासंघलाई हस्तान्तरण गरेको हो ।
संघका जिल्ला अध्यक्ष विक्रम बहादुर सुनारले महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
रुपन्देहीमा सुनचादी व्यवसायी संघले संघमा आवद्ध २ सय ६० जना व्यवसायीले सो रकम महासंघको भुकम्प पीडित राहत कोषमा जम्मा गर्नेगरि स्वइच्छाले रकम संकलन गरेको जिल्ला सचिव रामकिसन विकेले जनाए ।
यसैगरी मोक्षधाम सेवा आश्रमले बुटवलमा सञ्चालन गरेको महायज्ञमा संकलन भएको खाध्यान्न गाोरखाको बुङ्कोटमा वितरण गरिएको छ ।
महायज्ञ सकिएलगत्तै महायज्ञ सम्पादन समितिका पदाधिकारी भूकम्प प्रभावित क्षेत्रमा पुगेर पिडित परिवारलाई राहत प्रदान गरिएको टोली संयोजक ज्योतिप्रसाद अर्यालले जानकारी दिए । 
यहि बैशाखको ९ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको महायज्ञमा संकलन भएको करिव ३ लाख बढीको खाध्यान्न सहित गैरखाध्यान्न राहत सामाग्री वितरण गरिएको हो । 
जिल्ला सदरमुकाम गोरखा बजारदेखि करिव १५ किलोमिटर पूर्वमा रहेको बुङ्कोट गाबिस वार्ड नं. २ मकैपुरमा पुगेर ८० परिवारलाई प्रति परिवार ३० किलो चाम, ५ किलो आटा (गहुँको पिठो), एक किलो नुन, आधा लिटर तोरीको तेल, एक किलो चिउरा, एक प्याकेट चाउचाउ, कपडा सहित त्रिपाल वितरण गरिएको उहाँले जानकारी गराउनु भयो । भूकम्पका कारण घरवास बिहिन भएका उनीहरूलाई ३५ नाथ त्रिपाल प्रदान गरिएको थियो । 
सो गाबिसमा ८० घर मध्ये ३५ घर पूर्ण रुपमा ध्वस्त भएका छन भने बाँकी घरमा पनि बस्न सकिने अवस्थाका नभएको सो टोलीले स्थलगत अवलोकन गरि बताएको छ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.