पहिरोले पुरिएर पाल्पामा मोटरसाइकल यात्रुको मृत्यु
बुटवलं, बैशाख ११ । पाल्पाको मदनपोखरा ४ डुम्रेमा शुक्रबार पहिरो खस्दा एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।
पाल्पाबाट बुटवल तर्फ आउदै गरेको लु २० प ४३९२ नं को मोटरसाईकलमाथि ढुंगा खसेको थियो । पहिरो सँगै खसेको ढुंगाले लाग्दा पाल्पा मदनपोखरा १ का अमृत कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोटरसाईकलमा पछाडि सवार मदनपोखरा ३ की २४ बर्षिय अञ्जु सारु घाईते भएकी छन् ।
0 comments