भत्काइए बुटवलका भव्य घर


dojar- विकाश पराजुली
बुटवल, ११ जेठ । बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत राजमार्ग चौराहामा सडक अतिक्रमण गरी बनाइएका १० घरमा डोजर चलाइएको छ । पटक–पटक घरधनीहरूलाई सडक क्षेत्रभित्र पर्ने घरहरू भत्काउन आग्रह गरेपनि धरधनीहरूले अटेर गरेपछि आईतबार १० घरमा डोजर चलाइएको हो ।
ठूलो संख्यामा प्रहरी सुरक्षाका बीच चौराहामा आईतबार सांकेतिक रुपमा डोजर चलाइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक केदारनाथ पन्तले जानकारी दिए । 
सांकेतिक रुपमा आईतबार डोजर चलाएपछि अतिक्रमित क्षेत्रभित्र रहेका ७२ घरधुरीहरूले सात दिनभित्र सडक क्षेत्रमा पर्ने घरहरू भत्काउने निर्णय गरिएको छ । विभिन्न संघसंस्था, पत्रकार सहितको टोलीले ७ दिन भित्र सडक क्षेत्रमा रहेका घरहरू हटाउने यद्यपी अटेर गरेमा कानुन अनुसार डोजर चलाईने सहमति गरिएको प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।
 
dojar-2
बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा जानकी नगरसम्म पर्ने ७२ घरहरू मध्ये आईतबार सांकेतिक रुपमा डोजर चलाइएको हो । आईतबार डोजर चल्दा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद पाण्डे तथा माओवादी नेता प्रकाश श्रेष्ठको घरमा पनि डोजर चलेको छ । बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठको घरमा डोजर चलेको थाहा पाएपछि केही संघका पदाधिकारीहरू श्रेष्ठ निवासमा जम्मा समेत भएका थिए ।
“सडक क्षेत्रभित्र रहेका सवैघरहरू हामीले भत्काउछौ” सडक परियोजना संयोजक बिरेन्द्र महासेटले बताए ।
आईतबार सुरेन्द्रप्रसाद श्रेष्ठ, प्रकाश श्रेष्ठ, मथुरा ध्वजु, जयबहादुर गुरुङ, कुल बहादुर श्रेष्ठ, चिनीयाकाजी श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, चमेलीदेबि श्रेष्ठ र अन्य  दुईजनाका घर रहेका छन् । 
व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख विरेन्द्र महासेठ, आयोजनाका लेखा अधिकृत बसन्त राज सिग्देल, ईन्जिनियर लिला बहदाुर भण्डारी, भिमार्जुन कंडेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष
dojar-3
महेशमान सिंह, पत्रकार डायलसन अधिकारी, हरीप्रसाद तिवारी लगाएतको हस्ताक्षरमा भनिएको छ, “सडक सिमा भित्र निर्माण भएका घर संरचनाहरू ऋाजका मितिले ७ दिन भित्र आफै भत्काउन शुरुवात गरिने छ । यदि सो समयमा पनि भत्काउन सुरुवात नगरिएमा आयोजनाले मेशिन प्रयोग गर्ने गरी भत्काउन कुनै बाधा नपार्ने,नपर्ने, स्थानीय अवरोध आउन नदिने प्रयार गरिने छ” निर्णयमा उल्लेख छ ।
डोजर चलिरहदा केहिले हारगुहार गरेपछि ७ दिनको म्याद सहित लिखित सहमति पनि भएको छ । सहमतिमा ‘७ दिनमा हामी आफै हाम्रो घर तथा भवन भत्काउनेछौं,नभत्काए पुन डोजर चलाउन अबरोध गर्नेछैनौं’ भनिएको छ ।
   dojar-5 dojar-6

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.