भूकम्पको क्षति लुकाउँदै बुटवलका निजी विद्यालय
बुटवल, ८ जेठ । बैशाख १२ गते गएको विनासकारी महाभूकम्प र २९ गते गएको दोस्रो ठूलो भूकम्पका कारण रुपन्देहीका विद्यालयहरूमा पनि क्षति पुगेको छ ।
रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जिल्लाका ६० विद्यालयमा भूकम्पले क्षति पु¥याएको बताए । शिक्षा कार्यालयले दिएको यो तथ्याङक सामुदायिक विद्यालयहरूको हो । सो तथ्याङकमा निजी विद्यालयमा भएको क्षति भने समावेश छैन । “हामीले सवैलाई क्षतिको विवरण पठाउन भनेका थियौ, तर निजीबाट विवरण अझै सम्म आएको छैन” थापाले भने ।
सामुदायिक विद्यालयहरूमा यति धेरै क्षति हुँदा निजी विद्यालयहरूमा क्षति नभएको तथ्याङ जिल्ला शिक्षा कार्यालयमा हुँदा अचम्मको विषय बनेको छ । अझ सामुदायिक विद्यालयहरूको तुलनामा निजी विद्यालयका भवनहरू अग्ला अग्ला छन् ।
सामुदायिक विद्यालयहरूको क्षति विवरण शिक्षा कार्यालयमा पुगेको भएपनि निजी विद्यालयहरूको क्षतिको विवरण शिक्षा कार्यालयसम्म अझै नपुग्दा पनि शिक्षा कार्यालय भने चुपचाप रहेको छ । “क्षति नभएकाले उहाँहरूले विवरण पठाउनु भएन होला” थापाले भने, “निजी विद्यालयहरूको अवस्था के छ, त्यो हामी बुझ्ने प्रयासमा छौ ।” शिक्षा अधिकारीले यसो भनिरहदा अब निरक्षण गर्नुको भने कुनै औचित्य देखिदैन ।
शिक्षा कार्यालयहरूमा निजी विद्यालय भवनको क्षति विवरण नभए पनि बुटवलका केही विद्यालयहरूमा भएको क्षतिको समाचार संकलनमा पुग्दा केही निजी विद्यालयहरू चर्किएका देखिए । बुटवलको दिपनगरमा रहेको दिप बोडिङको पछाडिको विभिन्न चार स्थानमा चर्किएको छ भने अगाडिको गेट पनि चर्केको छ । विदालयका प्राचार्य टिकाराम अर्यालय कार्यकक्षमै हुँदा विद्यालय नचर्केको दावी गर्दै थिए ।
केही विद्यालयहरूमा पुग्दा चर्केका रेखाहरू टाल्न पेन्ट लगाउने काम पनि जारी रहेको देखियो । बुटवलको सुख्खानगरमा रहेको एभरेष्ट बोडिङ स्कुलमा भने कुनै सामान्य क्षति भएको देखिएको छैन । तर विद्यालयले भवनको कक्षा कोठामा रंग लगाएर भ्याईसकेको छ । सामान्य चर्किएको भवनमा रंग लगाउने हो भने चर्किएको भाग मेटिने भएकाले पनि रंग लगाउने काम यतिबेला विद्यालयहरूमा भइरहेको छ । कति विद्यालयहरूले रंग लगाउने काम सकिसकेको पनि भेटिएको छ । तर, विद्यालयहरूले भने नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व रंग लगाउने गरेको दावी गरी रहेका छन् । तर विद्यालयहरूले भने अनुसारको गराई भने फरक छ । “हामीले भूकम्प आउँदा नै विदा गर्ने निर्णय गरियो, बाहिर हल्ला विद्यालय चर्केको गएछ” एक शिक्षकले विद्यालयका कक्षाकोठा देखाउदै भने, “विद्यार्थीहरूले फोहोर गरेपछि कक्षा कोठामा पेन्ट गरिएको हो ।”
त्यस्तै अक्सफोर्ड कलेजको पछाडि पनि केही स्थान चर्किएको छ । कलेजका कक्षा कोठामा पनि रंग लगाउने काम जारी रहेको छ । कलेजको कम्पाउण्ड तीन स्थानबाट चर्किएको छ । स्कुलमा भने क्षति भएको देखिएन ।
त्यस्तै बुटवलको ठुलो मानिने न्यू होराईजन बोडिङ स्कुल कालिकानगरको भवन विभिन्न स्थानमा चर्किएको छ । सो भवनमा पनि रंग लगाउने काम जारी रहेको छ । भवन प्रवेशको दाईने साईडमा रहेको भवन तीन स्थानमा चर्किएको छ । तिलोत्तमामा बनेको नयाँ भवनमा भने भूकम्पले केही क्षति पुराएको छैन । यस्तै बुटवल पव्लिक ए लेभल कलेजमा पनि भूकम्पको क्षति नभएको देखिएको छ ।
निजी विद्यालयहरूमा भएको क्षतिको विवरण जिल्ला शिक्षा कार्यालयमा दिदा विद्यालयको जानकारी बाहिर जाने भएकाले निजी विद्यालयहरूले गुप चुपमानै भवनको ममर्त तथा रंग लगाएर टाल्ने काम रातारात गरिरहेका छन् । “भर्नाको समय भएकाले केही प्रभाव हुने भनेर यस्तो गरेको हुन सक्छ” जिल्ला शिक्षा अधिकारी थापाले भने, “यसको अनुगमन गर्न जरुरी छ ।”
नयाँ शैक्षिक सत्र सुरु भइरहेको अवस्थामा र विद्यार्थीहरू अझै पनि भर्ना प्रक्रियामै रहेकाले विद्यार्थी नपाईने डरले भूकम्पबाट भएको क्षतिको विवरण केही निजी विद्यालयहरूले नदिइएको हुन सक्ने उनले बताए ।
भवनहरूमा सामान्य क्षति भएपनि भूकम्पीय दृष्टिकोणले भवनको क्षमता बहन गर्न र भवनभित्र रहेका बालबालिकाहरूको निकासका लागि त्यस्ता विद्यालय असुरक्षित भने देखिएका छन् । त्यस्ता विद्यालयमा देशभरका विद्यालयका साथै यस क्षेत्रका नीजि र सरकारी गरी दुबै खालका विद्यालय छन् । धेरैजसो सरकारी विद्यालय नक्शा पास नगरी गराउने र धेरैजसो नीजि विद्यालयहरूले नीजि प्रयोजनको लागि भनि बनाएका भवनमा विद्यालय संचालन गर्दा यस्तो समस्या देखिएको हो ।
फोटोः बुटवलको दिपनगरमा रहेको दिप बोडिङ चर्किएको अवस्थामा ।
भवनहरूमा सामान्य क्षति भएपनि भूकम्पीय दृष्टिकोणले भवनको क्षमता बहन गर्न र भवनभित्र रहेका बालबालिकाहरूको निकासका लागि त्यस्ता विद्यालय असुरक्षित भने देखिएका छन् । त्यस्ता विद्यालयमा देशभरका विद्यालयका साथै यस क्षेत्रका नीजि र सरकारी गरी दुबै खालका विद्यालय छन् । धेरैजसो सरकारी विद्यालय नक्शा पास नगरी गराउने र धेरैजसो नीजि विद्यालयहरूले नीजि प्रयोजनको लागि भनि बनाएका भवनमा विद्यालय संचालन गर्दा यस्तो समस्या देखिएको हो ।
फोटोः बुटवलको दिपनगरमा रहेको दिप बोडिङ चर्किएको अवस्थामा ।
0 comments