समाचार लेखेको भन्दै पत्रकारलाई धम्की


- विकाश पराजुली
बुटवल,२१ चैत्र ।  सहकारीको समाचार लेखेको भन्दै बुटवलकी पारु ध्वजुले पत्रकारलाई धम्काएकी छन् । बुटवलमा सञ्चालित विवादित स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाको समाचार लेखेकाले पारु ध्वजुले पत्रकारहरुलाई धम्काएकी हुन् । 
मिडियामा स्वर्णिम सहकारीको समाचार आएपछि फोन र  एसएमएस गरेर धम्काएकी हुन् ।
यही चैत्र १९ गते ९८१४१४७१०५ बाट फोन गरेर पत्रकार विनोद परियार र बिरेन्द्र कुंवरलार्ई बाटो हिड्दा होस गरेर हिंड र आफ्नो बारेमा सोंचेर हिंड,भालुका मुखमा हात हाले के होला ? भन्दै पारुले धम्की दिएकी थिईन । बुटवलबाट प्रकाशित हुंदै आएको खस्यौली साप्ताहिकमा समाचार आएपछि पारुले पत्रिकाका सम्पादक विनोद परियार र प्रवन्धक निर्देशक बिरेन्द्र कुवंरलाई धम्की दिएकी हुन् । बिरेन्द्र कुवंर र विनोद परियारले  अनावश्यक ढंगले  धम्की दिएको बताएका छन् ।
 स्वर्णिम सहकारीको अध्यक्ष रहेकी पारुले केही महिना अघि आफ्नै पति देवेन्द्र ध्वजुलाई विना धितो रु ५ करोड ऋण दिएको खुलासा भएको थियो । सहकारीको नीति नियम भन्दा बाहरी गएर आफ्ना पतिलाई ५ करोड ऋण दिएको पुष्टी भएपछि पारु कारवाहीमा परेकी थिईन । पछिल्लो समय गत असारदेखि बन्द अवस्थामा रहेको स्वणिम सहकारीको साधारण सभा हुन सकेको छैन । रोकिएको साधारण सभा कहिले हुन्छ र अव स्वर्णिमको भविष्य के होला ? भनि समाचार आएपछि पारुले धम्की दिएकी हुन् । पत्रकारलाई धम्की दिएपछि पारुको धम्कीप्रति चौतर्फी निन्दा भएको छ । पारुलाई पटक–पटक ९८१४१४७१०५ मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.