लाठी जुलुसमा लाठीचार्ज !


 
सोमबार भैरहवा बन्द
lathi– विकाश पराजुली
भैरहवा १५ चैत, । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले निकालेको लाठी जुलुसमा प्रहरी लाठी प्रहार गरेको छ । प्रहरीले लाठी जुलुसमा हस्तक्षप गरेको भन्दै ३० दलीय मोर्चाले सोमबार भैरहवा बन्द गर्ने समेत भएको छ ।
प्रहरीले लाठीचार्ज गरेर कार्यकर्ता घाइते बनाएको विरोधमा मोर्चाले सोमबार भैरहवा बजार बन्द घोषणा गरेको हो ।  मोर्चामा आवद्ध तराइ मधेश लोकतान्त्रिक पार्टीका रुपन्देही जिल्ला अध्यक्ष अजय वर्माले भने, ‘शान्तिपूर्वक जुलुस प्रदर्शन गर्दा समेत रुपन्देही प्रशासनले लाठीचार्ज गरी कार्यकर्ताहरुलाई घाइते बनाएको छ, सोको विरोधमा हामीले भोली भैरहवा बजार बन्द आह्वान गरेका हौ” । 
भैरहवाको बुद्धचोकबाट निकाल्न थालिएको लठ्ठी जुलुसमा प्रहरीले हस्तक्षप गरेको ३० दलीय मोर्चाको भनाई छ । झडपमा मोर्चाका केही कार्यकर्ताहरु घाइते भएका छन् । उनीहरुले बोकेका बाँसका लठ्ठी प्रहरीले खोसेको छ ।
झडपपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अगाडि पुगेका केही कार्यकर्ताहरुले गृहमन्त्री बामदेव गौतम, प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र एसपी राजेन्द्र ढकालको विरोधमा नाराबाजी समेत गरेका थिए ।
मोर्चाले भैरहवाको बुद्ध चोकबाट लाठी जुलुस निकालेर नारायणपथ, जिल्ला प्रहरी कार्यालय, मिलन चोक, जिल्ला प्रशासन कार्यालय हुदै देवकोटा चोकमा समापन गरेको थियो ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.