वैद्यसँग मुद्दामा मात्रै एकता – भट्टराई


baburam– विकाश पराजुली
बुटवल, २१ चैत  । एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बावुराम भट्टराईले नेकपा – माओवादीसँगको एकता मुद्दामा मात्रै आधारित भएको  बताएका छन् ।
उनले आम हड्ताल रहर नभई बाध्यता भएको पनि बताएका छन् । सत्तापक्ष दलहरूले सहमति तोडि प्रक्रियाबाट अगाडि बढेपछि आम हड्तालको विकल्प नभएको उनले बताए ।
शनिबार क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले सत्तापक्ष दलहरूले संविधानसभालाई अपहरण गरेपछि जनतामाझ जानुको विकल्प नभएको बताए । 
नेता भट्टराईले संविधानसभाबाटै संविधान बन्ने आफूहरूको चाहना भएकाले जनतलाई खवरदारी गराउनका लागि पनि यो हाम्रो आन्दोलन गरिएको बताए । 
छिटो संविधान निर्माणका साथै देश शान्तिको बाटोतर्फ अगाडि बढोस् भन्ने आफूहरूको चाहना भएको भन्दै उनले सत्तापक्षले विगतमा भएका सहमति, सम्झौताका मर्म र आन्दोलनको मर्मलाई बुझन् नसकेको बताए । “सत्तपक्षदहरूले विगतमा भएका सहमति विर्सेर संविधानसभा एउटा संसद मात्र हो त्यसैले दुई पार्टी मिलेर जे गरेपनि हुन्छ भनी  एक पक्ष अगाडि बढ्योे” उनले भने, “अझ माघ ११ गते संविधानसभा अपहरण गरेपछि जनतालाई हारगुहार गर्नुको विकल्प भएन ।”
उनले संविधानमा आफूहरूले राखेका मुद्दाहरू स्थापित नहुँदा अर्को द्वन्द्व सिर्जना हुन सक्ने अवस्था भएकाले जनता सामु गएको प्रष्ट पारे ।
संविधान अंकगणितबाट बन्न नसक्ने भन्दै नेता भट्टराईले अहिलेको प्रक्रिया खारेजको माग गरे ।
उनले सहमतिबाट जेठ १५ मानै संविधान बन्न सक्ने सम्भावना रहेको भन्दै आफूहरू संवादका लागि तयार रहेको पनि बताए ।
फरक प्रसंगमा उनले आफू सत्ताको आकांक्षी नभएको भन्दै अग्रगामी संविधान आफ्नो प्राथमिकतामा रहेको बताए । उनले अहिलेको आन्दोलनमा बैद्य माओवादी रहेकाले वैद्यसँग मुद्दामा आधारित एकता मात्र भएको बताए । 
उनले दोस्रो चरणका कार्यक्रम अन्तर्गत २४, २५ र २६ गते आव्हान गरेको आम हड्ताललाई सम्पन्न गर्न सवैलाई आग्रह समेत गरे ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.