दस हजारले अवलोकन गरे जुत्ता मेला


- विकाश पराजुली
बुटवल, ८ बैशाख । “नेपाली उत्पादन, हाम्रो गौरव” भन्ने नाराका साथ बैशाख ३ गतेबाट बुटवलमा सुरु भएको जुत्ता मेला मंगलबार सम्पन्न भएको छ ।
नेपाल युवा उद्यमी बुटवल सेक्टरको आयोजनामा राजधानी बाहिर पहिलो पटक आयोजना गरिएको मेला १० हजार दर्शकले अवलोकन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।
jutta-melaमेलाले जुत्ताको बजारलाई फराकिलो बनाउन एक ईट्टा थप्ने काम गरेको मेला व्यवस्थापन संयोजक सुमोदमा सैजुले जानकारी दिए । उनले स्वदेशी बस्तुहरूको उपभोत्तामा आर्कषण रहेको भन्दै यस्ता मेला महोत्सवले स्वदेशी बस्तुको प्रबद्र्धनमा टेवा पुग्ने बताए ।
मेला आयोजकले महोत्सवमा कति कारोवार भयो त्यो भने खुलाएनन् । 
समापन कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सैजुले युवाहरूको सक्रियतामा भएको मेला सफल भएको बताए । मेलाबाट युवाहरूले चाहेमा जे पनि गर्न सक्ने सन्देश गएको समेत बताए ।
मेलामा नेपालमा उत्पादित कोशेली, फिटराइट, शिखर, डियर हिल, रनसुल, म्याजिक कम्पनीको जुत्ता चप्पल राखिएका थिए । मेला आयोजक समितिका डाइरेक्टर आनन्दप्रसाद ओझाले आकर्षक एवं गुणस्तरीय अफिसियल जुत्ता, स्पोर्टस, जुत्ता, बुटहरू, स्कूल तथा कलेजका युनिफर्म जुत्ताहरूमा उपभोत्ताहरूको आर्कषण देखिएको बताए । 
नेपालमा करिव ९० वटा जुत्ता चप्पल  कम्पनी छन् । ती मध्ये ७६ वटा काडमाडौंमा मात्रै रहेका छन् भने रुपन्देहीमा ३ वटा रहेको बताइएको छ । नेपालमा बार्षिक करिब दुई अर्ब रुपैयाँ बराबरको छाला जुत्ता तथा छालाजन्य वस्तुको वार्षिक कारोबार हुने गर्छ । त्यसमा स्वदेशी उत्पादनको हिस्सा करिब  ५० प्रतिशत रहेको बताइन्छ । बुटवल राजधानी र  पोखरापछि धेरै जुत्ता चप्पल खपत हुने सहर हो ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.