राजदूत रेले बुटवलमा भने – आर्थिक सहकार्य बढाऔं
- विकाश पराजुली
बुटवल, ११ बैशाख । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपाल भारतबीच आर्थिक सहकार्य अझै बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
बुटवल उद्योग वाणिज्य संघले शुक्रबार संघ सचिवालयमा आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत रेले आर्थिक सहकार्य बढाउन सके मात्र नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
बुटवल उद्योग वाणिज्य संघले शुक्रबार संघ सचिवालयमा आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत रेले आर्थिक सहकार्य बढाउन सके मात्र नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
उनले सुनौली नाका एकीकृत चेकपोष्ट (आईसीपी) छिट्टै स्थापना हुने र सम्भव भएसम्म सुनौलीमा सुख्खा बन्दरगाह बनाउन पनि तयार रहेको स्पष्ट पारे ।
नेपाल भारत सीमा नाकाहरु अव्यवस्थित र फोहर हुनु दुबै देशका लागि लज्जाको विषय भएको उल्लेख गर्दै उनले यसमा दुबै देशका सरकार र नागरिकले सफाई अभियान थाल्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले प्रस्तावित मोतिपुर औद्योगिक कोरिडोर निर्माणमा सहयोग गर्न, उन्नत गाई बाच्छी आयात गर्न दिन, क्वारेन्टाइन चेकजांच सुुनौलीमै गर्न, सुनौली नाकामा एकीकृत चेकपोष्ट र सुख्खा बन्दरगाह बनाउन सहयोग गर्न राजदूतमार्फत भारतीय सरकारसंग आग्रह गरेका थिए । कार्यक्रममा संघका पुर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शंकर श्रेष्ठ, सभासद इस्तियाक अहमद लगायतले नेपालको आर्थिक विकासमा भारतीय सहयोग महत्वपूर्ण हुने धारणा राखेका थिए ।
0 comments