‘बुटवल औद्योगिक क्षेत्रको आन्दोलन बेतुकको’
- विकाश पराजुली
बुटवल, बैशाख ८ । लोडसेडिङको विषयलाई लिएर बुटवल औद्योगिक क्षेत्रमा भइरहेको उद्योगी व्यवसायीहरूको आन्दोलनको कुनै तुक नभएको विद्युत प्राधिकरणको बुटवल वितरण केन्द्रले बताएको छ ।
उद्योगीहरूले कृत्रिम लोडसेडिङ भएको भन्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रमा सोमबारदेखि धर्ना दिंदै आएका छन् । सो विषयमा वितरण केन्द्रको धारणा सार्वजनिक गर्दै झाले लाहानदेखि कोहलपुरसम्म रहेका चार औद्योगिक क्षेत्रमा एकै प्रकारको लोडसेडिङ भएकाले बुटवललाई पाखा, अन्य औद्योगिक क्षेत्रलाई काखा नगरिएको बताए । अन्य औद्योगिक क्षेत्रका उद्योगीहरूले आन्दोलन नगर्ने तर बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरूले आन्दोलन गर्नुमा रहस्य रहेको उनको दावी छ ।
“हामीले हेटौडा, पोखरा र बालाजुलाई दिएजति (१३ घण्टा) बत्ती बुटवल औद्योगिक क्षेत्रलाई दिएका छौ” उनले भने, “औद्योगिक फिडरको तुलनामा यो दुई घण्टा बढी हो ।” अहिले औद्योगिक क्षेत्रमा १३ घण्टा बत्ती दिइएको तथा औद्योगिक फिडरहरूलाई ११ घण्टा मात्र विद्युत दिइएको उनले बताए ।
“उहाँहरूले भने जस्तो जनतालाई बढी उद्योगीलाई कम विद्युत दिएका छैनौ, समान रूपले विद्युत वितरण गरेका छौ” उनले भने ।
0 comments