लुम्बिनीमा २७ गतेदेखि लाईसेन्स फाराम खुल्ने
बुटवल, २१ चैत । लुम्बिनीमा लामो समयको प्रयास पछि चालक अनुमती पत्र (लाईसेन्स) वितरण हुने भएको छ ।
यातायात व्यवस्था सवारी चालक अनुमती पत्र कार्यालय लुम्बिनी बुटवलले यहि चैतको २७ गते देखि लाईसेन्स आवेदन खुलाउने भएको हो ।
नेपाल सरकार यातायत विभागले लाईसेन्स वितरणका लागि छुट्टै फँट खडा गरेको भएपनि लुम्बिनीमा होमवर्क नपुगेको भन्दै लाईसेन्स वितरणमा ढिलाई भएको थियो ।
लाईसेन्स वितरण फाँट निमित्त प्रमुख उर्मिला गुवाजुले चैत २७ गते देखि बैशाख ६ गते सम्म आवेदन फाराम खुलाएको जानकारी दिईन । कार्यालयले सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन ४ सयका दरले आवेदन फाराम भर्नेछन् । “६ गते सम्म फाराम भर्ने काम हुन्छ, त्यसपछि लिखित परीषा र ट्रायल कहिले हुन्छ भन्ने पुनः सूचना निकाल्छौ” गुवाजुले भनिन् ।
अहिले मोटरसाईकल र स्कुटीको मात्र आवेदन खुलाएको भन्दै चार पांग्रे र ठुला सवारी साधनको पनि लाईसेन्स वितरण छिट्टै गरिने बताईन ।
लामो समय पछि लाईसेन्स वितरण हुने भएपछि सेवाग्राहीहरू ट्रायल सिक्नमा व्यस्त बनेका छन् । कार्यालयले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै पहिले आवेदन र पछि लिखित तथा ट्रायल परीषा गर्न लागेको हो । लिखित र ट्रायलका लागि आवश्यक काम अझै पनि बाँकी रहेकाले अहिल नै लिखित तथा ट्रायल परीषाको मिति घोषणा गर्न नसकिएको निमित्त प्रमुख गुवाजुको भनाई छ ।
अहिले ट्रायल स्थान बुटवल उपमहानगर पालिका वडा नं. १३ स्थित तिनाउ बगरमानै रहेको छ । ड्राईभिङग स्कुल संघ लुम्बिनीले बुटवल उपमहानगरपालिका सं.ग लिजमा लिई ट्रायल स्थान सञ्चालन गरेको हो ।
ट्रायल स्थानमा सिसिटिभी क्यामरा जडानका लागि ग्राहो भएको बताइएको छ । सो स्थान खुल्ला भएकाले सिसिटिभी जडान गर्न अप्ठ्यारो परेको बताइएको छ ।
लाईसेन्स वितरण कार्यालयले अब लाईसेन्स निरन्तर खुल्ने समेत बताएको छ ।
0 comments