‘नियमविपरीत फार्मेसीमा टेण्डरको आव्हान’


lumbini-final- विकाश पराजुली
बुटवल, २३ चैत । बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालले स्वास्थ्य नीतिको उल्घंन गर्दै अस्पतालभित्रको फार्मेसी टेण्डरका लागि सूचना आव्हान गरेको छ ।
राष्ट्रिय स्वास्थ्य नीतिमा अस्पतालनै फार्मेसी सञ्चालन गर्नुपर्ने भएपनि अस्पतालले त्यसो नगरी अस्पताल भित्र सञ्चालनमा रहेको फार्मेसी टेण्डरमा लैजान प्रक्रिया अगाडि बढाएको हो । 
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य नीति २०७१ को दफा ७ को उपदफा १.१४ मा अस्पताल आफैले फार्मेसी संचालन गर्नुपर्ने उल्लेख छ । तर अस्पतालले विभिन्न कारण देखाउँदै बाध्य भएर टेण्डरमा जानु परेको बताएको छ ।
अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट तारा गौतमले बाध्यता बस टेण्डर प्रक्रियामा जानु परेको बताएका छन् । स्वास्थ्य नीतिले आफै फार्मेसी आफै सञ्चालन गर्नुपर्ने भएपनि अस्पतालले कर्मचारी अभाव र अहिले आफ्नो थप भवन नभएकाले फार्मेसीलाई टेण्डर मार्फत लैजान लागेको उनले बताए ।
अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले पछाडि भवन बन्न साथ पुनः फार्मेसी अस्पतालले नै सञ्चालन गर्ने बताए । उनले अस्पतालले फार्मेसी सञ्चालन गर्नु पर्ने अवस्था आएमा कम्तिमा तीन महिना अग्रीम सूचना दिई करार सम्झौता रद्द गरिने व्यवस्था समेत भएकाले पुर्वधार निर्माणपश्चात आफैले फार्मेसी सञ्चालन गर्न उनले बताए । 
अस्पतालले फार्मेसी सञ्चालनको टेण्डर गरेपछि नेपाल फार्मास्युटिकल एशोसियन लुम्बिनी शाखाले बिज्ञप्ती मार्फत ध्यानार्कषण गराएको छ । एशोसियनका अध्यक्ष किरण ढकाल र महासचिव प्रविण भण्डारीको संयुक्त हस्ताक्षरमा जारी ध्यानाकर्षण पत्रमा राष्ट्रिय स्वास्थ्य नीति र अस्पताल निर्देशिका २०७१ अनुसार लुम्बिनी अंचल अस्पतालले अस्पताल फार्मेसी टेण्डर आवहान संचालन गर्न टेण्डर आवहान गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको भन्दै टेण्डर आवहान नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य नीति २०७१ को दफा ७ को उपदफा १.१४ को विपरित रहेको हुँदा तत्काल टेण्डर आवहान रद्द गरी अस्पताल आफैले दक्ष जनशक्ति द्वारा संचालन गर्न माग समेत गरेको छ । 
एशोसियसनका अध्यक्ष ढकालले नियम बिपरित मात्र नभइ पेशागत सुरक्षाको हित भन्दा बाहिरको कुरा भएको हुनाले सह्य नहुने बताएका छन् । उनले भने ‘निर्देशिका आइसके पछि सो अनुरुप कार्यान्वयन हुन्छ भन्ने पक्षमा थियौं तर फेरी पुरानै प्रकृयाबाट बढ्न थाले पछि यसको बैधानिकता र हाम्रो पेशागत सुरक्षालाई ध्यानमा राखेर यसको बिरोधमा उत्रिएका छौं ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.