चित्रबहादुरको नजरमा ‘विभिन्न रङका माओवादी’को एकता


chitra-bahadur-kc1– विकाश पराजुली
बुटवल, २६ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले सत्तापक्षले मानवता बिरोधी गतिविधिमा संलग्नलाई कारवाही गर्ने संकेत गरेपछि विभिन्न रङका माओवादीहरू एक हुन लागेको बताएका छन् ।
उनले २०५२ देखि ०६२ सम्मको उग्र वामपन्थी गतिविधि गरेका मानवता बिरोधी अपराधीलाई कारवाही गर्नुपर्ने बताए । मानवता बिरोधी अपराधमा संलग्न जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताउंदै क्रान्ति र परिवर्तनको नाममा मानवता बिरोधी अपराध गर्न कसैलाई छुट नहुने बताए ।
बिहीबारदेखि बुटवलमा सुरु भएको रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष के.सीले मानवता बिरोधी अपराधमा संलग्नलाई कारवाही नभए अहिलेका सत्तापक्ष इतिहांसमा अपराधी ठहरिने बताए  । अपराधी संरक्षण गर्नका लागि चारैतिर फर्केका विभिन्न रङ्का माओवादीहरू एक हुन थालेको चर्चा गर्दै उनले उनले भने, “बिचारले एक ठाउँमा हुनु स्वाभाविक हो तर अपरधलाई ढाकछोप गर्न एक हुनु देश र जनताका लागि धोका हो ।”
उनले केही दिन अघि सर्वोच्च अदालतले द्वन्द्वकालीन सबै घटना सत्यनिरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्र नपर्ने फैसला गरेपछि एमाओवादीसहित विभिन्न माओवादीले संयुक्त रुपमा विरोध गरेका थिए । सोही घटनाप्रति लक्षित गर्दै अध्यक्ष के.सीले भने, “द्वन्द्वकालमा भएका मानवताविरोधी घटनाका दोषीलाई किन कारवाही नगर्ने ?” 
सभासद् समेत रहेका अध्यक्ष के.सीले द्वन्द्वकालमा सत्तापक्ष र प्रतिपक्षी दुवैबाट मानवता विरुद्ध अपराधका घटना भएको बताउँदै ती अपराधीलाई बचाउन नहुने बताए ।  सत्तापक्ष र एमाओवादीवीच अपराधी बचाउन अघोषित कार्यगत एकता भएको बताए ।
उनले अपराधीहरूलाई कारवाही गर्न नसकेर सरकार निरह बनेको बताउँदै सात वर्षकी वालिका बलत्कार गर्नेदेखि विभिन्न अपराधजन्य कार्य गर्नेलाई कारवाही गर्नुपर्ने बताए ।
सेवा केन्द्रहरू विस्तार गर्ने निर्णय गरेर सरकारले राम्रो काम गरेको बताउंदै अध्यक्ष के.सीले सेवा केन्द्र विस्तार गर्दा उत्पात मच्चाउनेलाई भने सकरकाले केही गर्न नसकेका बताए ।
हाल एमाओवादी विदेशीको इशारामा जातीय संघीयताको पक्षमा सहमती हुनुपर्ने भन्दै संविधान निर्माणलाई अबरुद्ध पारेको बताए । जातीय, क्षेत्रीय राज्य खोज्नेहरूबाट देशलाई बचाउन नसकिए देश नाईजेरिया र सुडान बन्न सक्ने खतरा रहेको बताए । नेपाली जनताले संघीयतालाई खारेज नगरे संघीयताले देशलाई खारेज गर्ने अध्यक्ष के.सीको भनाई छ । जनतालाई सुविधा दिने जस्ता सेवाकेन्द्रहरू एक ठाउंबाट अर्को ठाउंमा सार्दा नदिनेहरूले जिल्ला टुक्रायर संघीय प्रदेश बनाउन नदिने बताए । 

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.