आइसीयूका लागि दलले नै उठाए आवाज


lumbini-final- विकाश पराजुली
बुटवल, २७ चैत । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आइसीयू सेवा तत्काल सञ्चालनमा ल्याउन राजनीतिक दलका नेताहरूले आग्रह गरेका छन् । 
अञ्चल अस्पतालमा सघन उपचार कक्ष सेवा सबैको साझा माग रहेको भन्दै उक्त सेवा सञ्चालनमा ल्याउन  सबै राजनीतिक दलले अस्पताल व्यवस्थापन पक्षसँग आग्रह गरेका छन् । बिहीबार बुटवलमा बसेको सर्वपक्षीय बैठकले राजनीतिक पार्टीका नेताहरूले आफूहरू आइसीयू सेवाको विरोधी नभएकोे प्रतिवद्धता जनाएका हुन् । 
एकीकृत नेकपा जिल्ला अध्यक्ष बामदेव क्षेत्रीले कुनै पनि राजनीतिक दलले अञ्चल अस्पतालमा सघन उपचार कक्षको विरोध नगरेको बताए । क्षेत्रीले भेन्टिलेटर, मनिटरिङ र प्रसुति गृहमा एनआरआई सेवा सुरु गरेपछि मात्र आइसीयू सेवा सञ्चालनमा ल्याउनुपर्ने भनेको स्पस्ट पारे । केही दिन अगाडि मिडियामा आएको राजनीतिक दलले नै विरोधमा छन् आइसीयू सेवा सञ्चालक भन्ने समाचारप्रति पनि उनले खण्डन गरे । 
एक सय वर्षभन्दा पुरानो सरकारी अस्पताललमा आइसीयू सेवा यस क्षेत्रका विरामीहरूले मोटो रकम खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता छ । आइसीयू सेवा लिन निजी अस्पतालले दैनिक ७ देखि १० हजारसम्म लिने गरेका छन भने, सरकारी अस्पतालमा २ हजारदेखि २५ सय रुपैयामा उपचार हुन्छ । विगत १० वर्ष अगाडिदेखि अञ्चल अस्पतालमा आइसीयू सेवा सञ्चालनमा ल्याउने भनिए पनि अझै आउन सकेको छैन । 
अस्पतालमा यस वर्ष  झण्डै दुई करोड ३० लाख रुपैया बजेट परेको छ । सही बजेटले आइसीयू मेसिन खरिद गनुपर्ने उनीहरूको भनाइ छ । नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले अस्पतालमा धेरै समस्या रहेको भन्दै ती समस्या समाधान गर्न सबै दलको सहकार्य आवश्यक रहेको बताए । अस्पतालको आय स्रोतहरू धेरै रहेको भन्दै सरकारी बजेट विनियोजन नगरे आइसीयू दीर्घकालिन रुपमा चलाउन सकिने बताए । आइसीयूको वार्षिक खर्च करिव ७० लाख लाग्ने अनुमान छ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.