बुटवलको मिलन चलचित्र हलमा यस्तो हर्कत !
बुटवल, चैत २८ ।
शुक्रबार बाट अल नेपाल प्रदर्शनमा आएका दुई चलचित्र “हल्दार सुन्तली” र “नाई नभन्नु ल ३” प्रदर्शनमा आएपछि यी दुई चलचित्रको व्यापार र दर्शकको उपस्थिती कस्तो रहला धेरैको अनुमान छ ।
बुटवलमा रहेको कालिका चलचित्र मन्दिरमा “हल्दार सुन्तली” र मिलन चलचित्र मन्दिरमा “नाई नभन्नु ल ३” ले हल पाए । छविराज ओझाले निर्देशन गरेको हल्दार सुन्तली र विकास आचार्य निर्माता रहेको “नाई नभन्नु ल ३” चलचित्रले कस्तो व्यापार गर्लान केही दिन पछि अवश्य थाहा पाउनेछ ।
तर, बुटवलमा लागेका यी दुई चलचित्रमा भने “नाई नभन्नु ल ३” ले दर्शकको साथ शनिबार राम्रै पायो । हल्दार सुन्तलीलाई पछि पार्दै “नाई नभन्नु ल ३” ले दर्शकको माया त पायो तर के त्यो केही दिन यस्तै रहला, यो विचारणीय प्रश्न बनेको छ ।
शनिबार बुटवलको मिलनचलचित्र मन्दिरमा दर्शकको चाप बढे संगै त्यहा देखिएको अनैतिक कार्य र प्रशासनको गैरजिम्मेवारी प्रष्ट देखियो ।
…..
चलचित्रको हलको गेटमा पुग्दा नपुग्दै दुई जना व्यक्तिहरु स्पेशल र बाल्कोनी भन्दै अर्धकटि टिकट हातमा ल्याएर दर्शकलाई थमाउन व्यस्त देखिन्थे ।
लामो लाईन देखेका दर्शकहरु प्नि विना हिचकिचावट उनीहरुले भनेकै रकम तिर्न पनि केही तयार देखिए । अझ “केटी साथी” लिएर गएका युवाहरु त लाईन लाग्न भन्दा एक टिकटको २० देखि ३० रुपैया सम्म बढि राखेर किनेको पनि देखियो । मिलनचलचित्र मन्दिरका दुई कर्मचारीहरु हतमा टिकट लिएर व्यालकमेलिङ गर्दै धन कमाउनमानै व्यस्त देखिन्थे । स्पेशलको टिकटमा प्रति टिकट २० रुपैया बढि र बाल्कोनीको टिकटमा व्यक्ति हेरिकन २० देखि ३० रुपैया बढिमा बेच्ने यी दुई कर्मचारी “मौकामा चौका” हान्दै थिए ।
हलमा दर्शकको चाप भए सँगै यी दुई कर्मचारीहरु जस्तै अन्य कर्मचारीहरुलाई व्यालकमेलिङ गर्ने गतिलो माध्यम बनेको छ ।
“अस्पतालको गैर जिम्मेवारी पन हो” चलचित्र हेर्न आएका विमल त्रिपाठीले भने–“चलचित्र हल परिसरमा यस्तो हुँदा समेत चलचित्र प्रशासनले केही नगर्नु लाजमर्दो कुरा हो ।” उनले टिकट काट्दा हुने भिडलाई व्यवस्थित गर्न तर्फ नलागि टिकट व्यालकमेलिङ गर्नु अनैतिक कार्य भएको समेत बताए ।
टिकट मात्र होईन, पार्किङमा पनि त्यहाका कर्मचारीहरुको हाली मुहाली चलेको देखिन्छ । चलचित्र हलभित्र गरिएको पार्किङ १० देखि २५ रुपैया सम्म लिने गरिन्छ । जुन अत्याधिक बढि हो । प्रशासनले कुनै व्यक्तिलाई मासिक तिर्नेगरी ठेक्का दिएपछि ठेक्का लिएकाले दर्शकलाई अपत्यारिलो रुपमा ठगि गर्दै आएका छन् ।

………….
धुम्रपान निषेध कार्यन्वयन छैन
सरकारले सार्वजनिक स्थल सँगै बसपार्क, चलचित्र घर, पार्टी पौवाहरुमा धुम्रपान निषेध गरेको भएपनि यस चलचित्र मन्दिरमा धुम्रपान निषेध कार्यान्वयन भएको छैन । चलचित्रको बाहिर निषेध भनि लेखिएपनि चलचित्र भित्र प्रवशे गरेपछि डस्विनमा चुरोटका ठुटाहरु प्रष्ट देखिन्छन् । सरकारी निकायहरुको फितलो अनुमगनले गर्दा यो अझै पुर्ण रुपलेकार्यान्वयनमा आउन सकेको छैन ।
0 comments