लाईसेन्स फाराम भर्ने टोकन लिन रातभर लाईनमा


liscense- विकाश पराजुली
बुटवल, २९ चैत । सवारी चालक अनुमती पत्र (लाईसेन्स) को लुम्बिनी कार्यालयमा टोकन लिनेको भिड दिन प्रतिदिन बढ्दै गएको छ ।
यहि चैत २७ गते देखि खुलेको फाराम भर्न टोकन लिन पुगेको सेवाग्राहीहरुको भिड बढेको हो ।
लामो समय पछि लाईसेन्सको फाराम खुलेपछि अप्रत्याशित रुपमा भिड बढेको छ । सेवाग्राहरु अघिल्लो दिनमा आई लाईन बस्न बाध्य भएका छन् । दिनको ४ सय टोकन लिने व्यवस्था गरेको कार्यालयले फाराम वितरण बैशाख ६ गते सम्म गर्ने जनाएको छ । भिड बढेसंगै प्रहरीले भिड नियन्त्रण गर्न समेत हम्मेहम्मे परेको छ ।
लाईसेन्स फाराम भर्न गुल्मीको ह्वादी गाविसबाट आएका कृष्ण घर्तिले शनिबार विहान देखि लाईनमा लागेको बताए । उनले शनिबार विदाको दिन भएको भएपनि छिट्टै पालो आउने आशाले शनिबार विहान १० बजे बाट घर्ति लाईन बसेको बताए । “१८ घण्टा भयो, लाईनमा लागेको” उनले भने, “रातभर नसुति र नखाई टोकनका लागि यसरी खटिएँ ।”
उनले लाईसेन्सको फाराम खुलाएर सेवाग्राहीले बढि राहत पाउनुको सट्टा अव्यवस्थित टोकन विरतणले बढि दुःख पाएको बताए ।
“टोकन त जसरी तसरी यहाँसम्म आएपछि लिईन्छ, फेरी फाराम भर्न र परिक्षामा के हुने हो ?” उनले भने । लाईसेन्सका लागि यसरी फराम भर्नकै लागि लाईन लागि दुःख पाउने घर्ति मात्र एक भने होइनन् । दाङको हापुरबाट आएका अर्जुन राना पनि लाईनमा लागेको शनिबार दिउँसो ३ बजेबाट हो । “रातभर गित गाउँदै बसियो” उनले भने, “केही गरी त रात कटाउनु पर्‍यो नि ।”
यस्तै अर्घाखाँचीको हंशपुरबाट आएकी मिना वि.क. पनि ६ घण्टा लाईनमा लागेको बताईन । “टोकन लिन रातिदेखि नै लाईनमा बसेकी छु” उनले भनिन, “पालो आउने कतिबेला हो थाहा छैन ।” उनले महिलाहरु रातको समयमा लाईन लाग्दा अप्ठ्यारो महशुस भएको बताईन ।
“पुरुषले जे पायो जस्तो पनि बोल्छन्“ वि.क. ले भनिन् । 
प्रतिनिधी उदाहरण जस्तै हजारौको संख्यामा टोकन लिनका लागि रातभर लाईनमा लागेका छन् । कार्यालयको अपरिपक्कताको कारण घर्ति, राना र वि.क. जस्ता हजारौले रातभर लाईनमा लाग्न बाध्य भएका हुन । टोकन लिन निश्चित संख्या तोकिएपनि सेवाग्राहीहरु अघिल्लो दिनको बेलुकानै लाईनमा बसेका छनु् ।
चैत २७ गते देखि दिनको ४ सय टोकन विरतण गर्ने गरी बैशाख ६ गते सम्म टोकन विरतण गरिने कार्यालयकी निमित्त प्रमुख उर्मिला गुवाजुले जानकारी दिईन । सेवाग्राहरु आफै रातको समयमा लाईनमा आएको बताईन । “हामीले टोकन वितरण सहज रुपमा गरेका छौ” उनले भनिन, “ सेवाग्राहीहरुको चापका कारण यस्तो देखिएको हो ।”
रातभर नसुती लाईन बसेका सेवाग्राही पालो आउने कतिबेला भन्ने अधिकांशले थाहा नभएको बताए । अव्यवस्थित रुपमा टोकन लिनेहरुको भिड प्रहरीलाई समेत समाल्न ग्राहो परेको थियो । रातभर युवाहरु होहल्ला गरी अपाच्य शव्दहरु बोल्दा राती करिव ४ पटक लाठिचार्ज समेत गर्नुपरेको प्रहरीले बताएको छ ।
दैनिक ४ सय टोकन लिने भनिएपनि सेवाग्राहीको अत्याधिक भिडले अहिले सवारी चालक अनुमपति पत्र (लाईसेन्स) लुम्बिनीको परिसरमा ठुलो भिड बढेको छ । विहान ५ बजे यो संवाददाता फाराम वितरण स्थलमा पुग्दा सेवाग्राहीको भिड बाक्लो थियो । 

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.