राजधानी बाहिर पहिलो जुत्ता मेला सुरू
बुटवल, ३ बैशाख । “नेपाली उत्पादन, हाम्रो गौरव” भन्ने नाराका साथ विहिबारबाट बुटवलमा जुत्ता मेला सुरू भएको छ ।
नेपाल युवा उद्यमी बुटवल सेक्टरको आयोजनामा राजधानी बाहिर पहिलो पटक आयोजना गरिएको मेलाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले गरे । सो अवसरमा बोल्दै प्रधानले स्वदेशी उत्पादनले देशको अर्थतन्त्रमा टुवा पुग्ने भएकाले जुत्ताको बजारलाई फराकिलो बनाउनुपर्नेमा जोड दिए । उनले जुत्ताको व्यापार प्रवद्र्धनका लागि आयात कम र निर्यात बढि बनाउन आवश्यक रहेको भन्दै सवैले यसको प्रयोग गरेमा मात्र यो सम्भव रहेको बताए । उनले बन्द, हड्ताल जस्ता कार्यले अर्थतन्त्रमा देशलाई समृद्धि बनाउन नसक्ने भन्दै दलहरूलाई बन्द सधैका लागि बन्द गर्नुपर्ने धारणा राखे ।
त्यस्तै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ् नेपाल काठमाडा अध्यक्ष रविनकुमार श्रेष्ठले देशमा ६० प्रतिशत स्वदेशी जुत्ताले पकड जमाएकाले अबको ५ बर्षभित्रमा सय प्रतिशत विस्तार गर्ने बताए ।
बुटवल उद्योग वाणिज्य संघको हलमा एक सातासम्म चल्ने मेलामा करिब ३० हजार जोड जुत्ता चप्पल बिक्री गर्ने लक्ष्य लिइएको मेला व्यवस्थापन समितिका संयोजक सुमोधमान सैजुले बताए । मेलामा नेपालमा उत्पादित कोशेली, फिटराइट, शिखर, डियर हिल, रनसुल, म्याजिक कम्पनीको जुत्ता चप्पल राखिएका छन् । मेला आयोजक समितिका डाइरेक्टर आनन्दप्रसाद ओझाले आकर्षक एवं गुणस्तरीय अफिसियल जुत्ता, स्पोर्टस, जुत्ता, बुटहरू, स्कूल तथा कलेजका युनिफर्म जुत्ता, साथै जेन्टस तथा लेडिज स्याढडलहरू सुपथ मूल्यमा विक्री गरिने बताए । मेलामा ८५ वटा स्टल रहेका छन् ।
उनले नेपालका प्रमुख चर्चित ब्राण्डका जुत्ता तथा चप्पलहरूलाई स्थापित र विदेशी उत्पादनलाई क्रमस विस्थापित गर्न मेला आयोजना गरिएको बताए । मेलाको सहयोगी संस्थाका रुपमा फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ् नेपाल काठमाडौं रहेको छ भने, संरक्षकको रुपमा बुटवल उद्योग वाणिज्य संघ रहेको छ । मेलामा ५० लाखको कारोवार गर्ने आयोजकको अपेक्षा छ ।
मेला अवलोकनका लागि १० रुपियाँको टिककको व्यवस्था गरिएको छ । मेला १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला अवलोकनको लागि आयोजकले प्रचारप्रसार तीव्र बनाएको छ । यस क्षेत्रका प्रत्येक विद्यालयलाई समेत जानकारी दिएको छ । त्यस्तै हरेक विद्यालयबाट पत्र लिएर मेला अवलोकनका लागि आउने विद्यार्थीहरूलाई निःशुल्क अवलोकनको समेत व्यवस्था गरिएको छ । नेपालमा करिव ९० वटा जुत्ता चप्पल कम्पनी छन् । ती मध्ये ७६ वटा काडमाडौंमा मात्रै रहेका छन् भने रुपन्देहीमा तीनवटा रहेको बताइएको छ ।
मेलामा दुई सय रुपियाँदेखि दुई हजारभन्दा बढी मूल्यका जुत्ता चप्पल विशेष छुटका साथ बिक्रीका लागि राखिएका छन् । नेपालमा वार्षिर्क करिब दुई अर्ब रुपैयाँ बराबरको छाला जुत्ता तथा छालाजन्य वस्तुको वाषिर्ष कारोबार हुने गर्छ । त्यसमा स्वदेशी उत्पादनको हिस्सा करिब ५० प्रतिशत रहेको बताइन्छ । बुटवल राजधानी र पोखरापछि धेरै जुत्ता चप्पल खपत हुने सहर हो । कार्यक्रम नेपाल युवा उद्यमी संघ बुटवल सेक्टरका अध्यक्ष आनन्द ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
0 comments