आरक्षण सिट कार्यान्वयन भएन्


Mahila-seat-3
महिला आफै जागरुक हुनुपर्ने
विकाश पराजुली
बुटवल, ५ चैत ।
कानुनले सार्वजनिक यातायातमा महिला तथा अशक्तका लागि आरक्षण सिट व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन गर्ने निकायले चासो नदिँदा उक्त व्यवस्था कागजमा मात्रै सीमित भएको हो ।
लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन दुवैमा आरक्षण सिट कार्यान्वयन नभएको हो । काठमाण्डौ उपत्यकामा महिला, अपाङग तथा बृद्ध सिटको कार्यान्वयन भए पनि यस क्षेत्रमा भने कार्यान्वयन हुन सकेको छैन् ।
बसका चालक तथा सहचालकहरु यात्रु चढाल्न र ओराल्नमानै व्यस्त हुने गर्दा पनि आरक्षण सिटमा को बसेको छ भन्ने ख्याल नगर्दा पनि यसको कार्यान्वयन हुन नसकेको स्थानियहरु बताउँछन् ।
लामो दुरी तथा छोटो दुरीको यात्रा गर्दा महिलाको आरक्षण सिटमा पुरुष बस्दा समेत महिलाहरु टुलुटुलु हेरेर यात्रा गर्न बाध्य भएका छन् । मणिग्रामबाट बुटवल आउनका लागि माईक्रोमा चढेकी मिना पौडेलले महिलाको सिट हो, तपाई उठ्नुहोस भन्न ग्राहो हुँदा पनि आरक्षण सिटमा पुरुष नै बस्ने गरेको बताईन ।
“पुरुषले पनि कसको सिट हो भनी हेरेर बस्नुपर्ने हो” उनले भनिन–“महिलाहरुले पनि आफ्नो हक अनुसार भन्नुपर्ने हो तर कसैले यसलाई चासो दिइएको देखिदैन । ”
काठमाण्डौमा चल्ने सवारी साधनको हकमा सह चालकलेनै महिलाको सिट हेरेर अनेत्र बस्न पुरुषलाई आग्रह गरेपनि यस क्षेत्रमा भने त्यस्तो देखिदैन ।
महिला संगै अझ अपाङगता भएका व्यक्तिहरुमा यस्तो समस्या बढि देखिदै आएको छ । सपाङगको हकमा उठेरै गन्तव्य सम्म पुग्न सकेपनि अपाङगता भएका व्यक्तिहरुलाई भने समस्या पर्ने गरेको हुन्छ । बुटवल गोलपार्कका अपाङगता भएका रमेश न्यौपानेले सवारी चढ्दा र ओलर्दाको समस्या संगै बढि भिडको समयमा उठेरै गन्तव्य सम्म जानु परेको गुनासो गरे ।
उनले अपाङग सिटमा अन्य सपाङग भएका व्यक्तिहरु बसेर जाने गरेको कयौ पटक देखेको बताए । “उठनुहोस भन्न सकिदैन, बोल्ने कुरा पनि आएन” उनले भने ।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले अब महिलाहरु तथा आरक्षितहरु आफैनै सचेत नहुँदा यस्तो समस्या भने देखिएको लालीगुराँस अनलाईनलाई जानकारी दिए ।
लामो सवारीको हकमा टिकट काट्दा महिलाहरुलाई प्राथमिकता तथा आरक्षण सिटमा नै व्यवस्था भएको भएपनि छोटो रुटमा भने यसको पुर्णतया कार्यान्वयन हुन नसकेको उनले पनि स्वीकार गरे ।
“अब आफुहरु नै सचेत हुनुपर्छ, हामीले बसका चालक तथा सह चालकहरुलाई पनि भनेका छौ” अध्यक्ष खरेलले भने–“यसलाई कार्यान्वय गर्न हामी पनि अग्रसर भएका छौ ।”
उनले लामो दुरीको सवारीका हकमा श्रीमान श्रीमती संगै बस्ने तर, एक महिला अनेत्र बसेको भए, श्रीमानलाई अर्के स्थानमा पुर्नस्थापन गरी महिला–महिला संगसंगै यात्राको व्यवस्था गरेको बताए । उनले आफुहरुलाई त्यस्तो केही अप्ठ्यारो लागेमा सम्बन्धी बसपार्कहरुमा सुझाव पेटीका राखिएकाले त्यसमा सुझाव दिन पनि आग्रह गरे ।
यता पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय भने यसको कार्यान्वयमा जोड दिने बताएको छ । कार्यालयका एसपी हरिराज वाग्लेले सवारीसाधनमा अनुगमन थाली ठोस कार्यान्वयन भएनभएको हेर्ने बताए । “महिलाको सिटमा पुरुषले रजाई गर्न पाउदैन, हामीले यसलाई कार्यान्यवन गर्नेछौ” उनले भने ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.