पसल देखि मन्दिरका मुर्ति चोरी गर्ने ८ पक्राउ


इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न आरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गर्दै डिएसपी दिलिप घिमिरे । तस्वीर विकाश पराजुली
विकाश पराजुली
बुटवल, २ चैत । 
इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न आरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले बुटवल, मणिग्राम, नयाँगाउ  र पाल्पाबाट सो व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । यसरी पक्राउ पर्नेमा पसल चोरी गर्ने देखि मन्दिरका मुर्ति चोरी  र गरगहना चोरी गर्ने रहेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले पुस ९ गते पाल्पा मदनपोखरा गाविस वडा नं. ६ बस्ने ५३ बर्षिय बेनिराम वि.कलाई सुन्तला खुवाई वेहोस बनाएर रकम चोरी गर्ने बुटवल १३ का डिल बहादुर परियारलाई पक्राउ गरेको छ । परियारले रमेश गिरी नाम बताउदै  आफुलाई आवश्यक रहेको भन्दै बैंकमा जम्मा रहेको ३ लाख २० हजार रुपैया निकाल्न लगाई चोरी गरेको प्रहरीले बताएको छ ।
यस्तै माघ ५ गते मणिग्राममा रहेको बाग्लुङग कालिका स्टोरबाट धनमाल चोरी गर्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । राजु सापकोटाको सो स्टोरबाट करिव ३ लाख ७७ हजार बराबरको चोरी गर्ने गिरोहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दिलिप घिमिरेले जानकारी दिए । सो गिरोहले मणिग्राममै रहेको कृष्ण अर्यालको मोबाईल पसलको सटर फोरी १७ हजार ४ सय ३४ नगद सहित १ लाख १० हजार ५ सय ५० रुपैया बराबरको धनमाल चोरी गरेको अनुसन्धान बाट खुलेको बताएको छ ।
यसरी पक्राउ पर्नेमा भारत महाराजगंज सुनौली स्थित थानाग्राम फरिन्दा बस्ने २८ बर्षका राजु लोध, सिद्धार्थनगरपालिका भैरहवाका २२ बर्षिय अबरे आलम र सोही स्थानमै बस्ने राजेश हरिजन चमारलाई  पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुको साथबाट प्रहरीले कम्प्युटर, मोबाईलहरु समेत बरामद गरेको छ ।
यस्तै प्रहरीले फागुन ३० गते बुटवल १५ रहेको सुजु थापाको घरबाट चोरी गर्नेलाई पनि पक्राउ गरेको छ । थापाको घरको पछाडिको गेटबाट भित्र पसी मुल ढोकाको कुण्डी तोडि दराजमा रहेको सुनको सिक्रि, सुनको औठी र चाँदीको बाला र नगद चोरी गर्ने सैजन अलीलाई नगद र चोरी भएको सामन सहित पक्राउ गरेको छ । चोरी भएको सामान करिव ९४ हजार ३५ बराबरको रहेको छ ।
 ३१ बर्षिय अलिभारत महाराजगंज सोनौली घर भई भैरहवामा डेरा लिई बस्दै आएका थिए । उनलाई चोरी मुद्धा गर्दा गरी थप अनुसन्धान भइरहेको डिएसपी घिमिरले बताए ।
यस्तै प्रहरी ४० पोका गाजा सहित एक महिलालाई प्रहरीले बुटवलको हाईवे एण्ड खाजा घरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा मस्याम ५ बस्ने ४५ बर्षिय धनदेवी नेपाली रहेकी छिन् । उनी यस अघि पनि पक्राउ परेकी थिईन । उनलाई लागु औषध गाजा मुद्धामा अनुसन्धान थालेको प्रहरीले बताएको छ ।
यसैगरी प्रहरीले तल्लो सिद्धबाबाबाट नाग, घण्टी र त्रिशुल चोरी गर्नेलाई पनि पक्राउ गरी सोमबारै सार्वजनिक गरेको छ ।
तल्लो सिद्धबाबा बाट २ वटा नाग, २ साना पाल, १ हनुमानको सानो मुर्ति, १ त्रिशुल, १ सानो घण्टी र करिव ५ के.जी चामल चोरी गर्ने अनिल परियारलाई प्रहरीले पक्राउ गरेको हो । अनिल अझै पनि नशामै रहेकाले उनको ठेगाना भने प्राप्त हुन नसकेको प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुमा थप अनुसन्धान भइरहेको समेत बताएको छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.