“एमालेको तत्परताले प्रचण्ड आतंकित हुने परिस्थिती आयो”


g 1पूर्व ऊर्जामन्त्री गोकर्ण विष्ट २०२२ सालमा गुल्मीको दोहली गाविसमा जन्मेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पार्टीको बुद्धिजिवि परिषद्का इञ्चार्जसमेत रहेका उनले आफ्नो कार्यकालमा ऊर्जा संकट कम गर्न विशेष काम गरेर चर्चित बनेका थिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका उनी २०३५/०३६ सालको विद्यार्थी आन्दोलन सँगै राजनीतिमा प्रवेश गरेका हुन् । तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवासङघ (हाल युवा संघ) को दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । यूरोप, एशिया, अफ्रिकी महादेश र ल्याटिन अमेरिकाका गरी करीब २२ देशको भ्रमण उनले गरिसकेका छन् ।
गुल्मी जिल्लाको क्षेत्र नं. ३ बाट अत्याधिक बहुमतले विजयी भएका विष्ट संग पछिल्लो राजनिति अवस्था, युवा संघको विवाद संगै गुल्मी क्षेत्र नं. ३ को महत्वपुर्ण राजमार्ग तम्घास–फुलबारी–सिमलटारी हुँदै प्युठान जोड्ने ४२ किलोमिटर कालोपत्र हुँदै गरेको सन्दर्भका बारेमा संवाददाता विकाश पराजुलीले गरेको कुराकानीको संम्पादित अंक यसरी प्रस्तुत गरिएको छ ।
पछिल्लो राष्ट्रिय राजनिति कुन दिशातर्फ गईरहेको छ ?
केही जटिलताहरु थपिएका छन् । संविधान निर्माणको प्रक्रिया जुन ढंगले अघि बढ्नुपथ्र्यो त्यसमा गतिहिनता उत्पन्न भएको छ । संवाद हिनताले संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । सरकार पनि संविधान निर्माणको लागि सार्थक बनेको छैन । यस्तो अवस्थामा एउटा संविधान निर्माण नै जटिलतामा छ । दोस्रो संविधान निर्माण गर्दा लोकतान्त्री मुल्य र मान्यताहरु साम्प्रदायिक संवाद, राष्ट्रिय एकता, सामाजिक न्याय, पछि परेको समुदायहरुको मुद्धालाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने महत्वपुर्ण विषय रहेको छ ।
३० दलिय मोर्चाको भेला पनि भएको छ, त्यसलाई एमाले पार्टीले कसरी हे¥यो ?
उहाँहरुले धेरै लामो तयारी पछि ३० दलिय मोर्चाको काठमाण्डौमा दवाव सभा जस्तो आयोजना गर्नुभयो । लामो तयारी पश्चातको त्यो आयोजना स्वभाविकनै हो । हामीले पनि अुभवन गरेकै विषय हो । त्यसैले उहाहरुले आफ्ना कुरा राख्नुभो । प्रदर्शन गर्नुभयो । यसलाई हामीले नौलौ रुपमा लिएका छैनौ, उहाहरुले तयारी अनुसार कार्यक्रम गर्नुभएको हो भन्ने बुझेका छौ ।
http://www.himalkhabar.com/wp-content/uploads/2015/01/gokarna-bista.jpg
प्रचण्डले त एमाले पार्टीनै होईन, कांग्रेसका एजेण्डामा गयौ भनेर आचोलना गर्नुभयो । के प्रचण्डले भने जस्तै एमालेले आफ्ना एजेण्डाबाट पछि गएको हो त ?
नेकपा एमाले संविधान निर्माणका लागि जुन प्रकारको अडान र तत्परता जाहेर गरेको छ । त्यो कारणले नै प्रचण्ड थप आतंकित हुने परिस्थित उत्पन्न भएको होला । यस कारणले उहाले एमाले विरुद्ध आफ्ना भनाई केन्द्रीत गर्नुभयो भन्ने लाग्छ ।  यदि एमाले पार्टी कमजोर पार्टी हो भने एमाले पार्टीको यति चर्चा परिचर्चा आलोचना भ्रषना गर्नुपर्ने थिएन होला । उहाँहरुका जुन प्रकारका मनसायहरु छन् त्यी मनसायहरु पुरा गर्नका लागि नेकपा एमाले बाधक भयो भन्ने उहाहरुको ठम्माई छ । यस अर्थमा उहाहरुको अभिव्यक्ति र आलोचनाको निशाना नेकपा एमाले बनेको छ । यसलाई मैले अरु हिसावले धेरै महत्व दिन चाहदैन । महत्व यसलाई मात्र दिन चाहन्छुकी उहाँहरुले आफ्ना विचारहरु जसरी राख्नुहुन्छ त्यो उहाँहरुका आफ्ना मान्याता हो । नेकपा एमाले नयाँ संविधान मार्फत लोकतान्त्रिक, गणतान्त्रीक, संघियता, धर्मनिरुपेक्षता लगाएतका इसु संविधान मार्फत अझ संस्थागत गर्छ र जनतका गरिबी, बरोजगारीका समस्या खोज्नका लागि संविधान निर्माण मार्फत नयाँ बाटो देखाउने र सामाजिक न्याय सहितको एउटा समृद्धि देश निर्माणको प्रक्रियामा अगाडि बढ्नको लागि जुन भुमिका निर्वाह गर्नुपर्छ, त्यो हामीले गरेका छौ । यस कारण महत्वपुर्ण विषय त हामीले अधिकार सम्पन्न संविधान निर्माण गर्ने र त्यो संविधानले सुखद भविष्य निर्माण गर्ने नै महत्वपुर्ण विषय हो ।
संवादको बातावरण बनाउन कांग्रेस एमाले लचिलो हुने बताएको छ, त्यो कस्तो प्रकारको लचिलो हो ?
मुलुकको राष्ट्रिय हित र एकतालाई प्रतिकुल प्रभाव नपर्ने गरी, दुरगामी हिसावले नेपालको राष्ट्रिय स्वर्थी र जनताको स्वार्थलाई संरक्षण गर्ने गरी बाकी मुद्धाहरुमा नेकपा एमाले लचकता अपनाउन तयार रहेको छ ।
विपक्षी दलहरुलाई संवादमा ल्याउनको लागि कतै एमाले आफ्ना एजेण्डाहरुबाट पछि हट्ने त हैन् ?
हैन हाम्रो एजेण्डा भनेको नेपाली जनता र नेपाल राष्ट्रको स्वार्थ हो । यो स्वार्थलाई जोगाएर बाँकी अन्य कुराहरुमा हामी जहिले पनि लचकताको लागि तयार छौ । संविधान निर्माणको लागि गम्भिर जिम्मेवार भुमिका निर्वाह गर्न जरुरी छ । जसको लागि सकेसम्म धेरै शक्तिहरुले मान्ने अवनत्र स्वामित्व महसुस गर्ने गरी संविधान लेख्न सकौ । सके सम्म धेरै जनताले संविधानलाई स्वीकार्ने बातावरण बनाउनका लागि हाम्रोे त्यहि प्रकारको जिम्मेवारी रहनेछ ।
संवादको बातावरण कहिले बन्छ ?
प्रक्रिया स्थगन गरेर बार्ताको लागि जुन ढंगले आवाहान गरेका छौ यसको मुल तापर्य भनेकै उहाँहरुलाई संवादमा फर्काउन हो । हामीले संवादको बातावरण तयार गर्नकै लागि प्रक्रिया स्थगन गरेका हौ । अनौपचारिक हिसावले त्यो प्रयत्न भएको छ । हाँहरुले एउटा आमसभा जुलुस गरेर सक्नुभएको छ । सम्भवत अव उहाँहरु संवादमा फर्कनुहुन्छ ।
तपाईहरुले जनतासंग गरेको बाँचा अनुसार संविधान दिन त सक्नु भएन, मस्यौदा चाँहि कहिले सम्म आउला ?
ठ्याक्कै म समयको हिसावले भन्न सक्ने अवस्था त देख्दीन । जनतामा निरासा र अन्यौलता देखिएका छन् । कतै संविधान आउदैन कि भन्ने एक प्रकारको निराशा देखिन्छ । केही जटिलताहरु छन् । बहु आयामिक समस्याहरु पनि छन् । धेरै शक्ति केन्द्रहरुले खेल्न कोसिस पनि गरेका छन् । संविधान ल्याउने बाहेक अन्य विकल्प भने हामीमाझ छैन् । यस कारण कहिन कहि हामीले मिलन विन्दु खोज्नुपर्छ । सवैलाई मान्य हुने गरी सर्वसहमतको आधारमा संविधानत आउदैन । केही यस्ता प्रकारका गम्भिर मुद्धाहरु छन जहाँ हामीले सहमतिको बातावरण खोज्न सहज देखिदैन । यसका बाबजुत धेरै पार्टीहरु, शक्तिहरु मिली धेरै जनताले संविधानमा उपनत्व र स्वामित्व महशुस गर्ने बातावरण निर्माण होस भन्नेमा हामीले ध्यान पुराउन जरुरी छ । पुराउछौ ।
युवा नेताहरु बाट जनताले जुन रुपमा अपेक्षा गरेका थिए, त्यो संविधान निर्माणका क्रममा त्यसको भुमिका नदेखिएको हो  ?
हामी पनि सरकारमा सहभागि छौ । तर यो संयुक्त सरकार पनि हो । यो सरकारले जनताका आधारभुत समस्याहरुलाई पुरा गर्नका लागि जुन प्रकारको प्रभावकारी भुमिका खेल्नुपथ्यो त्यो भुमिका देखिएन । त्यसमा धेरै अभाव देखिन्छ । आफ्ना भुमिकाहरु सच्चाउन जरुरी छ ।
संविधान निर्माणमा युवा सभासद्हरुको भुमिका निरह जस्तै भयो भन्न मिल्छ ?
एउटा सभासद्ले एकल भुमिकाले केह ीगर्न सक्दैन । संविधान सभा भनेको फेरी पनि पार्टीहरुका हुईपहरु, पार्टीकबा संस्थागत पलकदमीहरु मनै निर्भर हुने गर्दछ । अहिले संविधान सभा जुन प्रकारले कम्पोडेक्ट छ यसमा एउटा मात्र पार्टीले चाहेर पनि त्यो भुमिका निर्वाह हुन सक्दै भने अझ पार्टी भित्र सिमित व्यक्तिहरुले सिमित सभासद्को भुमिका प्रभावकारी हुदैन । यसका बापजुत पनि हामीले मिडियामा नल्याएपनि हामीले ५० औं पटक बैठक पार्टीका दोस्रो दर्जाका नेतासंग गरेका छौ । विवादित एजेण्डाहरुलाई सके सम्म संवादबाट सहज ढंगले टुङगाउने प्रयत्न गरेका छौ । त्इो हामीले बाहिर ल्याएनौ । तर प्रयत्न धेरै पटक गरेका हौ । यसका बावजुत पनि हाम्रो भुमिकाहरु ऋझ उजागर र प्रभावकारी गर्नेमा ध्यान दिन जरुरी छ ।
इतिहास हेर्नेहो भने एमाले सत्ता बाहिर बाट आफ्ना माग राख्छ, अहिले त सरकारमा छ, अबको स्थिती के हुन्छ ?
हामी संविधान निर्माण प्राथमिकतामा छ । सरकार संविधान निर्माणको लागि नै हामीले माध्यम ठानेका हौ । सरकारको उपस्थितलाई नयाँ ढंग र नयाँ हिस्साबाट समिक्षा गर्नु जरुरी छ । त्यो समिक्षा पश्चात टुंगोमा पुग्ने छौ ।
अलि फरक प्रसंग, अहिले युवा संघको विवाद निकै चर्किएको छ, यो विवादले युवा संघ दुई धारमा गएको जस्तो देखिन्छ नि ?
त्यी मुद्धाहरुलाई हामीले हेर्ने छौ, मिलाउने छौ । यसलाई म त्यति ठुलो र महत्वको विषय ठान्दीन । पार्टीको आन्तारिक जिवनमा समस्याहरु देखिन्छन । यसलाई सेटल गर्दछौ ।
युवा संघमा पनि गुटको प्रभाव देखिएको हो ?
हैन, ठुला विषय छैनन् । पार्टी भित्र आन्तरिक जीवनमा कहिलेकाँही समस्याहरु आउछन् । हामीले त्यसलाई ज्यादा स्रवेदनशिल बनाईराख्नुपर्ने आवश्यकता म ठान्दीन ।
कुरा विकास तर्फ लगौ, गुल्मीको क्षेत्र नंं मा अहिले तपाईकै पहलबाट तम्घास–फुलबारी–सिमलटारी हुँदै पुर्कोट जोड्ने मोटरबाटो कालोपत्रको काम अघि बढेको छ, यस बारे थप बताईदिनुस् न ?
म निािर्वचित भइसकेपछि मेरै पहलमा बहुबर्षिय ठेक्काको काम अगाडि बढाउन लागेको हो । पहलबाट तम्घास–फुलबारी–सिमलटारी हुँदै पुर्कोट जोड्ने ४१ किलोमिटर बाटो कालोपत्र हुने गरी प्रक्रिया अगाडि बढेको छ । यसले निश्चित रुपमा गुल्मीको विकासमा टेवा पुग्ने छ । जिल्लाबासीहरुको जिवनलाई रुपान्तरण गर्ने सन्दर्भमा सकारात्मक प्रभाव पार्दछ ।
सडकको लागत र कहिले सम्म यो कार्य सकिन्छ ?
दुई ढाई बर्ष भित्र यो आयोजना सक्नुपर्छ भन्ने छ । अब यसको सम्पुर्ण हिसावले आयोजना सम्पन्न गर्दा सम्म मोटामोटी १ अर्बको आसपासमा यो बाटोमा लगानी हुने अवस्था छ ।
वस्तुमा विद्युत सव स्टेशनको कुरा आएको छ । क्षेत्र नं. ३ का गाविसहरुमा विद्युतीकरण के हुदै छ ?
एउटा सव स्टेशन बस्तुमा छ । यो सव स्टेशन सम्पन्न नहुँदा सम्म हामीले अस्थायी व्यवस्थापन गरेर विद्यूतीकरण गर्नका लागि तयारी गरेका छौ । क्षेत्र नं. ३ का २८ वटै गाविसमा सवै जनताले विजुली प्राप्त गर्ने गरी त्यसको लागि आवश्यक पर्ने रकमको व्यवस्था गरिएको छ । अब सबै जनताले विजुली प्राप्त गर्ने गरी विद्युतिकरण हुने गरी योजना अगाडि बढ्दै छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
यो अनलाईन पत्रिमा मार्फत सम्पुर्ण जनतालाई के भन्छु भने एमाले आफ्ना एजेण्डाबाट पछि हट्ने छैन् तपाईहरुकै संविधान निर्माण हुनेछ । यसैगरी यस अनलाईन पत्रिका टिमलाई पनि धन्यवाद दिन चाहन्छु र तपाई विकाश जि लाई पनि धन्यवाद ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.