बेमौसमी बर्षाले पाँच करोडको काँचो ईटा नष्ट


brick1– विकाश पराजुली
रुपन्देही, २० फागुन ।  बेमौसमी बर्षाका कारण रुपन्देहीमा पाँच करोड मूल्य बराबरको ईटा गलेर नष्ट भएको छ । 
फागुन महिनामा परेको बेमौसमी मौसमका कारण पाँच करोड मुल्य बराबरको  इटा गलेर नष्ट भएको लुम्बिनी ईटा व्यवसायी संघले जनाएको छ ।  संघका अनुसार फागुन ६ गते र गएको साता परेको बर्षाले रुपन्देही जिल्लामा रहेका ५० वटा ईटा उद्योगले पोल्न तयार गरेका  ईटा गलेर नष्ट भएका हुन् । 
संघका अध्यक्ष विष्णुकुमार कार्कीले ईटा व्यवसायीहरूका लागि बेमौसमी बर्षा बाधक बनेको बताए । उनले बैशाख महिनामा बजारमा पठाउनका लागि पोल्ने तयारी अवस्थामा रहेका काँचो ईटा बर्षाले नष्ट गर्दा ठूलो क्षति व्यहोर्नु परेको बताए । 
यसअघि फागुन अघिको बर्षाबाट काँचो ईटा गलेर व्यवसायीहरूले करोडौको क्षति व्यहोर्नु परेको उनले बताए । प्रतिकूल मौसमका कारण काँचो ईटा नष्ट भएकाले नयाँ ईटा उत्पादन कार्य एकमहिना ढिलो हुने अध्यक्षले कार्कीले टेलिफोनमा जानकारी दिए । 
जिल्लामा सञ्चालित ईटा उद्योगहरूलाई पाँगो भाष्कट र कोइलासमेत सहज रुपमा उपलब्ध नहुँदा व्यवसाय सञ्चालनमा कठिनाई भएको उनले गुनासो गरे ।  समय–समयमा समस्या ब्यहोरिरहेको अवस्थामा ईटा उत्पादनको समयमा काँचो ईटा बनाउने पाँगो भाष्कटको समस्यासँगै भारतको आसाममा उत्खनन् हुने कोइला भारत सरकारले उत्खनन् र विक्रि वितरणको विवादले समस्यामा परेका उद्योगीहरूलाई समय समयमा हुने बेमौसमी बर्षाले करोडौ रुपियाँको क्षति गराइरहेको छ । 
भारतबाट आउने कोइला त्यहाकै विवादका कारण प्रयाप्त मात्रामा उपलब्ध हुन नसकेको अध्यक्ष पन्थीको भनाई छ । उद्योगीहरूले ढिलागरी खुला आकाशमुनी तयार गरी राखेको काँचो इट्टा पटक पटक भएको बेमौसमी बर्षाले गलाएर नष्ट गरिदिंदा ऋण काढेर गरेको लगानी सवै चौपट भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट महगो ब्याज दरमा ऋण लिएर उद्योग ब्यवसाय सञ्चालन गरेका उद्योगि ब्यवसायीहरू माथि पर्न गएको प्राकृतिक विपत्तिप्रति सरकारले विशेष ध्यान दिन जरुरी रहेको उनले बताए । 

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.