सुनौली नाकाबाट ५ युवतिको उद्दार


विकाश पराजुली
रुपन्देही, १३ फागुन ।
भारतको कलकत्तामा डान्सबारमा काम लगाईदिने प्रभोलनमा पारी सुनौली नाका हुदै लैजान लागिएका पाँच युवतिहरुलाई उद्दार गरिएको छ ।
चेलीबेटी तथा मानव बेचविखन बिरुद्ध कार्यरत संस्था केआई नेपाल रुपन्देहीले सुनौली नाका हुदै भारततर्फ लैजादै गरिएका पाचजना नेपाली युवतीको बेलहीया सिमा क्षेत्र बाट उद्दार गरेको हो ।
उनीहरुलाई नीजि नम्बरको जीपमा राखेर सिमाना पार गराउन लागिएको थियो ।
आफ्नो घर कलकत्ता बताउने र हाल काठमाण्डौमा बस्दै आएको बताउने मनोज सेट्ठीले उनीहरुलाई प्रलोभनमा पारी भारततर्फ लैजादै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको हो । उद्दार गरिएका युवतिहरु २ जना चितवनका, दाङ, सिन्धुपाल्चोक र भारत सिक्किम घर भएर लामो समयदेखि काठमाडौं बस्दै आएका १÷१ जना छन् ।
बेलहिया नाकामा रहेको केआई नेपालको निगरानी केन्द्रमा कार्यरत महिला कर्मचारीले उक्त जिपमा नेपाली युवती देखेपछि रोकेर सोधखोज गर्न थालेपछि यथार्थ कुरा खुल्न आएको हो । जिपमा रहेका युवतीलाई रोकेर सोधखोज गर्न थालेपछि मनोज तत्कालै फरार भएका थिए ।
उनीहरुलाई मासिक ६० हजार भारु देखि १ लाख भारु सम्म तलव दिलाउने प्रलोभनमा पारेर कलकत्ता लग्न थालिएको अनुसन्धानबाट खुलेको संस्थाको निगरानी केन्द्रकी प्रमुख तारा सापकोटाले बताईन ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.