सहमती अनुसार विद्यार्थी छुट कार्यान्वयन भएन
विकाश पराजुली
बुटवल ७ चैत ।
बुटवल ७ चैत ।
राज्य, व्यवसायी र विद्यार्थी विच भएको त्रिपक्षिय सम्झौता अनुसार विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा ४५ प्रतिशत विद्यार्थी सहुलिय दिने व्यवस्था भएको थियो ।
बारम्बार विद्यार्थी समुह र व्यवसायीहरु बीचमा सार्वजनिक विदाको दिनमा पनि सहुलियत दिने बताइएपनि त्यसको कार्यान्वयन भने अहिले सम्म देखिएको छैन् ।
यहि चैत ४ गते पश्चिम नेपाल वस व्यवसायी संघ र अनेरास्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी, अखिल छैठौ लगाएतका विद्यार्थी संगठनका बीचमा छुट दिने पछिल्लो सहमति भएको थियो । चैत ४ गते भएको सहमति एक हप्ता वित्न नपाउदै त्यसको कार्यान्वयन हुन सकेको छैन् ।
शनिबार रुट न. १ मा चलेको लु १ ख ३५४४ नं को माईक्रो बसले विद्यार्थी सहुलिय नहुने भन्दै विद्यार्थीहरु बीच चर्काचर्की गरेपछि छुटको कार्यान्वय हुन नसकेको प्रष्ट हुन आएको छ । बसका सह चालकलले सहमति भएको आफुलाई केही थाहा नभएको र समितिले पनि यस बारेमा केही निर्णय नगरेकाले सार्वजनिक विदाको दिनमा विद्यार्थी सहुलिय दिन नसक्ने बताए ।
“अस्ती भर्खर सम्झौता भएको छ नि, विद्यार्थीको प्रश्नमा सहचालकले यस बारेमा केही थाहा नभएको पुनः द्रोहाए ।
विद्यार्थीहरुले छुट नपाएको खण्डमा उजुरी गर्ने समेत कानुनी प्रावधान रहेको छ ।
यता पश्चिम नेपाल वस व्यसायी संघका अध्यक्ष दधिराम खरेलले आफुहरुले त्यस सम्बन्धी निर्देशन दिएको बताए ।
बारम्बार विद्यार्थी समुह र व्यवसायीहरु बीचमा सहुलियत छुट दिने भएपनि त्यसको अनुगमन नहुँदा यस्तो समस्या बारम्बार आई रहेको छ । लामो दुरीको हकमा त अझ कुनै कार्यानयन हुन सकेको छैन् । लामो दुरीको यात्रामा बढिमा ४ जनालाई दिने भनिएपनि त्यस संग निश्चित मापदण्ड नहुँदा कार्यान्वयन हुन नसकेको हो ।
नक्कली परिचय पत्रको विगविगि
विद्यार्थी हुनका लागि पढ्नुपर्ने हुन्छ । तर यस क्षेत्रमा विद्यार्थी नभएकन पनि विद्यार्थी परिचय बनाउने क्रम पछिल्लो समय बढ्दो छ ।
विद्यार्थी परिचय पत्र अहिले २ सय रुपैयामा किन्ने एक प्रकारको होडबाजीनै चलेको देखिएको छ । लुम्बिनी बाणिज्य क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पसका नक्कली परिचय पत्रहरु बनाउनेहरु यतिबेला सक्रिय भएका छन् । डिजिटल परिचय पत्रहरु नक्कली अन्यले बनाउदा पनि विद्यार्थीहरुको संख्या बढि देखिएको छ ।
कस्तालाई विश्वास गर्ने बुढा पनि विद्यार्थी भन्दै काड देखाउछन्् । माईक्रो बस चालक रमेशले भने नक्कली काडको विगविगले पनि छुटमा ग्राहो पारेको छ ।
0 comments