एसएलसीमा लुम्बिनीबाट ५० हजार विद्यार्थी सहभागि हुँदै


slc-exam
विकाश पराजुली
बुटवल, २६ फागुन । आगामी चैत ५ गते देखि सुरु हुन लागेको प्रवेशीका परीक्षा अर्थात एसएलसी परीक्षामा लुम्बिनी अञ्चलबाट ५० हजार भन्दा बढि विद्यार्थी सहभागि हुने भएका छन् ।
सम्बन्धित जिल्ला शिक्षा कार्यालयले लालीगुरास अनलाईनलाई दिएको जानकारी अनुसार लुम्बिनी अञ्चलबाट ५० हजार ४ सय ९२ जना विद्यार्थीले एसएलसी परीक्षा दिन लागेको हुन । जस मध्ये नियमित तर्m ४० हजार ७ सय ५० रहेका छन् भने आम्सिक तर्फ ९ हजार ७ सय ४२ जना रहेका छन् ।
यस बर्ष लुम्बिनी अञ्चल मध्ये सवैभन्दा बढि रुपन्देही जिल्लाबाट परीक्षामा सहभागि बन्दै छन् । रुपन्देहीमा नियमित तर्फ १३ हजार १ सय ७८ तथा आम्सिक तर्फ १७ सय १२ जना गरी कुल १४ हजार ८ सय ९० विद्यार्थीहरु रहेको जिल्ला शिक्षा कार्यालय रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालले जानकारी दिए । उनका अनुसार जिल्लामा तयारी तिब्र रुपले अगाडि बढेको छ । रुपन्देहीमा ५२ वटा परीक्षा केन्द्र तोकिएको छ ।
यसैगरी नवलपरासी जिल्लाबाट यस बर्ष १२ हजार ३० जना विद्यार्थी एसएलसी परीक्षामा सहभागि हुने जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएको छ । जस मध्ये नियमित तर्फ १० हजार ४७ तथा आम्सिक तर्फ १९ सय ८३ विद्यार्थी रहेको विद्यालय निरीक्षक पशुपति भट्टराईले जानकारी दिए । ४० परीक्षा केन्द्र रहेको जिल्लामा उत्तरपुस्तिका केन्द्रमा पुराउने काम सुरु भएको बताइएको छ ।
त्यस्तै कपिलबस्तुबाट यस बर्ष ६ हजार ९ सय ५५ विद्यार्थी एसएलसी परीक्षामा सहभागि हुँदै छन् । जिल्ला शिक्षा कार्यालय कपिलबस्तुका सहायक जिल्ला शिक्षा अधिकारी थानेश्वर घिमिरेले यस बर्ष नियमित तर्फ ५ हजार २ सय १२ र आम्सिक तर्फ १७ सय ४३ जना विद्यार्थीहरु एसएलसीमा सहभागि हुन लागेको टेलिफोनमा जानकारी दिए । कपिलस्तु जिल्लामा २६ परीक्षा केन्द्र तोकिएको छ ।
त्यसैगरी पाल्पामा यस बर्ष ५ हजार ९ सय ३३ जना विद्यार्थी एसएलसीमा सहभागि हुँदै छन् । नियमित तर्फ ४ हजार ७ सय ५१ र आम्सिक तर्फ ११ सय ८२ जना विद्यार्थी एसएलसीमा सहभागि हुन लागेको जिल्ला शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत रेशम न्यौपानेले जानकारी दिए । जिल्लामा यस बर्ष २३ परीक्षा केन्द्र तोकिएको छ ।
यसैगरी पहाडि जिल्ला गुल्मीमा यस बर्ष ५ हजार ७ सय ४७ विद्यार्थी एसएलसीमा सहभागि हुँदै छन् । जिल्ला शिक्षा कार्यालय गुल्मीका जिल्ला शिक्षा अधिकारी भोजराज काफ्लेले नियमित तर्फ ४ हजार ३ सय २६ र आम्सिक तर्फ १४ सय २० जना विद्यार्थी एसएलसीमा सहभागि हुन लागेको बताए । गुल्मी जिल्लामा यस बर्ष एसएलसी दिनेमा छात्रको तुलनामा छात्राको संख्या बढि रहेको उनको भनाई छ । उनले यस बर्ष २ हजार २ सय ७७ जना छात्रा र २ हजार १ सय ७ जना छात्र रहेको बताए । गुल्मी जिल्लामा १ सय २८ विद्यार्थीहरु एसएलसी दिनका लागि अयोग्य ठहरिएको समेत उनको भनाई छ । जिल्लामा यस बर्ष  ३० परीक्षा केन्द्र तोकिएको छ ।
यसैगरी अर्घाखाँची जिल्लामा यस बर्ष ४ हजार ९ सय ३७ जना विद्यार्थी एसएलसीमा सहभागि हुने जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले जनाएको छ । नियमित तर्फ ३ हजार २ सय ३५ र आम्सिक तर्फ १ हजार ७ सय २ जना विद्यार्थी एसएलसीमा सहभागि हुन लागेको विद्यालय निरीक्षक चोपलाल बेलबासेले जानकारी दिए । जिल्लामा यस बर्ष १६ वटा परीक्षा केन्द्र तोकिएको छ ।
एसएलसी परीक्षा नजिकिए संगै विद्यार्थीहरु पनि अध्ययनमा व्यस्त भइरहेका छन् ।
देशभरबाट यस बर्ष एसएलसी परीक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी हुने  छन् ।
परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने छन् ।
त्यसैगरी पूर्वाञ्चलबाट एसएलसी दिने विद्यार्थीको सङ्ख्या एक लाख ३५ हजार ३०५ छ भने मध्यमाञ्चलबाट एक लाख ७८ हजार ६६० विद्यार्थीले एसएलसी परीक्षा दिने भएका छन् ।
पश्चिमाञ्चलमा एक लाख एक हजार ७६१, मध्यपश्चिमाञ्चलमा ८६ हजार ७४८ र सुदूरपश्चिमाञ्चलमा ६९ हजार ६८८ विद्यार्थी एसएलसीमा सहभागी हुने कार्यालयले जानकारी दिएको छ ।

परीक्षा तालिका यस्तो छ ।

चैत ५ गते पहिलो दिन अनिवार्य अङ्ग्रेजी
६ गते अनिवार्य नेपाली
८ गते अनिवार्य गणित
९ गते विज्ञान
१० गते सामाजिक
११ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
१२ गते ऐच्छिक प्रथम र
१३ गते ऐच्छिक दोस्रो विषयको परीक्षा

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.